Pokharapatra National Daily

उकालो लाग्न थालेको कोरोना संक्रमण

कोभिड–१९ विरुद्धको खोप अभियान चलिरहेको बेला जनतामा आशा जगाएको छ । चीनले दिएको खोप ४० वर्ष देखि ५९ वर्षका नागरिकलाई लगाउने तयारी गरेको छ । कोभिड–१९ विरुद्धको खोप अभियानले जनतामा जागेको आशालाई पछिल्ला दिनको संक्रमितको संख्या बढेको छ । नेपालले कोरोना संक्रमितको संख्या बढ्न नदिन गरेको प्रयासले काम गरेको अन्तर्राष्ट्रिय संस्थाले जनाएको छ । कोरोना संक्रमित फैलन नदिन जनस्वास्थ्यका मापदण्ड पालना गर्न सचेत गराउन थालेका छन। सरकारले नयाँ प्रजातिको कोरोना भाइरस फैलिएको भन्दै काठमाडौं उपत्यका प्रवेश गर्ने नाकाहरुमा एन्टीजेन परीक्षण गरिने जनाएको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रिस्तरीय बैठकले काठमाडौं प्रवेश गर्ने बिन्दूहरुमा बेलाबेला एन्टीजेन परीक्षण गर्ने भएको छ । सरकारले सबै जिल्ला प्रशासन (डीसीसीएमसी)हरुलाई जिल्लाभित्र भेला, सभा जुलुसहरु रोक्नका लागि ताकेतासहितको निर्देशन दिने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर जानकारी दिएका छन । साथै, विभिन्न प्रवेश विन्दुबाट छिर्नेलाई होम क्वारेन्टिनमा बस्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्न पनि मन्त्रालयले आग्रह गरेको छ । पालिकाहरुमा एन्टिजेन टेस्ट गर्न पनि आग्रह गरिएको छ ।
कोरोना परीक्षण गर्ने सरकारी तथा नीजि प्रयोगशालालाई तयारी अवस्थामा राख्ने र २ हजार एसबीयू बेड स्थापना गर्ने निर्णय पनि मन्त्रालयले गरेको छ । संघीय, प्रादेशिक र आधारभूत अस्पतालमा कोरोनाको उपचार व्यवस्थापन गर्ने निर्णय पनि भएको छ । पछिल्लो २४ घन्टामा नेपालमा १६२ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा संक्रमितको संख्या २ लाख ७७ हजार ३ सय ९ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ९९ पीसीआर परीक्षण भएका छन् । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३० छ । मंगलबार नेपालमा कोरोना संक्रमण ५ प्रतिशतबाट उकालो लागेको छ । उकालो लाग्न थालेको संक्रमण रोक्न विगतका राम्रा पक्षलाई लिएर कमजोरीबाट सुधार्नु आवश्यक छ ।

प्रतिकृया दिनुहोस्

मेलमिलापको पर्व होली

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा फागु पुर्णिमालाई लिने गरिन्छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व पहाडी जिल्लामा हर्षोल्लासका साथ...

जनताले अधिकार पाएको दिन

नेपालमा प्रजातन्त्र स्थापना भएको ७५ वर्ष पुरा भएको छ । नेपाली जनताले प्रजातान्त्रिक अधिकार पाएको पचहत्तर वर्ष पुग्दा पनि देशमा राजनीतिक स्थायित्व हुन सकेको छैन...

२७ वर्षको यात्रा

नेपालमा पत्रपत्रिका प्रकाशित भएको इतिहास लामो छैन । पोखरामा पत्रपत्रिका प्रकाशन अन्य शहरको दाँजोमा ढिलो भएको पाइन्छ । पोखरामा २००७ सालको आन्दोलन पछि मात्र पत्रिका...

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...