Pokharapatra National Daily

उकालो लाग्न थालेको कोरोना संक्रमण

कोभिड–१९ विरुद्धको खोप अभियान चलिरहेको बेला जनतामा आशा जगाएको छ । चीनले दिएको खोप ४० वर्ष देखि ५९ वर्षका नागरिकलाई लगाउने तयारी गरेको छ । कोभिड–१९ विरुद्धको खोप अभियानले जनतामा जागेको आशालाई पछिल्ला दिनको संक्रमितको संख्या बढेको छ । नेपालले कोरोना संक्रमितको संख्या बढ्न नदिन गरेको प्रयासले काम गरेको अन्तर्राष्ट्रिय संस्थाले जनाएको छ । कोरोना संक्रमित फैलन नदिन जनस्वास्थ्यका मापदण्ड पालना गर्न सचेत गराउन थालेका छन। सरकारले नयाँ प्रजातिको कोरोना भाइरस फैलिएको भन्दै काठमाडौं उपत्यका प्रवेश गर्ने नाकाहरुमा एन्टीजेन परीक्षण गरिने जनाएको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रिस्तरीय बैठकले काठमाडौं प्रवेश गर्ने बिन्दूहरुमा बेलाबेला एन्टीजेन परीक्षण गर्ने भएको छ । सरकारले सबै जिल्ला प्रशासन (डीसीसीएमसी)हरुलाई जिल्लाभित्र भेला, सभा जुलुसहरु रोक्नका लागि ताकेतासहितको निर्देशन दिने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर जानकारी दिएका छन । साथै, विभिन्न प्रवेश विन्दुबाट छिर्नेलाई होम क्वारेन्टिनमा बस्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्न पनि मन्त्रालयले आग्रह गरेको छ । पालिकाहरुमा एन्टिजेन टेस्ट गर्न पनि आग्रह गरिएको छ ।
कोरोना परीक्षण गर्ने सरकारी तथा नीजि प्रयोगशालालाई तयारी अवस्थामा राख्ने र २ हजार एसबीयू बेड स्थापना गर्ने निर्णय पनि मन्त्रालयले गरेको छ । संघीय, प्रादेशिक र आधारभूत अस्पतालमा कोरोनाको उपचार व्यवस्थापन गर्ने निर्णय पनि भएको छ । पछिल्लो २४ घन्टामा नेपालमा १६२ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा संक्रमितको संख्या २ लाख ७७ हजार ३ सय ९ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ९९ पीसीआर परीक्षण भएका छन् । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३० छ । मंगलबार नेपालमा कोरोना संक्रमण ५ प्रतिशतबाट उकालो लागेको छ । उकालो लाग्न थालेको संक्रमण रोक्न विगतका राम्रा पक्षलाई लिएर कमजोरीबाट सुधार्नु आवश्यक छ ।

प्रतिकृया दिनुहोस्

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...

लैङगिक हिंसा विरुद्धको अभियान

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङगिक हिंसा विरुद्धको अभियान शुरु भएको छ। १६ दिन सञ्चालन गरिने अभियानमा यसपालि डिजिटल माध्यमबाट हुने हिंसाविरुद्ध आवाज उठाइँदै...

फैलिदैछ छठ पर्व

नेपालमा मनाइने चाडपर्व मध्ये तराई मधेसको मिथिलाञ्चलमा मनाउने छठ पर्वको महत्व बढेर गएको छ । छठलाई मधेस र मिथिलाञ्चलमा मात्र सीमित छैन । जहाँ जहाँ...

तिहार पर्वको शुभकामना !

नेपालीहरुको ठूलो चाड दीपावली (तिहार) शुरु भएको छ । नेपालमा तिहार हिन्दु मात्र होइन धेरैजसो नेपालीले मनाउने गर्दछन । तिहारमा सन्देशबाहक काग, घरको रक्षक कुकुरका...