Pokharapatra National Daily

विभाजनका लागि आधार बनाउदै

नेपाल कम्युनिस्ट पार्टी एमालेको झलनाथ – माधवकुमार नेपाल पक्षले पुराना कमिटी ब्युँताएर समानान्तर गतिविधि चलाउने भएको छ।नेकपा भङ्ग भएको हुँदा एमाले र माओवादी बनेकोप्रति असन्तुष्ट खनाल – नेपाल समुहले दुई दिने राष्ट्रिय कार्यकर्ता भेला गरेर गुटबन्दी तल्लो तहमा लैजाने भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध फैलाइएका प्रचारले पार्टी एकताबद्ध हुन सक्दैन भन्ने देखाएको छ । तीन बर्ष अघिको अवस्थामा पुगेर राजनीतिक पार्टीले स्वस्थ गतिविधि चलाउन सक्दैन । एकताको बेला ठप्प भएको एमाले पङ्ति दुई पार्टी छुट्टाछुट्टै हुँदा कार्यकर्ता खुशी देखिनु अब मिलेर जाने अवस्था नरहेको संकेत हो । अहि पनि पार्टीको नवौं राष्ट्रिय महाधिवेशनले पास गरेको कार्यक्रम, जनताको बहुदलीय जनवाद (जबज)को मर्म र भावनलाई रक्षा गर्दै समाजवादको दिशामा अगाडि बढ्ने कार्यादिशालाई पुनः पुष्टि गरेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले सही ढंगले महाधिवेशनले पारित गरेको कार्यदिशालाई पक्रिन नसकेको आरोप लाग्ने छ । तीनवटा बजेटसहितको नीति तथा कार्यक्रमले पार्टीको घोषणापत्र र नीतिअनुसार राम्रोसँगले काम गर्न सकेन । त्यसलाई समाएर कार्यान्वयनमा अगाडि बढ्ने भेलाको निष्कर्ष निकालेको छ । सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाअनुसार नेकपा माओवादी केन्द्रसँगको एकता भङ्ग भएपछि नेकपा एमाले पुरानो अवस्थामा फर्केको छ। पार्टीको सबै कमिटी, जनसंगठन, पेशागत संगठन, केन्द्रीय विभाग, सम्पर्क मञ्च आदि २०७५ जेठ २ को अवस्थामा पुगेको र त्यतिबेलाको कमिटीलाई सक्रिय बनाउने माग गर्न स्वभाविक मानिएला तर अध्यक्ष ओलीबाट षड्यन्त हुनसक्छ भन्दै अफवाह फैलाएर अर्को कुनै पनि कमिटीलाई नस्वीकार्ने कुरा विभाजनको आधार खोज्नु हो ।
२०७५ जेठ २ को कमिटीहरूलाई सक्रिय गर्दै जनताको बहुदलीय जनवाद (जबज)लाई कार्यान्वयन गर्दै पार्टीको सबै तहको कमिटीमा बैठक, भेला र प्रशिक्षण सञ्चालन गर्ने कुरा विभाजन तलै सम्म पु¥याउने खेल हो । जनसंगठनहरूको पनि राष्ट्रिय, प्रदेश, जिल्ला र वडा तहको कमिटीसम्म भेलाहरू आयोजना गर्छौं । २–३ महिनामा व्यापक रूपमा पुनःसंगठनको अभियान सुरु गरेर । त्यसका लागि २०७५ जेठ २ को कमिटीलाई आधार मानेर अगाडि बढ्ने कुरा बनावटी हो । दुई–दिने गुटको भेला पार्टी एकताको पक्षमा भएको भनेर प्रचार गरेका प्रचार विभाग प्रमुख भट्टराईले पार्टी विभाजन गर्न पार्टी अध्यक्ष ओली लागेको आरोप लगाएका छन्।जे भन्ने त्यो नगर्ने, जे गर्दैछन् त्यो भन्दैछन ।
पार्टीका नेताहरू (माधवकुमार नेपाल र झलनाथ खनाल)सँग संवाद नगर्ने अध्यक्ष ओलीले भनेको र उक्त कुरा निरंकुश सँगै एकलकाँटे भएको बताउँदै पार्टी विभाजनका लागि अध्यक्ष ओली उद्यत रहेको आरोप लगाएका हुन्। तर आफूहरू पार्टी विभाजनविरुद्ध अन्तिमसम्म रहने कुरा देखाउनका लागि हो । चैत ७ गतेको गतेको केन्द्रीय कमिटीको बैठकमा नजाने बताएका छन् । बाटा बाटामा थपिएको केन्द्रीय कमिटीको बैठकमा नजाने र जुन बैठक विधानसम्मत् नहुने, अवैधानिक कमिटीको बैठकमा जान जरुरी नभएको र २०७५ जेठ २ को कमिटीको बैठकमा भने जाने कुरा अत्तो थापेको हो । केन्द्रीय कमिटी बैठकमा नजाने भनेपनि उपयुक्त समयमा बोलाइने पार्टी संसदीय दलको बैठकमा भने जाने असन्तुष्ट समुहको निर्णय हो ।

प्रतिकृया दिनुहोस्

रैतीबाट नागरिक भएको दिन गणतन्त्र दिवस

नेपालमा गणतन्त्र घोषण भएको १७ वर्ष पुरा भएको छ । गणतन्त्र घोषणको १८ औं वर्ष प्रवेशमा गरेको छ । २४० वर्ष पुरानो शाह वंशीय राजतन्त्रको...

सिमित घेरामा राष्ट्रिय पत्रकारिता दिवस

नेपाली भाषाको पहिलो पत्रिका गोरखापत्र प्रकाशन भएको दिनलाई संझेर राष्ट्रिय पत्रकारिता दिवस मनाउन थालिएको छ।गोरखापत्र प्रकाशित भएको १२५ बर्ष भएको छ । १९५८ साल बैशाख...

असुरक्षाकाबीच प्रेस स्वतन्त्रताको वर्णन

विश्व भरी र नेपालमा प्रेस स्वतन्त्रता दिवसको वर्णन भइरहककदा प्रेस स्वतन्त्रता सूचकाङ्क (आरएसएफ) अनुसार सन् २०२४ मा नेपाल ७९ औँ स्थानमा छ । यसले नेपालको...

श्रमिक दिवसको शुभकामना

विश्वभरका मजदुरहरुले गरेको सर्घषको इतिहासलाई सम्झेर मे दिवस मनाइने गरिएको छ । १३५ बर्ष पहिला मे १ तारिकका दिन संसार निर्माण गर्ने श्रमिक वर्गले संघर्ष,...

बिर्सन नसकिने दिन

गोरखाको वारपार केन्द्र विन्दु भएर विनाशकारी भूकम्प गएको दस वर्ष पुरा भएको छ । २०७२ साल बैशाख १२ गते गोर्खाको बारपाक केन्द्रविन्दु बनाएर ७.८ रेक्टर...

जनताले जितेको दिन

जनताले जनआन्दोलनमा देखाएको अभुतपूर्व सहभागिताले नेपालमा लोकतन्त्र आयो । नेपालको २०६२–०६३ को आन्दोलन हरेक दृष्टिकोणले सफल मानिन्छ । २ सय ४० वर्षको शाह वंसीय राजतन्त्रको...