Pokharapatra National Daily

नाक छोप्नु नपरोस्

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दर्ता खारेज गरेपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र छुट्टीएका छन । निर्वाचन आयोगले सर्वोच्च अदालतको फैसला अनुसार नेकपा एमाले र माओवादी केन्द्र एकता पुर्वको अवस्थामा पुगेको जानकारी गराएको छ । केपी शर्मा ओली अध्यक्ष रहेको एमालेलाई सूर्य चुनाव चिन्ह र पुष्प कमल दाहाल अध्यक्ष रहेको माओवादी केन्द्रलाई गोलाकार भित्रको हँसियाहथौडा चुनाव चिन्ह दिएको छ । २०७४ को निर्वाचनमा फरकफरक निर्वाचन चिन्ह लिएर चुनावमा गएका थिए । दुई पार्टीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र सूर्य चुनाव चिन्ह राखेर दल दर्ता गरेका थिए । नेपाल कम्युनिस्ट पार्टी पह्ल्यिै ऋषि कट्टेलले दर्ता गरेका थिए । निर्वाचन आयोगले सत्ता र शक्तिको आडमा नाम जुधाएर दल दर्ता गरिदिएको कारण नेकपाको दल दर्ता खारेज भएको हो ।
अदालतले नेकपाको आधिकारिकता सत्ता र शक्तिको आधारमा होइन सत्यको आधारमा हुन्छ भन्ने देखाएको छ । एमाले र माओवादी केन्द्र एक हुन चाहेमा १५ दिन भित्र निर्वाचन आयोगमा जान सकिने ठाउँ राखिदिएको छ । अदालतले एकता टुटाइ दिएको भनेर आलोचना गर्नुभन्दा फेरि एकता गरेर देखाउनुपर्छ । एकता गर्दा जुन शैलीमा गरिएको थियोे त्यो परिपक्व थिएन भन्ने अहिले विभाजन हुँदा धेरैले खुशी मनाएका छन । पार्टी एकता अभियान चलाएका उपाध्यक्ष बामदेव गौतम समेत सर्वोच्चको फैसलाको स्वागत गरेका छन । अध्यक्ष केपी शर्मा ओलीको विरोधमा सडकमै गएका असन्तुष्ट समूह पनि अदालतको फैसलालाई सहजरूपमा लिएका छन । सर्वोच्चको फैसलाबाट निराश बनेको प्रचण्ड पक्षले पनि कार्यान्वयनमा गइसकेको छ । हतारमा पार्टी एकीकरण गरेका दलहरूमा कस्तो समस्या आउँछ भन्ने गतिलो पाठ पनि हो ।
राजनीतिक दलको एकीकरण गर्दा सजिलैसँग हुने कार्यान्वयनमा जाँदा धेरै जटिलता आउने गरेकोे नेकपाको करिब पौने तीन वर्षको उतारचढावले देखाएको छ । एकता एकले अर्कोलाई सिध्याउन मात्र गरेका थिए भन्ने छर्लङ्ग भएको छ । नेपाली जनतामाझ गरेकोे बाचा सत्ता संघर्षले गर्दा धरापमा परेको छ । स्थिरता र समृद्धिको नारा जनता झुक्याउने नारा थियोे । आफ्नो शक्ति र सामथ्र्य भन्दा बढी खोज्दा बहुमतको सरकार गुमाएर मिलिजुली सरकार बनाउने अवस्थामा पुगेका छन । संसदीय प्रणालीका विकृति र विसंगतिलाई फेरि भित्र्याउने पहल भएको छ । नेपाली उखान बाँच्न सके देख्न पाइन्छ भने जस्तै सांसद तानातान, हैसियत भन्दा बढी जिम्मेवारी, किनबेच र स्वार्थ समुहको चलखेल बढ्दैछ । यो अवस्था नआओस भन्ने जानेर नै ताजा जनादेशका लागि प्रतिनिधि सभा विघटन भएको हो । देश विकास र समृद्धिका जनताका आशामाथि तुषारापात भएको छ।सरकार टिकाउन र भत्काउन खेलिने खेलले संसदप्रति वितृष्णा फैलाउँछ । नयाँ सरकार बनाउन कस्ता गतिविधि हुन्छन् भन्ने पुराना दिन सम्झे पुग्छ।विदेशीलाई खेल्न दिने सत्ता र शक्तिका खेलाडीका नाङ्गो नाच नेपालीले देखेर नाक छोप्नुपर्ने छ ।

प्रतिकृया दिनुहोस्

मेलमिलापको पर्व होली

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा फागु पुर्णिमालाई लिने गरिन्छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व पहाडी जिल्लामा हर्षोल्लासका साथ...

जनताले अधिकार पाएको दिन

नेपालमा प्रजातन्त्र स्थापना भएको ७५ वर्ष पुरा भएको छ । नेपाली जनताले प्रजातान्त्रिक अधिकार पाएको पचहत्तर वर्ष पुग्दा पनि देशमा राजनीतिक स्थायित्व हुन सकेको छैन...

२७ वर्षको यात्रा

नेपालमा पत्रपत्रिका प्रकाशित भएको इतिहास लामो छैन । पोखरामा पत्रपत्रिका प्रकाशन अन्य शहरको दाँजोमा ढिलो भएको पाइन्छ । पोखरामा २००७ सालको आन्दोलन पछि मात्र पत्रिका...

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...