Pokharapatra National Daily

नाक छोप्नु नपरोस्

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दर्ता खारेज गरेपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र छुट्टीएका छन । निर्वाचन आयोगले सर्वोच्च अदालतको फैसला अनुसार नेकपा एमाले र माओवादी केन्द्र एकता पुर्वको अवस्थामा पुगेको जानकारी गराएको छ । केपी शर्मा ओली अध्यक्ष रहेको एमालेलाई सूर्य चुनाव चिन्ह र पुष्प कमल दाहाल अध्यक्ष रहेको माओवादी केन्द्रलाई गोलाकार भित्रको हँसियाहथौडा चुनाव चिन्ह दिएको छ । २०७४ को निर्वाचनमा फरकफरक निर्वाचन चिन्ह लिएर चुनावमा गएका थिए । दुई पार्टीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र सूर्य चुनाव चिन्ह राखेर दल दर्ता गरेका थिए । नेपाल कम्युनिस्ट पार्टी पह्ल्यिै ऋषि कट्टेलले दर्ता गरेका थिए । निर्वाचन आयोगले सत्ता र शक्तिको आडमा नाम जुधाएर दल दर्ता गरिदिएको कारण नेकपाको दल दर्ता खारेज भएको हो ।
अदालतले नेकपाको आधिकारिकता सत्ता र शक्तिको आधारमा होइन सत्यको आधारमा हुन्छ भन्ने देखाएको छ । एमाले र माओवादी केन्द्र एक हुन चाहेमा १५ दिन भित्र निर्वाचन आयोगमा जान सकिने ठाउँ राखिदिएको छ । अदालतले एकता टुटाइ दिएको भनेर आलोचना गर्नुभन्दा फेरि एकता गरेर देखाउनुपर्छ । एकता गर्दा जुन शैलीमा गरिएको थियोे त्यो परिपक्व थिएन भन्ने अहिले विभाजन हुँदा धेरैले खुशी मनाएका छन । पार्टी एकता अभियान चलाएका उपाध्यक्ष बामदेव गौतम समेत सर्वोच्चको फैसलाको स्वागत गरेका छन । अध्यक्ष केपी शर्मा ओलीको विरोधमा सडकमै गएका असन्तुष्ट समूह पनि अदालतको फैसलालाई सहजरूपमा लिएका छन । सर्वोच्चको फैसलाबाट निराश बनेको प्रचण्ड पक्षले पनि कार्यान्वयनमा गइसकेको छ । हतारमा पार्टी एकीकरण गरेका दलहरूमा कस्तो समस्या आउँछ भन्ने गतिलो पाठ पनि हो ।
राजनीतिक दलको एकीकरण गर्दा सजिलैसँग हुने कार्यान्वयनमा जाँदा धेरै जटिलता आउने गरेकोे नेकपाको करिब पौने तीन वर्षको उतारचढावले देखाएको छ । एकता एकले अर्कोलाई सिध्याउन मात्र गरेका थिए भन्ने छर्लङ्ग भएको छ । नेपाली जनतामाझ गरेकोे बाचा सत्ता संघर्षले गर्दा धरापमा परेको छ । स्थिरता र समृद्धिको नारा जनता झुक्याउने नारा थियोे । आफ्नो शक्ति र सामथ्र्य भन्दा बढी खोज्दा बहुमतको सरकार गुमाएर मिलिजुली सरकार बनाउने अवस्थामा पुगेका छन । संसदीय प्रणालीका विकृति र विसंगतिलाई फेरि भित्र्याउने पहल भएको छ । नेपाली उखान बाँच्न सके देख्न पाइन्छ भने जस्तै सांसद तानातान, हैसियत भन्दा बढी जिम्मेवारी, किनबेच र स्वार्थ समुहको चलखेल बढ्दैछ । यो अवस्था नआओस भन्ने जानेर नै ताजा जनादेशका लागि प्रतिनिधि सभा विघटन भएको हो । देश विकास र समृद्धिका जनताका आशामाथि तुषारापात भएको छ।सरकार टिकाउन र भत्काउन खेलिने खेलले संसदप्रति वितृष्णा फैलाउँछ । नयाँ सरकार बनाउन कस्ता गतिविधि हुन्छन् भन्ने पुराना दिन सम्झे पुग्छ।विदेशीलाई खेल्न दिने सत्ता र शक्तिका खेलाडीका नाङ्गो नाच नेपालीले देखेर नाक छोप्नुपर्ने छ ।

प्रतिकृया दिनुहोस्

वडा दशैंको शुभकामना

नेपाली हिन्दुहरुको महान चाड वडा दशैंले सबै नेपालहरुलाई छोइसकेको छ । आश्विन शुक्ल प्रतिपदाको दिनदेखि नौ दिनसम्म शक्तिपिठहरुमा दुर्गा भगवतीको पूजा आरधना गरिन्छ । दशैंलाई...

संविधान त बच्यो मर्म बचेन

नेपालको संविधान जारी भएको एक दशक पुरा भएको छ । संविधान कार्यान्वयन नहुँदा असन्तुष्टिले नवयुवालाई विद्रोहमा उतार्यो । भदौ २३ र २४ गते भएको जेनजी...

तीजको शुभकामना !

नेपाली हिन्दु महिलाहरुले मनाउने हरितालिका (तीज) अहिले सबैतिर बस्ने नेपाली महिलाको पर्व भएको छ। औशीबाट शुरु हुने तीज महिनाभरी हुन थालेको छ।तीजको व्रत बस्ने अघिल्लो...

गाईजात्रा सांस्कृतिक पर्वको शुभकामना

काठमाडौं उपत्यकामा बसोबास गर्ने नेवार समुदायले मनाउने गाईजात्रा अहिले देशका मुख्य शहरहरुमा मनाउने गरिएको छ । कला , संस्कृति को धनी काठमाडौं उपत्यकामा मनाइने सांस्कृतिक...

कांग्रेस र कम्युनिस्टले बिर्सेको बाटो

नेपालको राष्ट्रिय हित र नेपाली जनताको मुक्तिको लागि पार्टी स्थापना गरेर जीवनकाल भरी सर्घषरत स्वर्गीय वीपी कोइराला र पुष्पलाल दुई सपुतलाई देशैभरी सम्झने गरिन्छ ।...

रैतीबाट नागरिक भएको दिन गणतन्त्र दिवस

नेपालमा गणतन्त्र घोषण भएको १७ वर्ष पुरा भएको छ । गणतन्त्र घोषणको १८ औं वर्ष प्रवेशमा गरेको छ । २४० वर्ष पुरानो शाह वंशीय राजतन्त्रको...