Pokharapatra National Daily

अख्तियार पूर्वप्रमुख बस्नेत थुनामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पुर्व प्रमुख आयुक्त दिप बस्नेतलाई विशेष अदालतले थुनामा राख्ने आदेश दिएको छ । भ्रष्टाचार सम्बन्धी मुद्दा हेर्ने विशेष अदालतको आदेश पछि जेल गएका छन । अख्तियारले ठूला माछा समात्न थालेको छ । संवैधानिक आयोग अख्तियारको प्रमुखलाई पनि मुद्दा चलाएर भ्रष्टाचारमा संलग्नले छुट पाउँदैनन् भन्ने सन्देश हो । बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको घटनामा विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्‍त दीप बस्नेतलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
आइतबार अदालतमा हाजिर भएका उनलाई थुनामा पठाउने आदेश भएको थियो । उनलाई आइतबार नै डिल्लीबजार कारागार चलान गरिएको छ । बस्नेत अख्तियारको आयुक्त हुनुअघि तत्कालिन समयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिव थिए । त्यही बेला उनले ललिता निवाससम्बन्धी फाइलको टिप्पणी उठाउने, सही गर्ने काम गरेका थिए । उनीविरुद्ध अख्तियारले ९ करोड ६५ लाख रुपैयाँ विगो माग गरी २०७६ माघ २२ गते मुद्दा दायर गरेको थियो ।
ललिता निवास प्रकरणमा अख्तियारले बस्नेतसहित १ सय ७५ जना विरुद्ध मुद्दा दायर गरेको थियो, जसमध्ये ११० जनालाई भ्रष्ट्राचारको कसुरमा र ६५ जनालाई जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको छ । यो मुद्दामा हालसम्म उनीहरूमध्ये ९७ जना बयानका लागि अदालतमा उपस्थित भइसकेका छन् । विशेषले पुर्पक्षका लागि थुनामा पठाएका बस्नेत दोस्रो अभियुक्त हुन् । यसअघि थुनामा गएका एक जना सर्वोच्च अदालतबाट धरौटीमा छुटेका छन । अख्तियारले लगेका मुद्दा मध्ये धेरै मुद्दा विशेष अदालतबाट धरौटीमा छुट्ने गरेका थिए । भ्रष्टाचार विरुद्ध आवाज उठाउने तर भ्रष्टाचारीलाई राजनीतिक रंग दिएर जोगाउने द्वैध चरित्रको कारण ठूला माछा उम्कदै आएका छन ।जस्ले भ्रष्टाचारमा संलग्नलाई कार्वाही गर्न खोज्यो उसैलाई तारो बनाउने गरिएको छ। देशमा भ्रष्टाचार न्युनिकरण गर्न अख्तियार र अदालतले साहस देखाएमा ठूला माछाहरु ढिलो चाँडो जेल जानेछन् ।

प्रतिकृया दिनुहोस्

मेलमिलापको पर्व होली

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा फागु पुर्णिमालाई लिने गरिन्छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व पहाडी जिल्लामा हर्षोल्लासका साथ...

जनताले अधिकार पाएको दिन

नेपालमा प्रजातन्त्र स्थापना भएको ७५ वर्ष पुरा भएको छ । नेपाली जनताले प्रजातान्त्रिक अधिकार पाएको पचहत्तर वर्ष पुग्दा पनि देशमा राजनीतिक स्थायित्व हुन सकेको छैन...

२७ वर्षको यात्रा

नेपालमा पत्रपत्रिका प्रकाशित भएको इतिहास लामो छैन । पोखरामा पत्रपत्रिका प्रकाशन अन्य शहरको दाँजोमा ढिलो भएको पाइन्छ । पोखरामा २००७ सालको आन्दोलन पछि मात्र पत्रिका...

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...