Pokharapatra National Daily

अख्तियार पूर्वप्रमुख बस्नेत थुनामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पुर्व प्रमुख आयुक्त दिप बस्नेतलाई विशेष अदालतले थुनामा राख्ने आदेश दिएको छ । भ्रष्टाचार सम्बन्धी मुद्दा हेर्ने विशेष अदालतको आदेश पछि जेल गएका छन । अख्तियारले ठूला माछा समात्न थालेको छ । संवैधानिक आयोग अख्तियारको प्रमुखलाई पनि मुद्दा चलाएर भ्रष्टाचारमा संलग्नले छुट पाउँदैनन् भन्ने सन्देश हो । बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको घटनामा विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्‍त दीप बस्नेतलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
आइतबार अदालतमा हाजिर भएका उनलाई थुनामा पठाउने आदेश भएको थियो । उनलाई आइतबार नै डिल्लीबजार कारागार चलान गरिएको छ । बस्नेत अख्तियारको आयुक्त हुनुअघि तत्कालिन समयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिव थिए । त्यही बेला उनले ललिता निवाससम्बन्धी फाइलको टिप्पणी उठाउने, सही गर्ने काम गरेका थिए । उनीविरुद्ध अख्तियारले ९ करोड ६५ लाख रुपैयाँ विगो माग गरी २०७६ माघ २२ गते मुद्दा दायर गरेको थियो ।
ललिता निवास प्रकरणमा अख्तियारले बस्नेतसहित १ सय ७५ जना विरुद्ध मुद्दा दायर गरेको थियो, जसमध्ये ११० जनालाई भ्रष्ट्राचारको कसुरमा र ६५ जनालाई जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको छ । यो मुद्दामा हालसम्म उनीहरूमध्ये ९७ जना बयानका लागि अदालतमा उपस्थित भइसकेका छन् । विशेषले पुर्पक्षका लागि थुनामा पठाएका बस्नेत दोस्रो अभियुक्त हुन् । यसअघि थुनामा गएका एक जना सर्वोच्च अदालतबाट धरौटीमा छुटेका छन । अख्तियारले लगेका मुद्दा मध्ये धेरै मुद्दा विशेष अदालतबाट धरौटीमा छुट्ने गरेका थिए । भ्रष्टाचार विरुद्ध आवाज उठाउने तर भ्रष्टाचारीलाई राजनीतिक रंग दिएर जोगाउने द्वैध चरित्रको कारण ठूला माछा उम्कदै आएका छन ।जस्ले भ्रष्टाचारमा संलग्नलाई कार्वाही गर्न खोज्यो उसैलाई तारो बनाउने गरिएको छ। देशमा भ्रष्टाचार न्युनिकरण गर्न अख्तियार र अदालतले साहस देखाएमा ठूला माछाहरु ढिलो चाँडो जेल जानेछन् ।

प्रतिकृया दिनुहोस्

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...

लैङगिक हिंसा विरुद्धको अभियान

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङगिक हिंसा विरुद्धको अभियान शुरु भएको छ। १६ दिन सञ्चालन गरिने अभियानमा यसपालि डिजिटल माध्यमबाट हुने हिंसाविरुद्ध आवाज उठाइँदै...

फैलिदैछ छठ पर्व

नेपालमा मनाइने चाडपर्व मध्ये तराई मधेसको मिथिलाञ्चलमा मनाउने छठ पर्वको महत्व बढेर गएको छ । छठलाई मधेस र मिथिलाञ्चलमा मात्र सीमित छैन । जहाँ जहाँ...

तिहार पर्वको शुभकामना !

नेपालीहरुको ठूलो चाड दीपावली (तिहार) शुरु भएको छ । नेपालमा तिहार हिन्दु मात्र होइन धेरैजसो नेपालीले मनाउने गर्दछन । तिहारमा सन्देशबाहक काग, घरको रक्षक कुकुरका...