Pokharapatra National Daily

पालैपालो भारत भ्रमण

नेपालको कार्यकारी प्रमुख रहिसकेका र हुन तयार भएका पूर्व प्रधानमन्त्रीहरु पालैपालो भारत भ्रमण गरेका छन।प्रतिनिधि सभा विघटन पछि विघटनको विरोध गर्ने पूर्व प्रधानमन्त्रीहरु भारत भ्रमणको निहुँ उपचार बनाएका छन । आइतबार पूर्व प्रधानमन्त्री एवं जसपा संघीय परिषद् अध्यक्ष डा‍. बाबुराम भट्टराई उपचारका लागि भन्दै दिल्ली गएका छन् । प्रतिनिधि सभा विघटन भएको १५ दिनपछि गत पुस २० गते पत्नी सीता दाहालको उपचारका लागि नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा गएका थिए ।माओवादीले दस वर्ष जनयुद्ध गर्दा दाहाल र भट्टराई धेरै समय भारतमा बसेका थिए।संसदवादी दल र माओवादी बीच बाह्रबुँदे सहमति पनि भारतमा भएको थियो ।
प्रतिनिधि सभा विघटन भएपछि पछिल्लो ४८ दिनमा नेपालका तीन पूर्व प्रधानमन्त्री उपचारका लागि भन्दै भारत गएका छन । प्रतिनिधि सभा विघटनको विरोधमा आँधी बेहेरी ल्याउने उद्घोष प्रचण्डको भारत भ्रमण पछि भएको थियो । प्रचण्ड पार्किन्सनको बिरामी रहेकी सीताको उपचार मुम्बइको न्युरोजेन ब्रेन यान्ड स्पाइन इन्स्टिच्युटमा गरिएको थियो । पत्नीको उपचारका लागि भारत गएपनि उनले त्यहाँ राजनीतिक घेटघाट गर्ने आशंका काठमाडौंमा भयो । केपी ओलीपक्षीय नेकपा केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले पुस २३ गते सामाजिक सञ्जाल ट्विटरमार्फत नै आशंका जनाए । ‘पुष्पकमल दाहालकी धर्मपत्नी सीता दाहालको उपचार सफल होस्, शुभकामना ! तर कसैको मन्त्रणामा देशविरुद्ध तानाबाना बुन्ने काम गरेर दाहाल फर्के भने राजनीतिक शक्ति संघर्षले कष्टकर बाटो समाउने निश्चित छ,’ बाँस्कोटाले ट्विटरमा लेखेका थिए । सीतालाई अस्पतालमा छाडेर अध्यक्ष प्रचण्ड स्वदेश फर्किए । उनी पुसको २४ गते दिल्लीमा बसे । प्रचण्डले दिल्लीमा कुनै भेटघाट गरेको औपचारिक कुरा भने बाहिर आएन ।
प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनरत नेकपा (प्रचण्ड नेपाल) समूहका वरिष्ठ नेता झलनाथ खनाल माघ ३० गते नयाँ दिल्ली गए । दिल्ली पुगेकै दिन १२ फेब्रुअरीमा भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले खनाल अस्पताल भर्ना भएको तस्वीर सार्वजनिक गरे । फागुन ८ गते शनिवार खनाल स्वदेश फर्किए । खनाल स्वदेश फर्किएको भोलिपल्ट पूर्व प्रधानमन्त्री एवं जसपाका नेता डा. बाबुराम भट्टराई उपचारका लागि दिल्ली गएका छन् ।
भट्टराईको इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेसमा उनको उपचार हुनेछ । उपचारका लागि दिल्लीमा रहँदा भट्टराई नेपाली दूतावासको अतिथि गृहमा बस्ने जनाएका छन । भारतसंग राम्रो सम्बन्ध बनाएका भट्टराईको भ्रमण रोगको परिक्षण र उपचारमा मात्रै सिमित रहन्छ भन्नेमा धेरैको आशंका छ।प्रचण्डले प्रतिनिधि सभा विघटन विरुद्ध भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको समर्थन खोजेका छन ।देशको आन्तरिक मुद्दामा विदेशीको समर्थन खोज्नु र भारत भ्रमण पालैपालो जानुमा अन्य कारण छैन भनेर पत्याउने अवस्था छैन ।नेताहरूको विगत र उनिहरुका अभिब्यक्तिले आशंका गर्ने ठाउँ दिएका हुन ।

प्रतिकृया दिनुहोस्

वडा दशैंको शुभकामना

नेपाली हिन्दुहरुको महान चाड वडा दशैंले सबै नेपालहरुलाई छोइसकेको छ । आश्विन शुक्ल प्रतिपदाको दिनदेखि नौ दिनसम्म शक्तिपिठहरुमा दुर्गा भगवतीको पूजा आरधना गरिन्छ । दशैंलाई...

संविधान त बच्यो मर्म बचेन

नेपालको संविधान जारी भएको एक दशक पुरा भएको छ । संविधान कार्यान्वयन नहुँदा असन्तुष्टिले नवयुवालाई विद्रोहमा उतार्यो । भदौ २३ र २४ गते भएको जेनजी...

तीजको शुभकामना !

नेपाली हिन्दु महिलाहरुले मनाउने हरितालिका (तीज) अहिले सबैतिर बस्ने नेपाली महिलाको पर्व भएको छ। औशीबाट शुरु हुने तीज महिनाभरी हुन थालेको छ।तीजको व्रत बस्ने अघिल्लो...

गाईजात्रा सांस्कृतिक पर्वको शुभकामना

काठमाडौं उपत्यकामा बसोबास गर्ने नेवार समुदायले मनाउने गाईजात्रा अहिले देशका मुख्य शहरहरुमा मनाउने गरिएको छ । कला , संस्कृति को धनी काठमाडौं उपत्यकामा मनाइने सांस्कृतिक...

कांग्रेस र कम्युनिस्टले बिर्सेको बाटो

नेपालको राष्ट्रिय हित र नेपाली जनताको मुक्तिको लागि पार्टी स्थापना गरेर जीवनकाल भरी सर्घषरत स्वर्गीय वीपी कोइराला र पुष्पलाल दुई सपुतलाई देशैभरी सम्झने गरिन्छ ।...

रैतीबाट नागरिक भएको दिन गणतन्त्र दिवस

नेपालमा गणतन्त्र घोषण भएको १७ वर्ष पुरा भएको छ । गणतन्त्र घोषणको १८ औं वर्ष प्रवेशमा गरेको छ । २४० वर्ष पुरानो शाह वंशीय राजतन्त्रको...