काङ्ग्रेस र कम्युनिस्टले विर्सेको बाटो

नेपालको राष्ट्रिय हित र नेपाली जनताको मुक्तिको लागि पार्टी स्थापना गरेर जीवनकाल भरी सर्घषरत स्वर्गीय वीपी कोइराला र पुष्पलालको स्मृतिमा देशभरि कार्यक्रम भएका छन। हरेक वर्षको साउन ६ र ७ गते नेपाली आमाका दुई सपुत स्व.वी.पी कोइराला र पुष्पलाल श्रेष्ठलाई नेपाली काङ्ग्रेस र नेपाल कम्युनिस्ट पार्टीले सम्झने गर्दछन । नेपालमा जहानीया राणा शासनको अन्त्य गरि बहुदलीय लोकतन्त्र स्थापना गर्न उनीहरुले गरेको संघर्ष र योगदानहरुको चर्चा हुने गरेको छ । नेपाली कांग्रेसका संस्थापक एवं पहिलो जननिर्वाचित प्रधानमन्त्री वी.पी कोइरालाको निधन भएको ४४ वर्ष भएको छ । आज भन्दा ४४ वर्ष अघि २०३९ साल साउन ६ गते वी.पी को निधन भएको थियो । नेपाल कम्युनिष्ट पाटीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको निधन भएको ४८ वर्ष भएको छ । पुष्पलालको २०३५ साल साउन ७ गते भारतको गोविन्द बल्लव पन्त अस्पतालमा निधन भएको थियो । वी.पी.को निधन क्यान्सर बाट भएको थियो भने पुष्पलालको मुटुको व्यथाबाट । वी.पी. राष्ट्रियता, प्रजातन्त्र र समाजबादको लागि जीवन भर लडिरहेका थिए भने पुष्पलाल नेपालमा नौलो जनबाद र समाजबाद स्थापना गर्नको लागि आर्थिक, राजनैतिक र संस्कृतिक हकअधिकारका लागी मृत्यु पर्यन्त लडिरहे । नेपालमा जहानिय राणा शासन र निरंकुश निर्दलीय व्यवस्था विरुद्ध लडदै आएका वी.पी. र पुष्पलालको आर्दशबाट अहिलेका नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरु प्रभावित भएर राजनीतिमा होमिएका हुन । वी.पी. र पुष्पलालको शालीकमा माल्यार्पण गर्ने देखि उनीहरुको आर्दशको बारेमा विभिन्न कार्यक्रम गरी चर्चा गर्ने गरिन्छ । बामपंथी र लोकतन्त्रवादी मिलेर संविधानसभाबाट बनेको संविधान खारेज हुने त होइन भन्ने अवस्था छ।वामपन्थी र लोकतन्त्रवादी मिलेर सरकार चलाउँदा जेनजी आन्दोलन र विध्वंसात्मक गतिविधिबाट सत्ता पलट भयो ।जननिर्वाचित संसद भंग गरियो संविधान विपरीत सरकार गठन भयो।त्यसका विरुद्ध संविधानका पक्षधर मिल्न सकेनन।एकले अर्कोलाई पछार्ने खेल खेले।पार्टी कब्जा गर्ने खेल भए ।प्रतिक्रान्ती हुँदा मिलेर जान नसक्नु वीपी र पुष्पलालले अंगालेको विचार र सिद्धान्त छोड्नाको परिणति हो।अहिले बाम लोकतन्त्रवादी निर्णायक शक्ति बन्न सकेका छैनन् ।इतिहासमा कमजोर भएका छन।यस्तो बेला पार्टी एकताबद्ध हुनुपर्ने बेला बेमेल देखिनु दुर्भाग्य हो।, नेपालमा पुष्पलालले स्थापना गरेको कम्युनिस्ट पार्टीका नेताहरु मिल्न सकेका छैनन् । वीपीले स्थापना गरेको नेपाली कांग्रेस आफ्ना नेताको आदर्श, मूल्यमान्यतालाई तिलाञ्जली दिएर अहिले छुट्टाछुट्टै कार्यक्रम गरेर विभाजन उन्मुख देखिएका छन। कम्युनिष्ट पार्टीहरु एकताबद्ध हुन छाडेर चिराचिरामा विभाजित भएका छन । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी लगायतका बामपंथी दलहरु मिल्न नसक्दा निर्वाचनमा शर्मनाक हार व्यहोर्नुपरेको छ । नेताहरू देश र जनताको हित भन्दा आफ्नो स्वार्थ र गुटस्वार्थमा लाग्दा कम्युनिस्ट पार्टीको भबिस्य नै खतरामा पर्ने देखिएको छ । देशमा दक्षिणपन्थी शक्ति सत्तारूढ हुन पुगेको छ। निरंकुश शासन उन्मुख लम्केको छ। पुष्पलालको नेपालमा एउटै कम्युनिष्ट पार्टी वनाउने इच्छा नेपालको स्वाभिमान कायम गर्दै जनताको मुहारमा खुशी ल्याउने हो । त्यो आकांक्षा माथि नेताहरूले खेलवाड गरेका छन् । नेताहरुको सिद्धान्त हिन, स्वार्थी स्वभावका कारण कम्युनिष्टहरु साना साना पार्टीमा बिभक्त छन् । नेपाली जनतालाई रैतीबाट स्वाभिमानी नागरिक बनाउने,जनताको छोराछोरी शासन सत्ताको शिर्ष स्थानमा जान पाउने अधिकार भएको संविधान बनाउने दलहरु किनारमा पुग्नुको कारण खोज्नुपर्ने भएको छ।देश पहिलो ठानेर सामाजिक न्याय सहितको विकास गरेर सुखि नेपाली वनाउने अभिभारा काङ्ग्रेस र एमालेलाई छ । २०१७ सालमा वि.पी. को दुई तिहाईको सरकार विरुद्ध जुनखेल खेलिएको थियो कम्युनिस्ट पार्टीको सरकार हटाउन सबै शक्ति प्रयोग भयो । नेपालले सात दशक देखिको राजनीतिक संक्रमण अन्त्य गरि स्थिरता तर्फ देश जान लागेको ठानिएको थियोे त्यसमा ठेस लागेको मात्र होइन उल्टो बाटोमा जादैछ । जुन उद्देश्यका लागि लडेका कांग्रेस कम्युनिष्ट बेमेल भएका कारण देशी विदेशी शक्तिले खेलेर राष्ट्रियता कमजोर बनाएका छन। राष्ट्रिय स्वाभिमानलाई कमजोर बनाएका छन । काङ्ग्रेस संस्थापककोआदर्श भुलेर हल न चलको अवस्थामा पुगेको छ । केही पार्टीबाट पाखा लगाइएका छन। दुई तिहाईको वि.पी. नेतृत्वको सरकार हटाउँदा देशले कति ठुलो मुल्य चुकाउनु प¥यो भन्ने कुरा अहिलेको नेकपा एमाले र नेपाली काङ्ग्रेसले बुझ्न नसक्नु विडम्बना हो।काङ्ग्रेस र कम्युनिष्टका नेताहरु गम्भिर नबन्दा पुष्पलाल र वि.पी.को स्मरण गर्नु बिरालो बाँधेर श्राद्ध गर्नु जस्तै हो । देखाउनका लागि वीपी र पुष्पलालको स्मृति गरेर पुग्दैन । राजनीतिक स्थिरता, राष्ट्रिय स्वाभिमान, जनताको जीवनमा परिवर्तनका लागि काम गर्ने अठोट चाहिन्छ । जनता रोग, भोक, अनिश्चित भविष्यबाट छट्पटी परेको बेला जनताका सवाललाई सम्बोधन पहिलो शर्त हो । वीपी र पुष्पलाललाई सम्झनु भनेको देशको स्वाभिमान कायम राख्नु, बहुदलीय लोकतन्त्रलाई जोगाउदै , सिद्धान्तलाई ब्यवहारमा उतार्ने र सामाजिक न्याय स्थापना गर्न लाग्ने प्रण गर्नु हो । नेपाली आमाका सपूत वीपी र पुष्पलालप्रति श्रद्धा सुमन !
यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?
खुसी बनायो
०%
दु:ख लाग्यो
०%
उत्साहित
०%
हाँसो लाग्यो
०%
आक्रोशित बनायो
०%








