Pokharapatra National Daily

बन्द गर ब्यक्ति हत्या

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले मोरङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्या गरेका छन । मोरङको मिक्लाजुङ गाउँपालिका—७ बाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित समूहका कार्यकर्ताले श्रेष्ठलाई घरबाटै अपहरण गरी मंगलबार हत्या गरेका थिए । विप्लव समूहले शिक्षक श्रेष्ठको हत्याको जिम्मेवारी लिएको छ । सरकारका लागि सुराकी गरेका कारण उनको हत्या गरिएको दाबी विप्लव समुहले गरेको छ । निहत्था शिक्षक श्रेष्ठको हत्या कायरतापूर्ण हो ।यो निन्दनीय कार्य हो ।
विप्लव नेतृत्वको समुहले हत्यालाई जस्तोसुकै बहाना बनाए पनि निहत्था नागरिकको हत्यालाई मानवीय विवेक भएको कसैले पनि उचित ठान्न सक्तैन । सरकार, विपक्षी नेपाली कांग्रेसले हत्याको विरोध गरेका छन।ब्यक्ति हत्याको बाटो छाडेर शान्तिपूर्ण राजनीतिमा आउन आग्रह गरेका छन । केही राजनीतिक दल र नेताहरूले कुनै प्रतिक्रिया दिएका छैनन् । यस्तो विषयमा धारणा नआउनु रहस्यमय छ। यस्ता निन्दनीय घटनालाई पनि विभिन्न वाहना बनाएर राजनीतिक रंग दिने प्रयास गरेका छन । यस्तै क्रियाकलापले गर्दा ब्यक्ति हत्या गरेर समाजलाई आतंकित गर्नेको मनोबल बढाउँछ । प्रहरी प्रशासनले समयमै स्थानीयले गरेको अनुरोधलाई बेवास्ता गर्दा अहिले स्थानीय दोहोरो मारमा परेका छन । घटनापछि संयुक्त सुरक्षा फौजले मिक्लाजुङ श्रेत्रमा चलाएको अभियानले जनसाधारणलाई सास्ती पुगेको प्रदेश सांसद र गाउँ पालिका अध्यक्षको भनाइले देखाउँछ। राजनीतिक दलका नेताहरू र सुरक्षा फौजले विगतका हिंसाबाट कुनै पाठ नसिकेको अहिलेको उनिहरुको अनुत्तरदायी प्रवृत्तिबाट स्पष्ट भएको छ । यस्ता हिंसात्मक घटनालाई ‘काल पल्टेको’ ठानेर सरकारका साथै नागरिक पनि सावधान हुनु जरुरी देखिन्छ ।
नेपालको संविधानले शान्तिपूर्ण विरोध प्रदर्शन गर्न र संगठन गर्न पाउने छुट दिएको छ।संविधानले नागरिकका हक र स्वतन्त्रताको प्रत्याभूति गरेको छ । संविधानले दिएको अधिकार प्रयोग गरेर संविधानकै विरुद्ध सडकमा नारा लगाउन पाउनु नै यसको ज्वलन्त उदाहरण हो । विप्लव समूहमाथि भने हिंसात्मक गतिविधिका कारण सरकारले प्रतिबन्ध लगाएको छ । सरकारी प्रतिबन्धले उनीहरूको क्रियााकलाप नियन्त्रण गर्न सकेको छैन । यसैले हिंसात्मक राजनीति छाड्ने सर्तमा विप्लव समूहमाथि लगाइएको प्रतिबन्ध हटाउन पनि सरकार तयार हुनुपर्छ । अपराधका लागि कसैलाई उन्मुक्ति दिनु हुँदैन ।
अपराधलाई राजनीतिक रंग दिने कारण अपराधीलाई उन्मुक्ति दिइने गरिएको छ। के राजनीति हो, के अपराध हो कहिल्यै नछुट्याउने हुँदा राजनीतिक दलको सिद्धान्त र ब्यवहार फरक देखिन्छन् । शिक्षक श्रेष्ठको हत्यालगायतका अपराधी क्रियाकलापका लागि कानुनबमोजिमको कारबाही गर्न र विप्लवका कुनै राजनीतिक माग भए तिनमा छलफल गर्न तयार रहेको सन्देश दिनु पर्दछ।सत्तारूढ दलको विवाद अन्त्य, भ्रष्टाचार, हिंसा र अराजकता हटाउन सकेमा राजनीतिक समुहको नाममा गरिने हत्या र सबै खाले आतंक रोक्न जनसमर्थन हुनेछ ।

प्रतिकृया दिनुहोस्

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...

लैङगिक हिंसा विरुद्धको अभियान

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङगिक हिंसा विरुद्धको अभियान शुरु भएको छ। १६ दिन सञ्चालन गरिने अभियानमा यसपालि डिजिटल माध्यमबाट हुने हिंसाविरुद्ध आवाज उठाइँदै...

फैलिदैछ छठ पर्व

नेपालमा मनाइने चाडपर्व मध्ये तराई मधेसको मिथिलाञ्चलमा मनाउने छठ पर्वको महत्व बढेर गएको छ । छठलाई मधेस र मिथिलाञ्चलमा मात्र सीमित छैन । जहाँ जहाँ...

तिहार पर्वको शुभकामना !

नेपालीहरुको ठूलो चाड दीपावली (तिहार) शुरु भएको छ । नेपालमा तिहार हिन्दु मात्र होइन धेरैजसो नेपालीले मनाउने गर्दछन । तिहारमा सन्देशबाहक काग, घरको रक्षक कुकुरका...