Pokharapatra National Daily

बन्दको विकल्प खोज

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधवकुमार नेपाल पक्षले आमहड्ताल घोषणा गरेको छ । प्रतिनिधि सभा विघटनको विरुद्ध आन्दोलन गर्दै आएको प्रचण्ड–नेपाल समुहको आमहड्ताल चुनावी घोषणापत्र विपरीत छ।सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै त्यसको विरोधमा बिहीबार देशव्यापी आम हड्तालसहित नयाँ संघर्षका कार्यक्रम घोषणा गरेको छ । प्रतिनिधि सभा विघटन विरुद्धको जारी तेस्रो चरणको संघर्षका कार्यक्रमलाई परिमार्जित गर्दै आम हड्ताल घोषणा गरिएको छ । प्रचण्ड माधव पक्षले असंवैधानिक र गैरकानुनी ढंगले संवैधानिक अंगमा पदाधिकारीहरुलाई सपथ खुवाईएकोमा विरोध जनाउँदै आमहड्ताल घोषणा गर्नु जनभावना विपरीत हो ।
सरकारको कदम असफल पार्न बन्द हडताल गर्नु नयाँ सोचको अभाव हो । आम हड्तालमा बजार, शिक्षण संस्था, यातायातलगायत बन्द रहेपनि अत्यावाश्यक सेवा भने बन्द नगर्ने सो पक्षले जनाएको छ । आमहड्तालका लागि बुधबार साँझ मसाल जुलुस निकालेको छ । नेकपा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले यसबेल मुलुक गम्भीर संकटमा रहेकोले आन्दोलन गर्नुपरेको जिकिर गरेका छन । सरकारले गरेको कदम तीव्र गतिमा अघि बढेको भन्दै त्यसको निरन्तर प्रतिरोध गरिने प्रचण्ड– नेपाल पक्षले जनाएको छ । आमहड्ताल गर्नु आफूहरुको बाध्यता रहेको पनि प्रचण्ड–नेपाल पक्षको जिकिर छ ।
प्रचण्ड–नेपाल पक्षले बुधबार पत्रकार सम्मेलन गर्दै विहिबारका लागि देशव्यापी आमहड्तालको घोषणा गरेपछि व्यवसायीहरुले बन्दले सर्वसाधरणले दुःख पाउने भन्दै हड्तालको कार्यक्रम फिर्ता लिन आग्रह गरेका छन । काम गरेर खाने वर्गलाई आमहड्तालले असहज बनाउछ । कोरोनाका कारण लामो समय बन्द रहेको ब्यापार व्यवसाय भर्रखरै चलायमान हुन थालेको बेला यस्ता बन्द हड्तालले झन ठूलो असर गर्ने भन्दै उनीहरुले हड्तालको विकल्प खोज्न आग्रह गरेका छन् । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सर्वसाधारणको काम गर्न पाउने नैसर्गिक अधिकार कुन्ठित हुने गरि कुनै पनि प्रकार को वन्द हडताल जुलूस सभा नगर्न दलहरूलाई आग्रह गरेका छन ।
नयाँ संविधान जारी भएपछि सबै दलहरूले बन्द हडताल नगर्ने भनि गरेको प्रतिबद्धता पनि स्मरण गर्नुपर्ने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला, चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, अटोमोवाइल्स एसोसियसन अफ नेपाल (नाडा) को अध्यक्षमा कृष्ण प्रसाद दुलाललगायतले पनि बन्द फिर्ता लिन प्रचण्ड–नेपाल समूहलाई सुझाएका छन्।पटकपटक सरकार चलाएका र फेरि सरकार चलाउने दावी गरेका दलको हठात आमहड्ताल गर्नु कसैको हितमा छैन । विगतमा हठात तरिकाले गरिएको आमहड्तनल, बन्द,चक्काजाम जनतालाई दुख दिने काम भएको छ।सरकारले कुनै दबाब नठान्ने,देश कमजोर हुने,जनताले दुख पाउने बन्द ,हडताल नगरी रचनात्मक कार्यक्रम गरेर जनतालाई आन्दोलनमा सरिक गराउन सकिन्छ भन्ने सोचको खाँचो छ ।

प्रतिकृया दिनुहोस्

नयाँ वर्षले सकारात्मक सोच ल्याउन सकोस

नेपालीहरुले मान्दै आएको पात्रो (क्यालेण्डर) फेरिएको छ । नेपालमा विक्रमाब्दले चलनमा ल्याएको सम्वतलाई नै मानिदै आएको छ । नेपालले मानेको पात्रो २०८२ शुरु भएको छ...

दुई दशकमा फेवा नववर्ष महोत्सव

पोखराको लेकसाइडमा फेवा नव वर्ष महोत्सव २०८२ सुरु भएको छ । २० औं संस्करणको फेवा नव वर्ष महोत्सव होटल संघ पोखरा नेपालले आयोजना गरेको छ...

रामनवमीको शुभकामना !

हिन्दुधर्मावलम्बीले भगवान् श्रीरामको सम्झनामा रामनवमी पर्व भब्य रुपमा मनाउने गर्दछन । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामको सम्झनामा ‘रामनवमी’ पर्व नेपाल, भारत लगायत...

प्रेसलाई आङ्कित नबनाऊ

नागरिक संस्था मध्येको जेठो संस्था नेपाल पत्रकार महासंघ सत्तरी वर्षमा प्रवेश गरेको छ । बीस २०१२ साल चैत १६ गते स्थापना दिवस र संस्थापक सभापति...

मेलमिलापको पर्व होली

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा फागु पुर्णिमालाई लिने गरिन्छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व पहाडी जिल्लामा हर्षोल्लासका साथ...

अन्तर्राष्ट्रिय महिला दिवस

११५औँ अन्तर्राष्ट्रिय महिला दिवस विश्वका महिलाले एकैसाथ मनाउँदै छन् । अन्तर्राष्ट्रिय महिला दिवस भन्दा उत्पीडित महिलाको आवाज बुलन्द पार्ने अवसर हो । श्रमिक महिलाहरुले समान...