Pokharapatra National Daily

व्यावसायिक हुन नसकेको निजामती

२०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसको रुपमा मनाउने गरिएको हो । सबै राष्ट्रसेवक निजामती कर्मचारीलाई अझ बढी समर्पण भावका साथ देश र जनताको सेवामा काम गर्ने उत्प्रेरणा मिलोस भनेर निजामती सेवाका ४० जनालाई सम्मान गरिएको छ । उत्कृष्ट कर्मचारीहरुलाई प्रधानमन्त्री ओलीले सम्मान गरे। सम्मानका लागि यस वर्ष पनि सरकारले सर्वोत्कृष्ट कर्मचारीको छनोट गर्न भने सकेन । सरकारले निजामती सेवा दिवसको अवसरमा रक्तदान, वृक्षरोपण, अतिरिक्त क्रियाकलाप लगायतका कार्यक्रम आयोजनासमेत गरेको छ । दिवसको अवसरमा बेलुका सबै सरकारी कार्यालयमा दीपावली गरिएको थियोे ।
गाउँमा सिंहदरबार पुग्न सक्दैन भनेर संघीयताले गाउँगाउँमा सिंहदरबारको परिकल्पना गरेको छ । त्यसैगरी प्रत्येक नागरिकसम्म सरकार पुग्न नसक्ने भएकाले निजामती कर्मचारीलाई राज्यले सिद्धान्ततः ‘निमित्त सरकार’ मुकरर गरेको छ । यो गरिमा र जिम्मेवारीका साथ स्याथी सरकार मानिने कर्मचारी संस्थाका प्रत्येक सदस्यले सरकारको प्रतिनिधि भएर काम गर्दैछौं भन्ने सोच्नुपर्दछ । अहिले निजामती सेवालाई सेवाग्राहीप्रति उत्तरदायी बनाउनुपर्छ भन्ने बहस सुरु भएको छ । एकजना हाकिमले मुल्याङ्कन गरेर राम्रो ठान्नु भन्दा सेवाग्राहीले मुल्याङ्कन गर्ने परिपाटी बसाल्न सके निजामती सेवा नागरिक प्रति जवाफदेही बन्न प्रेरित गर्दछ । निजामती सेवालाई समायानुकुल बनाउन विभिन्न समयमा ऐनमा संशोधन र विभिन्न आयोग गठन गरेर जनतालाई कसरी सहज र सरल तरिकाले सेवा दिन सकिन्छ भन्ने सुझावहरु दिइएको छ । कर्मचारीको सेवालाई कानूनले नै बलियो बनाउन पटक–पटक परिमार्जन भएका छन् ।
ट्रेड युनियन अधिकार समेत दिइएको छ । तर ट्रेड युनियन अधिकार सेवा भन्दा अधिकारमुखि बढी भएको गुनासा बारम्बार आउने गरेका छन् । यो अवस्था आउनुमा कर्मचारीको पनि हिस्सा छ । निजामती सक्षम नवन्दा सरकारले बनाएका योजना कार्यान्वयमा आउन सक्दैन् । जनताको आकांक्षा बमोजिमको सुशासन दिन सकेमा अहिले कर्मचारी वारे गरिएका आलोचना खण्डित हुने छन । जनतालाई सुशासन दिने कानुनको पालना गराउने काम निजामती सेवाका कर्मचारीहरुको हो । सरकारको काम हेर्दा जनताले सुशासनको प्रत्याभूती गर्न सकेका छैनन् । पुरानो सोचाई मा हुर्केका कर्मचारीले नया संरचनामा आफूलाई ढाल्न सक्नु पर्छ । सरकारको काम कहिले जाला घाम भन्ने गलत मानसिकता हटाउन पनि आफूलाई राष्ट्र सेवकको रुपमा उभ्याउन सक्नुपर्छ । पटक पटक कर्मचारीमा गरिने सरुवाले कर्मचारी मात्र होईन सरकार नै प्रभावकारी देखिन सकेको छैन । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस निर्वाचनलाई प्रभावित पार्ने गरि सरुवा गरिएको छ।निर्वाचन आयोगको आचारसंहिता विपरीत सरुवा गर्नु स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन हुँदैन भन्ने संकेत हो।सकभर पार्टी निकट नभए काम गराउन सजिलो खोज्ने प्रवृत्तिले निजमति सेवा कमजोर बनेको छ । देश संधीयतामा गए सँगै निजामति त्यसअनुसार बन्न सकेको छैन ।
संघीय निजमति ऐन पारित हुन नसक्दा अझैपनि अन्योलता कायम छ । प्रदेश र स्थानिय तहमा कर्मचारी पठाउन नसक्दा तीनै तहको सरकारको काम हुन सकेको छैन । समयमै उकर्मचारी समायोजन हुन नसक्दा ‘जुन जोगी आए पनि कानै चिरेको भन्ने’ जस्तै अवस्था अहिले छ । सिंहदरबारको अधिकार गाउघरमा भन्ने नारा जनता झुक्याउने भएका छन् । प्रदेश र स्थानीय तहमा निजामति कर्मचारी जान नरुचाउने अवस्था राम्रो हैन । हाम्रो कर्मचारीतन्त्र व्यावसायिक बन्ने सकेन जो सरकार आयो उसैको चाकडी गर्नु व्यवसायीक मानिन थालेको छ । लोक सेवा कसरी पास गर्ने भन्नेमा सफल भएपनि सिर्जनशिल तरिकाले प्रशासन चलाउन सक्ने उत्पादन गर्नु अहिलेको खाँचो हो । सरकारले सम्वृद्धि र विकासका नारा अघि सारेको छ । त्यसलाई कार्यान्वयन गर्ने कर्मचारीतन्त्रले सुशासान दिन सकेन भने नारा देखाउनका लागि मात्र हुन्छ ।

प्रतिकृया दिनुहोस्

जनताले अधिकार पाएको दिन

नेपालमा प्रजातन्त्र स्थापना भएको ७५ वर्ष पुरा भएको छ । नेपाली जनताले प्रजातान्त्रिक अधिकार पाएको पचहत्तर वर्ष पुग्दा पनि देशमा राजनीतिक स्थायित्व हुन सकेको छैन...

२७ वर्षको यात्रा

नेपालमा पत्रपत्रिका प्रकाशित भएको इतिहास लामो छैन । पोखरामा पत्रपत्रिका प्रकाशन अन्य शहरको दाँजोमा ढिलो भएको पाइन्छ । पोखरामा २००७ सालको आन्दोलन पछि मात्र पत्रिका...

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...

लैङगिक हिंसा विरुद्धको अभियान

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङगिक हिंसा विरुद्धको अभियान शुरु भएको छ। १६ दिन सञ्चालन गरिने अभियानमा यसपालि डिजिटल माध्यमबाट हुने हिंसाविरुद्ध आवाज उठाइँदै...