Pokharapatra National Daily

प्रेस स्वतन्त्रतामा संकुचन

संविधानले पूर्ण प्रेस स्वतन्त्रता दिएको छ।प्रकाशन पुर्व प्रतिबन्ध लगाउन पाइदैन । अभिव्यक्ति स्वतन्त्रता संविधानले दिएको छ।संविधानले दिएका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कानुन वा आदेशको नाममा रोक्न सकिँदैन । अहिले पद , शक्ति र धनको बलमा राज्यका महत्वपूर्ण अंगलई अघि सारेर पत्रकारहरु तर्साउने र डण्डा चलाएर असुरक्षित बनाउँदा प्रेस स्वतन्त्रता कुण्ठित हुने गर्छ । संचार माध्यममा आएका समाचारको सत्य तथ्य परिक्षण नगरी नियामक निकाय पद, शक्ति र धनीका लागि कुैनै प्रकृया पूरा नगरी समाचार हटाउने आदेश दिएर डण्डा चलाउने जस्तै व्यवहार देखाउन खूोजेका छन।राज्यका महत्वपूर्ण अंग , सरकारी निकायको निगाहमा चल्नुपर्ने अवस्था आउनु प्रेस स्वतन्त्रतालाई संकुचन गर्ने नियत हो। सामाजिक सञ्जालमा आएका सामाग्रीलाई संचार माध्यम ठान्ने गरिएको छ । पत्रकारको ब्यावसायिक र पेसागत सुरक्षा नहुँदा संचार माध्यम स्वतन्त्र बन्न सकेको छैन । सत्ता र शक्तिको आडमा पत्रकारिताको मुल्य र मान्यता विपरीत संचार माध्यम चलिरहँदा नियामक निकाय निरीह देखिन्छन् । पत्रकारको हितमा ल्याईएको न्युनतम पारिश्रमिक कार्यान्वयन हुन नसक्दा पत्रकारको पेशागत सुरक्षा हुन सकेको छैन । विना अवरोेध स्वतन्त्र पत्रकारिता गर्न पाउने वातावरण निर्माण नभए सम्म स्वतन्त्र पत्रकारिताका लागि लडिरहुनु पर्ने भएको छ ।
सन् १९९३ मा संयुक्त राष्ट्र संघ साधारण सभाको घोषणा पछि युनेस्कोको आब्हानमा मे ३ मा प्रेस स्वतन्त्रता दिवस मनाउने गरिएको छ । संसारभरीका पत्रकारहरुले मे ३ लाई महत्वपूर्ण दिनको रुपमा विभिन्न कार्यक्रम गरी मनाउने गर्दछन् । सत्ता र शक्तिको दुरुपयोग गरेर सञ्चार, न्याय र बिधिको शासन बिचको सम्बन्धको महत्व बुझाउन सकेमात्र प्रेस सुरक्षित बन्छ । प्रेस स्वतन्त्रताको अवस्था विश्वभर राम्रो छैन । द्धन्द ग्रस्त मुलुकमा सबैभन्दा असुरक्षित पत्रकार भएका छन् । रिपोर्टिङमा गएका पत्रकार सुरक्षित रुपमा फर्कन्छन् कि फर्कदैनन् भन्ने अबस्था बिद्यमान छ ।
नेपालको संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेण्टी गरेको छ । तर व्यवहारमा कार्यान्वयन नभइन्जेल संविधानमा लेखेर मात्र पुग्दैन । संविधानले दिएको अधिकार कानुन वनाएर संकुचन बनाउन खोज्नु प्रेस प्रतिको अनुदार सोच हो । नेपाली पत्रकारहरुको भौतिक र व्यावसायिक सुरक्षाको लागि पत्रकार महासंघले लामो समय देखि आवाज उठाउँदै आएको छ । महासंघका अधिवेशन र साधारण सभाका मुख्य विषय पत्रकारको सुरक्षा र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हुदै आएका हो । स्थानीय र प्रदेश सरकारले प्रेस स्वतन्त्रता प्रति प्रतिबद्ध र मिडीयामैत्री हुने अपेक्षा अनुसार ब्यबहारमा देखिन सकेको छैन् । सरकारले तोकेको पारिश्रमिक दिन आनकानी गर्ने सञ्चार प्रतिष्ठान पनि स्वतन्त्र पत्रकारिताका पक्षपाति हुन सक्दैनन् । प्रेस स्वतन्त्रता दिवस मनाउनुको अर्थ श्रमजीवी पत्रकारको ऐनको कार्यान्वयन हो । पत्रकारलाई सबल बनाउन सुरक्षाको प्रत्याभुति र तालिम पनि उतिकै खाचो छ ।
पत्रकार दुर्घटना बिमा र स्वास्थ्य बिमा प्राथमिक सर्त बन्नु पर्दछ । स्वतन्त्र प्रेसको लागि जिम्मेवार र मर्यादित बन्नु आवस्यक छ । राज्यले संबिधानमा भएको प्रावधान अनुसार कानुन बन्नु पर्दछ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कागजी खोष्टो मात्र नबनाउन सरकारले ब्यबहारबाट पुष्टि गर्ने बेला आएको छ । जनताले सहि सूचना पाउने र राज्य जनतालाई सहि सुचना दिन प्रतिबद्धता जनाउने बेला यही हो । मूलधारका संचार माध्यम भन्दा सामाजिक संजाल र युट्युवलाई प्रयोग गरेर । भ्रामक, गाली गलौजर चरित्र हत्या गर्ने काम हुँदै आएको छ । प्रविधिको प्रयोग गरेर गलत र भ्रामक सूचना दिने, अफवाह फैलाउने काम रोकिने अवस्था छैन ।जब सम्म सहि र सत्य तथ्य सूचना जनताले पाउदैनन् तबसम्म मर्यादित पत्रकारिता हराउदै जान्छ । आस,त्रास र प्रभावबाट पत्रकार मुक्त हुने अवस्था बनाउने काम राज्यको हो । प्रेस स्वतन्त्रता दिवसका अबसरमा आँफु जलेर अरुलाई उज्याले दिने पत्रकारहरुलाई हार्दिक शुभकामना ।

प्रतिकृया दिनुहोस्

नयाँ वर्ष उत्साह र आशाको वर्ष बन्न सकोस्

नेपालीहरुले मान्दै आएको पात्रो (क्यालेण्डर) फेरिएको छ । नेपालमा विक्रमाब्दले चलनमा ल्याएको सम्वतलाई नै मानिदै आएको छ । नेपालले मानेको पात्रो २०८३ शुरु भएको छ...

रामनवमीको शुभकामना !

हिन्दुधर्मावलम्बीले भगवान् श्रीरामको सम्झनामा रामनवमी पर्व भब्य रुपमा मनाउने गर्दछन । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामको सम्झनामा ‘रामनवमी’ पर्व नेपाल, भारत लगायत...

मेलमिलापको पर्व होली

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा फागु पुर्णिमालाई लिने गरिन्छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व पहाडी जिल्लामा हर्षोल्लासका साथ...

जनताले अधिकार पाएको दिन

नेपालमा प्रजातन्त्र स्थापना भएको ७५ वर्ष पुरा भएको छ । नेपाली जनताले प्रजातान्त्रिक अधिकार पाएको पचहत्तर वर्ष पुग्दा पनि देशमा राजनीतिक स्थायित्व हुन सकेको छैन...

२७ वर्षको यात्रा

नेपालमा पत्रपत्रिका प्रकाशित भएको इतिहास लामो छैन । पोखरामा पत्रपत्रिका प्रकाशन अन्य शहरको दाँजोमा ढिलो भएको पाइन्छ । पोखरामा २००७ सालको आन्दोलन पछि मात्र पत्रिका...

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...