Pokharapatra National Daily

सहिदप्रति सच्चा सम्मान गरौं

‘हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए, बन्दैन मुलुक दुई, चार सपूत मरेर नगए ।’ कवि भूपी शेरचनको कविताले शहिदको योगदान ताजा बनाएको छ । शहिद घोषणा पार्टी पिच्छे गर्ने गरिएको छ । सबैले सम्मान गर्ने सबैको साझा बनाउन सकेमा शहिद प्रतिको सच्चा श्रद्धाञ्जली हनेछ । आफ्नो देश संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदान भएर लोक हितमा व्यक्ति अमर हुन्छ । उनीहरुको सम्झनामा शिर निहुराउने अवस्था हरेक वर्ष आउने गर्छ । उनीहरुले पछ्याएको बाटोमा लाग्ने प्रण पनि गर्ने दिन सहिद दिवस हो ।
देश र जनताको हक अधिकार प्राप्तिका लागि आफ्नो जीवन बलिदान दिने सहिदको सम्झनामा सहिद सप्ताह मनाउने गरिएको छ । वि.स. २०१२ देखि माघ १६ गते शहीद दिवस मनाउने थालिएको छ । वि.स. ११९७ मा युवराज शास्त्री माघ १० गते काठमाडांै पचलीमा मृत्यु दण्ड दिइएको थियो । त्यस्तैगरी धर्मभक्त माथेमालाई सिफलमा माघ १३ गते र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा तत्कालीन राणा शासकले मृत्यु दण्ड दिएका थिए । तीनै सहिदले जनताको अधिकार प्राप्ति र राष्ट्रिय स्वाभिमानका लागि प्राणको आहुती दिएको हुँदा सहिदको संझना सहिद दिवस मनाउने गरिएको हो । चार जनालाई सहिद मान्नु अघि लखन थापा सहिद भएका थिए । लखन थापालाई पहिलो सहिद मान्ने गरिएको छ ।
नेपालमा प्रजातन्त्र पुनस्थापनाको लागि भएको आन्दोलनमा धेरैले ज्यान गुमाएका छन् । राणा कांग्रेसको सरकार बनेपनि चिनिया काजीले ज्यान गुमाउनु प¥यो । पंचायतीकालरात्रीको बेला धेरैले ज्यान गुमाए २०४६ को प्रजातन्त्र पुनस्थापनाको आन्दोलनमा शाह प्राप्त गर्ने १९ जनालाई सहिद घोषणा गरियो । प्रजातन्त्र पुनस्थापना पछि पनि जनताले अधिकार प्राप्तिका लागि आन्दोलन जारी राखे । त्यसबेला पनि शाहदत प्राप्त गर्नेहरुलाई राजनीतिक पार्टीले सहीद मान्न थालेका थिए । राजनैतिक दलले संचालन गरेको आन्दोलन, माओवादीले २०५२ साल फागुन १ गतेदेखि थालेको जनयुद्ध, २०६२÷०६३ को आन्दोलन, त्यसपछिका मधेश आन्दोलनमा राज्यबाट मारिएकालाई सहिद घोषणा गर्ने क्रम जारी रहेको छ । थारु आन्दोलन आदीवासी जनजाती आन्दोलनमा शाहदत प्राप्त गरेकालाई सहिद घोषणा गरिएको छ । दोश्रो जनआन्दोलन पछिका सरकारले विभिन्न दलले संचालन गरेका आन्दोलनमा मरेकोलाई सहिद घोषणा गर्ने र १० लाख रुपैया दिने गरिएको छ । नेकपाको सरकारले शसस्त्र द्वन्द्वमा मारिएका नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानमा कार्यरत समेतलाई सहीद घोषणा गरिएको छ । नेपालमा अझै कति सहीद थपिने हुन टुङ्गो छैन ।
यसरी घोषणा गर्दै जादाँ सहीदको अपमान गर्ने काम मात्र भएको छ । कस्तालाई सहिद मान्ने भन्ने मापदण्ड पनि सरकार पिच्छे फरक फरक बनाउने गरिएको छ । सहीदलाई सस्तो बनाउने र १० लाख रुपैयामा तुलना गर्ने गरिएको छ । देश र जनताका लागि आफ्नो प्राण त्याग गर्ने सहिदलाई राज्यले घोषणा नगरे पनि नेपाली जनताले सम्झने र श्रद्धा गर्ने गरेका थिए । विभिन्न कालखण्डका सरकारले हचुवाको भरमा र सडक आन्दोलन गरेको भरमा सहिदको संख्या बढाउने गरेको छ । राज्य कोषबाट १० लाख लिनकै लागि सहिद घोषणा गरेर सहिदको अवमुल्यन गर्ने गरिएको छ । सारा देशले सहीद प्रति श्रद्धा गर्ने र उनीहरुले आन्दोलनमा पु¥याएको योगदानको कदर गर्न सकेमा मात्र सहीद दिवस मनाएको सार्थकता हुनेछ । सहीदप्रतिको सम्मान गर्न आन्दोलन र आन्दोलनका योद्धाहरुलाई विर्सन मिल्दैन । जसले ज्यान दिए, अंग भंग भए, सन्तान गुमाए, टुहुरा भए तिनका बारेमा पनि राज्यले सोच्नुपर्दछ । सहीद, सहीद परिवार र घाइते तथा अपाङ्ग राजनीतिक मुद्धा बनाउनु हुदैन । सहीद, योद्धा, घाइते, अपाङग र सहीद परिवारलाई सम्मान गरे मात्र सहीदहरुप्रति सच्चा सम्मान हुनेछ ।

प्रतिकृया दिनुहोस्

मेलमिलापको पर्व होली

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा फागु पुर्णिमालाई लिने गरिन्छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व पहाडी जिल्लामा हर्षोल्लासका साथ...

जनताले अधिकार पाएको दिन

नेपालमा प्रजातन्त्र स्थापना भएको ७५ वर्ष पुरा भएको छ । नेपाली जनताले प्रजातान्त्रिक अधिकार पाएको पचहत्तर वर्ष पुग्दा पनि देशमा राजनीतिक स्थायित्व हुन सकेको छैन...

२७ वर्षको यात्रा

नेपालमा पत्रपत्रिका प्रकाशित भएको इतिहास लामो छैन । पोखरामा पत्रपत्रिका प्रकाशन अन्य शहरको दाँजोमा ढिलो भएको पाइन्छ । पोखरामा २००७ सालको आन्दोलन पछि मात्र पत्रिका...

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...