आज : २०२६-०५-२३, शनिबार

कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस एन्ड डेन्टल हस्पिटलको स्वास्थ्य शिविर

कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस एन्ड डेन्टल हस्पिटलले मनोवैज्ञानिक आघातमा परेका बालबालिकाको लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
बिएम फाउन्डेसनको सहयोगमा मंगलबार कोपिला नेपालको व्यवस्थापनमा भएको शिविरमा १०० जनाको स्वास्थ्य जाँच गरिएको इन्स्टिच्युटकी पब्लिक हेल्थ कोअर्डिनेटर तथा शिविर संयोजक शर्मिला शर्माले जानकारी दिनुभयो । उहाँले बताउनु भयो शिविरमा ४० जनामा फ्लोराइड एप्लिकेसन र सहभागीलाई जनचेतना तथा मुख दन्त स्वास्थ्य सचेतना सञ्चालन गरिएको थियो ।
शिविरमा डा. अनुजा काफ्लेको नेतृत्वमा रहेको स्वास्थ्यकर्मी टिमले सेवा दिएको थियो । सो अवसरमा शिविरमा बालबालिकाका लागि निशुल्क डेन्टल चेकअप, फ्लाराइड एप्लिकेसन, दाँत उक्काउने, दाँत भर्ने र सफा गर्ने सेवा दिनुका साथै ठूला दाँतका बिरामीका लागि भने डेन्टलमा नै रिफर गरिने शर्माले बताउनुभयो ।

यसअघि पोखराको जनप्रिय मावि, राम निमावि र पुष्प सदन एकेडेमीमा शिविर सञ्चालन गरिएको थियो । इन्स्टिच्युटबाट गत आव तथा चालु

आवमा गरी ६७ शिविरबाट १ हजार ५ सय हाराहारीमा विद्यार्थी तथा अभिभावकले स्वास्थ्य लाभ लिएका थिए । संयोजक शर्माका अनुसार यस पटक ५० वटा शिविर सञ्चालन गर्ने लक्ष्यअनुसार काम भइरहेको बताउनुभयो । शिविरबाट रिफर भएर आएकाहरुलाई इन्स्टिच्युटले १० देखि १५ प्रतिशत छुट दिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?
खुसी बनायो
०%
दु:ख लाग्यो
०%
उत्साहित
०%
हाँसो लाग्यो
०%
आक्रोशित बनायो
०%

सम्बन्धित थप पोस्टहरू