आज : २०२६-०५-२३, शनिबार

पोखरामा लगातारको वर्षाले घरहरू डुवानमा

लगातारको वर्षाका कारण पोखरा महानगरपालिका–१३ कमलपोखरी क्षेत्रका घरहरू डुवानमा परेका छन् । आइतबार साँझदेखि लगातार परेको पानीका कारण यस क्षेत्रका घरहरूमा बाढी पसेको हो ।
काहुँ आसपासबाट सोहोरिएर आएको पानीले यहाँका झण्डै एक सय घर डुबानमा परेको वडाध्यक्ष किरण बरालले जानकारी दिनुभयो । बस्ती डुवानमा परेपछि बेलुकादेखि नै क्षति न्यूनीकरणका लागि प्रयास भइरहेको जानकारी दिँदै उहाँले अपरान्हबाट पानी रोकिएका कारण केही सहज हुने अपेक्षा गरिएको बताउनुभयो । कमलपोखरी क्षेत्रमा वर्सेनि बाढीको समस्या हुने गरेको बताउँदै उहाँले यसको दीर्घकालीन समाधानका लागि गुरुयोजना बनाएर काम गर्नुपर्ने देखिएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?
खुसी बनायो
०%
दु:ख लाग्यो
०%
उत्साहित
०%
हाँसो लाग्यो
०%
आक्रोशित बनायो
०%

सम्बन्धित थप पोस्टहरू