आज : २०२६-०५-२३, शनिबार

पिसिएमको वार्षिकोत्सवमा वृक्षारोपण

खरा कलेज अफ म्यानेजमेन्टको २० औं वार्षिकोत्सवको अवसरमा आइतबार वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
पोखरा महानगरपालिका वडा नं. ११ काहुँडाँडामा १० प्रजातीका करिव १५० विरुवाहरु वृक्षारोपण गरिएको कलेजका बिबिए कार्यक्रम संयोजक सरोज कुँबरले बताउनुभयो । कलेज व्यवस्थापन समितीका अध्यक्ष विनोद कायस्थ, संचालक प्रान्जल कायस्थ र प्राचार्य लिना नेगी श्रैष्ठले संयुक्त रुपमा कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा शिक्षक, कर्मचारी र विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो । पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त गरी २०५८ मा स्थापित यस कलेजले हाल स्नातक तहमा बिबिए र बिसिआईएस (आईटी) कार्यक्रमको अध्यापन गराउँदै आइरहेको छ । यस कलेजबाट हालसम्म चार हजारभन्दा बढि विद्यार्थीहरुले अध्ययन पुरा गरी उद्योग, बैंक, इन्सुरेन्स, पर्यटन, प्राध्यापन, सुचना प्रविधि कम्पनी लगायतका क्षेत्रमा कार्य गरिरहेको सह प्राचार्य ई. हरी प्रसाद बरालले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?
खुसी बनायो
०%
दु:ख लाग्यो
०%
उत्साहित
०%
हाँसो लाग्यो
०%
आक्रोशित बनायो
०%

सम्बन्धित थप पोस्टहरू