प्रजातन्त्र सेनानी खत्रीको निधन

पोखरा २० भलाम निवासी प्रजातन्त्र सेनानी क्याप्टेन गंगाबहादुर खत्रीको ८६ बर्षको उमेरमा निधन भएको छ ।
स्व.खत्री ३१ वर्ष भारतीय सेनामा कार्यरत रहदै गौरखाली सेनाको क्याप्टेनबाट अवकाश प्राप्त पछि नेपाली कांग्रेस भुपु संगठनमा सक्रिय तथा नेपालको विभिन्न आन्दोलनमा नेतृत्वदायी भुमिका रहेको खत्रीले भलामको समग्र सामाजिक कार्यमा नेतृत्व गरेका थिए । स्व. खत्रीलाई नेपाली कांगे्रसद्धारा प्रजातन्त्र सेनानी पद, भारत सरकारद्धारा विभिन्न बहादुरी पदकहरुद्धारा सम्मान तथा विभिन्न संघ संस्थाहरुद्धारा सम्मानित हुनुभएको थियो । भलाम क्षेत्रको शिक्षा, स्वास्थ्य, बाटो निमार्णमा योगदान सहित नेतृत्व गरेका खत्री सबैका लोकप्रिय अभिभावक रहनु भएको थियो । खत्रीका दुई श्रीमती चार छोरा र तिन छोरी रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?
खुसी बनायो
०%
दु:ख लाग्यो
०%
उत्साहित
०%
हाँसो लाग्यो
०%
आक्रोशित बनायो
०%









