आज : २०२६-०५-२३, शनिबार

डिजिटल नेपालले उत्पादन बृद्धि र भ्रष्टचार नियन्त्रण गर्छः मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले डिजिटल नेपालले देशमा उत्पादन बृद्धि र भ्रष्टचार नियन्त्रण गर्ने बताउनु भएको छ ।
प्रेस चौतारी नेपाल गण्डकी प्रदेशले शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री गुरुङले डिजिटल नेपाल बनाउन सके त्यसबाट देशको उत्पादन बृद्धि हुनुका साथै भ्रष्टचार नियन्त्रण गर्ने बताउनु भएको हो । डिजिटल नेपालको अभियान पूरा गर्न केहीले २ देखि ७ बर्ष लाग्ने भन्ने गरेको र यसमा करिब ३० अर्ब बजेट आवश्यक भएको उहाँले जनाउनुभयो । अघिल्लो सरकारले उक्त कार्यक्रम योजना समेटे पनि प्रयाप्त बजेट विनियोजन नगरेकोले आफुहरुले यस अभियान सफल पार्न थारै बजेटबाटै भए पनि सुरुवात गरेको मन्त्री गुरुङले दाबी गर्नुभयो । सरकारी अड्डाहरुलाई पेपरलेस बनाउने अभियानमा सरकार लागेको बताउदै मन्त्री गुरुङले जनतालाई दश ठाँउमा पुगेर सेवा लिनुपर्ने झनझटीलो प्रकृयालाई डिजिटल प्रविधिबाट अन्त्य गर्ने उहाँल जनाउनुभयो । नेपालको आफ्नो सुरक्षा र आफ्नो पनको लागि पनि स्याटलाइट आवश्यक भएको उहाँले बताउनु भयो ।
सेक्यूरिटी प्रिन्टिङ प्रेस सरकारले आफै खरिद गरी हुलाक टिकट देखि राहदानी, विभिन्न प्रकारका व्याच समेत स्वदेशमै प्रिन्टिङ गर्ने लक्ष्य राखेको मन्त्री गुरुङले बताउनु भयो । एक बर्ष भित्र राहदानी नेपालमै छाप्ने योजना रहेको उहाँले उल्लेख गर्नु भयो । नेपाललाई आईटि हब बनाउने लक्ष्य रहेको बताउदै उहाँले पोखरा, काठमाडौं, चितवन, वुटवल लगायतका शहरहरुमा ५ जि इन्टरनेट सेवा संचालन गर्ने सरकारको योजना रहेको उहाँले बताउनुभयो । देशका ३÷४ ठाँउमा डाटा सेन्टर स्थापना गर्न आवश्यक भएको बताउदै उहाँले पोखरामा समेत डाटा सेन्टर राख्ने मन्त्री गुरुङले बताउनुभयो । नेकपा एमालेका उपमहासचिव समेत रहनु भएको मन्त्री गुरुङले केन्द्रमा एमाले कागेंस बिच भएको सहमतीको आधारमा गण्डकी प्रदेश सरकार गठनमा नयाँ सक्ता गठबन्धनको सरकार गठनमा ढिलाई गर्न नहुने बताउनुभयो । गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहनु भएको मन्त्री गुरुङले प्रहरी ऐन र संघिय निजामति कर्मचारी ऐन नवनेसम्म संघियता कार्यान्वयनमा कठिन हुने बताउनु भयो । प्रदेश सरकारलाई दिगो र आत्मनिर्भर बनाउन उक्त ऐन आवश्यक भएको उहाँको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?
खुसी बनायो
०%
दु:ख लाग्यो
०%
उत्साहित
०%
हाँसो लाग्यो
०%
आक्रोशित बनायो
०%

सम्बन्धित थप पोस्टहरू