सङ्घीय सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं पोखरा विश्वविद्यालयका सहकुलपति अशोक राईले रोजगारीमूलक शिक्षा देशव्यापी बनाउन नसक्दा उच्च शिक्षाको अवसर खोज्दै युवावर्ग विदेशिने क्रम नरोकिएकामा चिन्ता व्यक्त गर्नुभएको छ ।
पोखरा विश्वविद्यालयको उन्नाइसौँ दीक्षान्त समारोहमा आज उहाँले त्यस्तो चिन्ता व्यक्त गर्नुभएको हो । “रोजगारीमूलक शिक्षा दिन नसक्नु हाम्रो कमजोरी हो, उनीहरू देशमा भविष्य नदेखेर विदेश पलायन भएका हुन्,” मन्त्री राईले भन्नुभयो, “उनीहरूलाई नेपालमा बस्ने वातावरण बनाउन रोजगारीमूलक शिक्षा र उच्च शिक्षामा अनुसन्धनात्मक कार्यमा लगाउन जरुरी हुन्छ ।” देशको अर्थतन्त्र कमजोर भएका कारण सरकारले शिक्षामा लगानी वृद्धि गर्न नसकेको बताउँदै उहाँले उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गरी शैक्षिक उन्नयन हासिल गर्नु आफ्नो एकमात्र उद्देश्य भएको बताउनुभयो ।
नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान कोइरालाले पूर्वीय दर्शनलाई पछ््याउन नसक्दा उच्च शिक्षामा चुनौती खडा भएको बताउनुभयो । उहाँले देशमा अध्ययन–अध्यापन र व्यवस्थापन कमजोर हुँदा विद्यार्थी विदेशिका हुन् भन्दै विगतबाट पाठ सिकेर गुणस्तरीय शिक्षाको प्रबन्ध स्वदेशमा नै गर्न सरकार इमानदार भएर लाग्नुपर्ने बताउनुभयो ।
पोखरा विश्वविद्यालयका उपकुलपति प्रा डा प्रेमनारायण अर्यालको अध्यक्षतामा भएको समारोहमा विभिन्न सङ्कायमा उच्च अङ्क हासिल गरेका विद्यार्थीलाई विभूषण प्रदान गरिएको थियो ।
शैक्षिक उन्नयनका निम्ति काम गर्ने प्रतिबद्धता
प्रतिकृया दिनुहोस्