Pokharapatra National Daily

भद्रकाली माविको ७२ औं वार्षिकोत्सवमा नेपाल भारत मैत्री भवन उद्घाटन

भद्रकाली माध्यमिक विद्यालयको ७२ औं वार्षिकोत्सव, अभिभावक दिवस एवं नेपाल भारत मैत्री भवन उद्घाटन कार्यक्रम बुधबार भएको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रमका बीच पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र नेपाल स्थित भारतीय राजदूतावास काठमाडौका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले नेपाल भारत मैत्री भवनको उद्घाटन गर्नुभयो । वि.स. २०६४ साल भाद्र १५ गते शिलान्यास भएको नेपाल भारत मैत्री भवन नेपाल स्थित भारतीय दूतावासको रु १ एक करोड ब्यानब्बै लाख बयासी हजार पाँच सय एकचालीस रुपैया अनुदान सहयोग लागतमा वि.स. २०६५ चैत्रमा भवन निर्माण सम्पन्न भएको थियो ।

पोखराका मेयर आचार्यले पछिल्लो समय सामुदायिक र सरकारी विद्यालयमा विद्यार्थीको आकर्षण बढिरहेको भन्दै शैक्षिक गुणस्तरसँगै भौतिक पूर्वाधार विकासमा महानगरपालिका लागिरहेको बताउनु भयो । नेपालको शैक्षिक विकासका क्षेत्रमा भारत सरकारको सहयोग निरन्तर रहेको भन्दै आगामी दिनमा समेत यसले निरन्तरता पाइरहने विश्वास व्यक्त गर्नुभयो । भद्रकाली विद्यालयले समग्र शिक्षा क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै उनले आगामि दिनमा व्यावहारिक शिक्षालाई अझै जोड दिएर अगाडि बढ्न उहाँले सुझाव दिनुभयो ।
नेपालस्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले पोखरामा आफूले पाएको स्वागतप्रति धन्यवाद् व्यक्त गर्दै गण्डकी प्रदेशका ५९ र कास्कीका ११ परियोजनाहरुमा भारत सरकारको सहयोग रहेको बताउनु भयो । नेपालको समग्र विकासमा भारतको सहयोग निरन्तर रहने उनले प्रतिबद्धता जनाउनु भयो ।

कार्यक्रममा विद्यालयको भौतिक र शैक्षिक विकासमा योगदान पु¥याउने भूतपूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा भूतपूर्व प्रधानाध्यापकहरु क्रमश पुलेन्द्रमान श्रेष्ठ, बजिरमान श्रेष्ठ, विश्वप्रकाश सिग्देल, तिलक गुरुङ, शरदकान्त सिग्देल, प्रा. तारा बराल, किशोरदत्त बराल, घनश्याम रिजाल, राजेन्द्र भण्डारी, देबेन्द्र रानाभाट र हरीगोपाल बडगामी(अनुगमन संयोजक)लाई सम्मान गरिएको सहायक प्रधानाध्यापक लोकचन्द्र खनालले बताउनु भयो । त्यसैगरी विद्यालय व्यवस्थापन समितिमा दिवंगत सदस्यहरु चित्रबहादुर विक र वामनप्रसाद ढेवाजूलाई मरणोप्रान्त सम्मान गरिएको छ । त्यसैगरी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरु क्रमश इन्दिरा अधिकारी सिग्देल, किशन भण्डारी, मिनवहादुर सावद, ढाकाराम पौडेल, लक्ष्मी बाँस्तोला घिमिरे, जिवन बुढाथोकी, सरीता हमाल, इन्द्रप्रसाद भट्टराई र टेकबहादुर गुरुङलाई सोही समारोहमा सम्मान गरिएको थियो । विद्यालयमा स्थापित ४० भन्दा बढी अक्षयकोशबाट उत्कृष्ट एवं जेहेन्दार छात्रछात्रालाई पुरस्कार समेत उक्त अवसरमा प्रदान गरिएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष लोकबहादुर कार्कीको सभापतित्वमा भएको कार्यक्रममा प्रधानाध्यापक यदुराज पंगेनीले स्वागतका साथै विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त अवसरमा नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीले विविध सांस्कृतिक प्रस्तुति प्रदर्शन गरेका थिए । कार्यक्रममा स्थानीय आमा समूह, टोल विकास समिति, पूर्व गोर्खा सैनिक, अभिभावक लगायतको उल्लेख्य उपस्थिति थियो । कार्यक्रममा जग्गादाताको तर्फबाट रामगोपाल ढेवाजू, शिक्षा विकास समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्य, भद्रकाली बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष माधवप्रसाद सिग्देल, व्यवस्थापन समितिका पूर्व अध्यक्ष तीलकबहादुर गुरुङ, शीतलादेवी माविका प्रधानाध्यापक बाबुराम अधिकारी, वडा नं. १३ का वडा सदस्य सुचित तामाङ र भूतपूर्व भारतीय सैनिक उपसमितिका अध्यक्ष मेजर गमप्रसाद गुरुङ लगायतले शुभकामना दिनु भएको कार्यक्रममा सहायक प्रधानाध्यापक खनालले साहित्यमय भाकामा संचालन गर्नु भएको थियो ।


विसं २००८ स्थानीय ढेवाजू परिवारले उपलव्ध गराएको ४५ रोपनी जमिनमा विद्यालय स्थापना भएर सञ्चालन हुँदै आएको छ । विद्यालय परिसरमा संस्थापकद्वय टेकबहादुर ढेवाजु र कृष्णबहादुर ढेवाजुको प्रतिमा समेत निर्माण गरिएको छ । हाल विद्यालयमा कक्षा नर्सरी देखि कक्षा १२ सम्म १ हजार आठ सय ६३ जना र क्याम्पसतर्फ ४ सय २२ जना गरी जम्मा २२८५ विद्यार्थी अध्ययन गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस्