Pokharapatra National Daily

तामझामका साथ पोखरामा छठ पर्व मनाइँदै

तामझामका साथ पोखरामा यस बर्षको छठ पर्व मनाइदै छ । पोखराका विभिन्न स्थानमा छठ पूजा समितिले व्यबस्थित ढंगले पोखरामा छठ पर्व मनाउने व्यबस्थापन गरेसंगै पोखरामा यस बर्ष पनि निकै तामझामका साथ छठ पर्व मनाइदै गरेको नारायणथान मन्दिर स्थित छठ पूजा समितिका अध्यक्ष विनोद गुप्ताले बताए ।
पोखरामा व्यबस्थित ढंगले विभिन्न स्थानमा छठ पूजा हुने भएसंगै तराई तथा मधेशमुलका व्यक्तिहरुले पोखरामै छठ पर्व मनाउन लागेको उनले जनाए । पोखराका मुख्य गरी तीन स्थानमा धुमधामका साथ छठ पूजा मनाइँदै गरेको छठ पूजा समितिहरुले उल्लेख गरेका छन्। सुर्यका भक्तहरुले आइतबार साँझ अस्ताउदो सूर्यलाई अर्घ सहितको मिस्ठान्न खाद्य पदार्थ सहितको फलफूल चढाएका छन भने सोमबार उदाउदो सुर्यलाई अर्घ दिदै यस बर्षको छठ पर्वलाई बिदाई गर्ने भएका हुन् । पोखरा नदीपुरको नारायणथान मन्दिर परिसर, बैदामको केदारेश्वर महादेवमणि मन्दिर परिसर (फेवाताल किनारा) र रिठ्ठाघाँट त्रिवेणी धाम (कालिखोला) सेतिनदी किनारामा छठ पूजा धुमधामका साथ मनाइदै गरेको हो । उक्त छठ घाँटहरुमा केही दिन अघि देखि सरसफाई गरी हाल सजिसजावट सहित टेण्ट हालेर झिलिमिलि बत्ति बालिएको छ ।
सूर्यका भक्तहरुलाई छठ पर्वको अवसरमा पोखरामै सहज ढंगबाट पूजा गर्ने वातावरण सृजना गर्न पोखराका मुख्य तीन ठाउँमा छठ पूजा समितिले सरसफाई देखि आन्तरिक व्यबस्थापन गरेको नारायणथान मन्दिर स्थित छठ पूजा समितिका अध्यक्ष विनोद गुप्ताले बताए । उनका अनुसार यस बर्ष पोखरा क्षेत्रमै धुमधामका साथ छठ पर्व मनाइदै छ । करिब ५ सय जनालाई पूजा आज गर्न मिल्ने गरी आन्तरिक व्यबस्थापन गरेकोे उनले दाबी गरे ।
केदारेश्वर महादेवमणि क्षेत्रमा आइतबार धुमधामका साथ छठ पर्व मनाउन सुरु भएकोे एन.बी.व्यवसायी छठ पूजा समितिका अध्यक्ष विश्राम कुशवाहाले बताए । पोखरा क्षेत्रका सुर्यका भक्तहरुलाई सहज ढंगले पूजा आज गर्ने गरी हाल आफुहरुले टेण्ट सहितका छठ घाँटको व्यस्थापन गरेको उनले जनाए ।
केही दिन अघि देखि उक्त क्षेत्रमा सरसफाईसंगै छठ पूजा स्थलमा रंगरोगन सहित झकिझकाउ पारिएको अध्यक्ष कुशवाहाले बताए । त्यसै गरीे विगत दुई दशक भन्दा लामो समय देखि तराई मुलका नेपालीहरुले पोखराका विभिन्न ठाँउमा छठ पूजा मनाउन थालेसंगैै तराई तथा मधेशमा गएर छठ पर्व मनाउनेहरुलाई यही रोकेको शंकर शाहले बताए । पोखरामा पछिल्ला बर्ष देखि मधेषि, तराई तथा केहि पहाडी मुलका मानिसहरुले समेत छठ पर्व मनाउन थालेको एन बी व्यवसायी समिति कास्कीका पूर्व अध्यक्ष भूनेश कुमारले बताए । विगत ८ बर्ष देखि सेती गण्डकी र कालिखोलाको दोभान रिठ्ठाघाँट बैकुण्ठ त्रिवेणी धाम (कालिखोला) मा पनि धुमधामका साथ छठ पर्व मनाउदै आएको हरिश्चन्द्र प्रसाद कुशवाहाले बताए । छठ पूजा समिति कालिखोलाका अध्यक्ष समेत रहेको कुशवाहाले करिब एक सय जना सूर्यका भक्तहरुलाई पूजा आज गर्ने गरी आन्तरिक व्यबस्थापनमा आफुहरुले व्यबस्थापन गरेको दाबी गरे । छठ पर्वको पूजामा आगन्तुकहरुलाई सोमबार उदाउदो सुर्यलाई अर्घ दिए पछि ठेकुवा सहितको प्रसाद समेत वितरण गरिने भएको उनले बताए । यस बर्षको छठ पर्वको मुख्य दिन (षष्ठी) आइतबार मंसिर ३ गते परेको हो जुन दीनमा सरकारले सार्वजनिक बिदा समेत दिएको थियो ।
छठका भक्तहरुले केराको खम्मा, उखु, अदुवा, भोगटे, सुन्तला लगायतका फलफुलका वोटहरु सजावट गर्ने गर्छन् । सुर्यलाई भगवानको प्रतिको रुपमा पुजा गर्ने भक्तहरुले आफ्नो मनोकाक्षा पुरा हुने धार्मिक विश्वासका साथ पूजा गर्ने गर्छन । पहाडी भेगमा पनि छठ पर्व मनाउनेहरुको निकै भिडभाड भएसंगै पहाडी मुलका केही व्यक्तिहरुले उक्त पर्व मनाउन थालेका छन भने छठ पर्वको रौनक अवलोकन गर्नेहरुको आइतबार साँझ देखि निकै भिडभाड भएको शंकर शाहले बताए ।

प्रतिकृया दिनुहोस्