Pokharapatra National Daily

पोखरामा करिब २ करोडको फूलको कारोवार हुने

फूलै फूलको पर्वको रुपमा रहेको तिहार पर्वको अवसरमा पोखरा यस बर्ष पनि करिब २ करोड मुल्य भन्दा बढीको फूलको कारोवार हुने भएको छ । पर्यटकीय नगरी पोखरामा यस बर्ष पनि स्थानिय जातको फूल सहित उन्नतजातको सयपत्री फूलको करिब तिहार पर्वको अवसरमा दुई करोड भन्दा बढीको कारोवार हुने भएको व्यवसायीहरु बताउछन् ।
एक करोड मुल्य बराबरको पोखराका नर्सरी व्यवसायी र एक करोड मुल्य बराबरको व्यवसायीक कृषक तथा केही साना किसानबाट फुलको कारोवार हुने फ्लोरिकल्चर एशोसिएसन (फान) नेपाल जिल्ला कार्य समिति कास्कीका पूर्व अध्यक्ष दयाकुमार द्वावाले बताए । यस बर्ष पोखरामा भारतीय फूलको बजारले खासै प्रथामिकता नपाउने हुदा स्थानिय फूलको मुल्य पर्ने भएको उनले जनाए । पोखरा महानगरपालिका र व्यवसायीहरु बिच भएको सम्झौता अनुसार पोखरामा फूलको मुल्य निर्धारण पहिलो पटक भएकोले गर्दा यसले आम उपभोक्ता र किसान तथा व्यपारीहरु बिचको खासै धेरै नाफाको ठाँउ नभएको पूर्व अध्यक्ष द्धवाले जनाए । गोल्डेन नर्सरीका संचालक समेत रहनु भएको पूर्वअध्यक्ष द्धावाले यस बर्ष चारै तर्फ फूल फुलेकोले स्थासिनय फूलको मुल्य पर्ने दाबी गरे ।
केही बर्ष अघिसम्म तिहार पर्वको अवसरमा पोखरामा ५० प्रतिशतबाट २५ प्रतिशत जसो भारती फूलको कारोवार हुदै आएको सन्दर्भमा यस बर्ष महानगरले प्रतिवन्ध नै लगाएकोले यसको कार्यान्वयन कस्तो रहन्छ त्यसले अर्थ राख्ने एशोसियसनका सचिव राम प्रसाद सुवेदीले बताए । उनका अनुसार प्रदेशको एशोसियसनमा करिब ४८ जना पुष्प व्यावसायीहरु आबद्ध हुनुहुन्छ जसमा अधिकांश पोखरामा रहेका छन् । यस बर्ष करिब ५५ रोपनी क्षेत्रफलमा मात्र पुष्प व्यवसायीहरुले व्यवसायीक रुपमा फूलको खेती गर्नु भएको छ । राम्रो फूल उत्पादन गर्ने व्यवसायीले प्रति रोपनीबाट करिब २ हजार मात्र उत्पादन गर्न सक्ने भएको उनकोे दाबी छ । पोखरामा पोखरा आसपास सहित प्रदेशका तनहुँ, म्याग्दी, बागलुङ, स्याङजा लगायतका जिल्लाबाट फूल भित्रिने गरेको सचिव सुवेदीले बताए ।
एशोसियसनका पूर्व अध्यक्ष एवं सिजनल मनकामना नर्सरीका संचालक समेत रहनु भएका दील बहादुर गुरुङले यस बर्ष २ रोपनी क्षेत्रफलमा फूल खेती गर्नु भएको छ भने यस बर्षकरिब २५ हजार सयपत्री फूलका बिरुवा बिक्रि गर्दै छन् । उनले तिहारमा मात्र बार्षिक रुपमा फूल खेतीबाट करिब १० लाखको फूलको कारोवार गर्दै छन् ।
भारतीय फुल केही सस्तो र एकै प्रकारको आकारमा भएको हुँदा घर सजीसजावटमा प्रायः भारतीय फूलको प्रयोग गर्ने गरेको पाइन्छ । भारतीय फूलको प्रति माला करिब ५५ रुपैयामै बजारमा उपलब्ध हुने गर्दछ नकी नेपाली फूलको भने न्यूनतम १ सय २५ भन्दा बढी पर्न जान्छ ।

प्रतिकृया दिनुहोस्