Pokharapatra National Daily

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियोलाई पोखरामा स्वागत

जनवरी एक तारिखदेखि प्राय सुनसान भएको पोखरा विमानस्थलमा सोमबार निकै तामझामका साथ रातको कार्पेट समेत विच्छाइएको थियो ।
पोखरा अन्तराष्ट्रिय विमानस्थल करिब ११ महिना संचालनमा आएसंगै सानो तथा हेलिकोप्टर एवं अल्ट्रालाइटको मात्र हवाई उडान गर्दै आएको जहाँ भिआईपि खासै नआएको सन्दर्भमा प्रायः सुनसान जस्तै भएको पुरानो विमानस्थलमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस हेलिकोप्टरबाट आएसंगै निकै तामझाम गरिएको थियो । महासचिव गुटरेस सोमबार नेपाली सेनाको हेलिकोप्टर मार्फत पोखरामा ओर्लीदा निकै तामझामका साथ स्वागत गरिएको थियो । नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आइतबार नेपाल आएका महासचिव गुटरेसलाई दउँसो हवाई मार्ग हुदै करिब २ः०५ बजे पोखरा विमानस्थल(पूरानो) अवतरण गर्दा उनलाई पोखरामा बाजा गाजा सहित भव्य स्वागत सत्कार गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताउनुभयो ।
निर्धारित समय भन्दा दश मिनेट ढिलो पोखरा आएका आउनु भएको महासचिव गुटरेसलाई गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, पर्यटन व्यवसायी सहित विभिन्न संघ संस्थाहरुले निकै तामझामका साथ स्वागत गर्नु भएको थियो ।
सोमबार महासचिव गुटरेसलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री दीपेन्द्र बहादुर थापा, प्रदेशका प्रमुख सचिव लक्ष्मी कुमारी बस्नेत, कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, पोखराका मेयर धनराज आचार्य, उपमेयर मन्जुदेवि गुरुङले माला, खादा, नेपाली ढाकाटोपी लगायर स्वागत गर्नु भएको हो । पन्चे बाजा सहित ताया मचाः नृत्य सहितको विभिन्न जनजातिको भेषभुष सहित झाँकी प्रदर्शनी समेत गरिएको थियो । फिस्टेल लजमा १ः५५ बजे पोखरा विमानस्थल आउने कार्यतालिका तय भए पनि करिब १० मिनेट ढिलो गरी हेलिकोप्टर अवतरण गरेका महासचिव गुटरेस पोखरा विमानस्थलमा भव्य स्वागत गरेको देखेर खुसि व्यक्त गर्नुभयो ।
पोखरा विमानस्थलमा करिब ५० मिटर रातो कार्पेट विच्छाइएको थियो भने उनलाई स्वागत गर्न प्रदेश सरकार, पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषद लगायतका विभिन्न संघ संस्थाहरु करिब एक घण्टा अघि नै विमानस्थलमा पुगेका पुग्नु भएको थियो । महासचिव गुटरेस यूएनको गाडीमा सवार भई कालो सिसा लगाएको गाडी भित्रै बसेर सबैलाई हात हल्लाउदै विमानस्थलबाट बाहिरिनु भएको थियो । मंगलबार बिहान महासचिव गुटरेस अन्नपूर्ण आधार शिविर अवलोकन गर्न जाने कार्यक्रम तय गरिएको छ । नेपाली सेनाको हेलिकोप्टर मार्फत विहान ६ः३० बजे अन्नपूर्ण आधार शिविर(एबीसी) प्रस्थान गर्ने भएका छन् । २० मिनेटको यात्रामा एबीसी पुगेसंगै उनले करिब एबीसीमा ४० मिनेट अध्ययन अवलोकन गर्ने समय तालिका सार्वजनिक गरिएको छ । सोमबार बिहान ७ः५० एबीसीबाट उडान गरी ७ः५० बजे पोखरा विमानस्थलमा अवतरण गर्ने समय तालिका तय गरिएको छ भने त्यस पछि बिहान पोखरा क्षेत्रका पत्रकारसंग भेटघाट गर्ने र त्यस पछि ८ः१५ बजे भैरहवामा रहेको गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल तर्फ प्रस्थान गर्ने भएको प्रशासनले जनाएको छ ।

प्रतिकृया दिनुहोस्