Pokharapatra National Daily

मुस्ताङ सहित जुम्लाका भेंडा–च्यांग्रा पोखरामा

नेपालीहरुको महान पर्व वडा दशैंको अवसरमा पोखरामा भेंडा च्यांग्राको बिक्रि वितरण सुरु भएको छ । हिमालपारीको जिल्ला मुस्ताङ देखि डोल्पा, मुगु हुदै जुम्ला क्षेत्रमा पालन गरेका भेंडा च्यांग्रा पोखरामा बिक्रिको लागि आइपुगेको व्यवसायीहरुले बताउनु हुन्छ ।
मुस्ताङ क्षेत्रमा उत्पादन भएका भेंडा च्यांग्रा सहित मुगु, डोल्पा, जुम्ला लगायतका क्षेत्रमा समेत उत्पादन भएका ५ वटा समुह पहिलो चरणमा पोखरामा बिक्रिको लागि ल्याइएको हो । पोखराको हेमजा, याम्दी हुदै सडक छेउछाउको जंगलमा चराउदै बिक्रि समेत गर्न सुरु भएको एक व्यवसायी रमेश खड्काले बताउनु भया ।
यस बर्षको लागि पोखरामा पहिलो चरणमा आफुहरुले माथिल्लो मुस्ताङ लोमान्थाङ क्षेत्रबाट ३ सय ६५ वटा भेंडा च्यांग्रा बिक्रिको लागि ल्याएको पोखरा बगर स्थित सम्झना फ्रेस हाउसका संचालक समेत रहनु भएको रमेश खड्काले बताउनु भयो । मुस्ताङबाट आफुहरुले भेंडा च्यांग्राको स्वास्थ्य परिक्षण गरी ८ दिनमा पोखरामा भेंडा च्यांग्रा ल्याएको उहाँले बताउनु भयो । पहिलो चरणमा ल्याएको मुस्ताङका भेंडा च्यांग्रा २४ देखि २६ केजीका भएको बताउदै खड्काले हाल आफुहरुले ५० हजारमा प्रति भेंडा च्यांग्रा बिक्रि गर्न सुरु गरेको हामीलाई बताउनु भयो । यसपाली मुस्ताङमा भेंडा च्यांग्रा कम उत्पादन भई आफुहरुको खरिद मुल्यनै बढी परेकोले यसपाली गत बर्षको भन्दा केही महङगोमा बिक्रि गर्न बाध्य भएको उनले जनाए । उहाँको फ्रेस हाउसबाट पनि खुद्राको रुपमा च्यांग्राको मासु बिक्रि हुन सुरु भएको छ । च्यांग्राको प्रति केजी मासु हाल २ हजार १ सय मा बिक्रि गर्न सुरु गरेको उहाँले जनाउनु भयो । मुस्ताङका स्थानिय किसानहरुले हुर्काएका भेंगा च्यांग्रा यस बर्षको लागि बिक्रि गर्ने उद्धेश्यले मुस्ताङबाट हालसम्म ४ हजार ५ सय वटा बाहिरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र मुस्ताङका डा.लालमणि अर्यालले बताउनु भयो । केही दिन देखि सुरु भएको भेंडा च्यांग्राको स्वास्थ्य परिक्षण हालसम्म जारी रहेको उहाँको भनाई छ । प्रति भेंडा च्यांग्राको स्वास्थ्य परिक्षण गर्दा १५ रुपैया शुल्क तिरेको व्यवसायीहरुले बताउनु भएको छ । उक्त भेंडा च्यांग्राको स्वास्थ्यको हालको अबस्था राम्रै भए पनि केही दिन पानी परेकोले लेकबाट बेसीमा झार्दै पोखरा लगायतका स्थानमा पुग्दा केही भेंडा च्यांग्राको नाकबाट सिंगान आउन सक्ने डा.अर्यालले बताउनु भयो । उहाँका अनुसार पहिलो चरणमा गरिएको भेंडा च्यांग्रा निकै राम्रा पुष्टिका रहेका छन् ।
मुस्ताङको जोमसोमबाट म्याग्दी हुदै पोखरा, काठमाण्डौं, चितवन लगायतका क्षेत्रमा दशैं पर्व लक्षित हुने गरी यस बर्ष करिब ७ हजार भेंडा च्यांग्रा बिक्रिको लागि मुस्ताङबाट बाहिरिने भएको व्यवसायीहरु बताउनु हुन्छ ।
यस बर्ष मुस्ताङबाट करिब ४ हजार र ३ हजार जसो डोल्पा क्षेत्रमा उत्पादन भएका भेंडा च्यांग्रा मुस्ताङबाट वेनी हुदै पोखरा पुग्न थालेको भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र मुस्ताङका निमिक्त कार्यालय प्रमुख ऋषिराम पोखरेलले बताउनु भयो । यस बर्षको भेंडा च्यांग्राको मुल्यको बढ्नुमा मुस्ताङको कोरोना नाका दशैं अगाडै नै खेल्ने सम्भावना नभएर भएको बताइन्छ ।
पछिल्लो समयमा मुस्ताङ क्षेत्रमा पर्यटकहरुको आगमन राम्रो भएसंगै भेंगा च्यांग्राको मुस्ताङमै पनि राम्रो खपत हुन थालेकोले दशैं तिहारको अवसरमा पोखरा लगायतका क्षेत्रमा आफुहरुले पालन गरेका भेंगा च्यांग्रा केही कम पठाउन थालिएको मुस्ताङका एक भेंडा च्यांग्रा व्यवसायी आङग्याल गुरुङले बताउनु भयो ।

प्रतिकृया दिनुहोस्