Pokharapatra National Daily

एक सातामा पोखरामा भेंडा–च्याङ्ग्रा आउने

अबको करिब एक सातामा हिमालपारीको जिल्ला मुस्ताङ क्षेत्रमा हुर्काइएका भेंडा—च्याङ्ग्रा पोखरा क्षेत्रमा ल्याउने तयारी गरिएको छ ।
माथिल्लो मुस्ताङ (लोमन्थाङ) बाट यस बर्षको लागि बिक्री गर्ने भेंगा च्याङ्ग्रा पोखराको लागि हिडी सकेको एक भेंडा च्याङ्ग्रा व्यवसायी आङग्याल गुरुङले बताउनु भयो । उपल्लो मुस्ताङ (लोमन्थाङ) का गुरुङले यस बर्ष करिब ६ सय वटा भेंगा च्याङ्ग्रा पालना गरे पनि दशैं पर्व लक्षित गरी २ सय ५० वटा मात्र बिक्रि गर्ने योजना बनाउनु भएको छ । लोमान्थाङ गाउँपालिका क्षेत्रमा मात्र यस बर्ष आफु सहित ३ हजार ५ सय वटा भेंगा च्याङ्ग्रा बिक्रि गर्नको लागि उत्पादन भएको दाबी गर्दै उहाँले यस बर्ष मुस्ताङ क्षेत्रबाट करिब ७÷८ हजार वटा मात्र बाहिरिने दाबी गर्नुभयो । लोमान्थाङबाट यसअघि केही दिन देखि जोमसोम तर्फ भेंडा च्यांग्रा हिडे पनि आफु सबै भन्दा अन्तिम टोलीको रुपमा जोमसोम तर्फ आउदै गरेको हाम्रा संवाददाता दीननाथ बराललाई बताउनुभयो । अबको केही दिनमा जोमसोममा भेंडा च्यांग्राको मेला हुने जहाँ बिक्रि वितरणको लागि पोखरा, काठमाण्डौं, चितवन लगायतका क्षेत्रबाट व्यापारीहरु आउने गर्नु हुन्छ । अबको करिब एक हप्तामा पोखरामै भेंडा च्याङ्ग्रा आउने भएको उहाँको भनाई छ ।
जोमसोममा सम्भवत असोज २२ देखि २४ गतेसम्म भेंगा च्याङ्ग्राको बिक्रीको लागि मेला लाग्ने छ ।
स्थानीय किसानहरुले हुर्काएका भेंगा च्याङ्ग्रा यस बर्ष करिब ८ हजार वटा मुस्ताङबाट बिक्रि वितरण हुने भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र मुस्ताङका निमिक्त कार्यालय प्रमुख ऋषिराम पोखरेलले बताउनु भयो । उहाँका अनुसार यस बर्ष मुस्ताङबाट करिब ४ हजार र ४ हजार जसो डोल्पा क्षेत्रमा उत्पादन भएका भेंडा च्यांग्रा मुस्ताङ हुदै अबको केही दिनमा पोखरा सहितको बजारमा जानेछन् । मुस्ताङबाट बाहिरिने भेंडा च्यांग्राको स्वास्थ्य परिक्षण गरेर मात्र बाहिर पठाउने तयारी गरिएको निमिक्त कार्यालय प्रमुख पोखरेलले जनाउनुभयो ।
यस बर्षको भेंगा च्याङ्ग्राको मुल्यको बिषयमा हाल मुस्ताङको कोरोना नाका दशैं अगाडै नै खुल्ने वा नखुल्ने त्यसमा भर पर्ने भएको छ । यदि मुस्ताङको कोरोना नाका खुल्ला भई केही भेंडा च्याङ्ग्रा नेपाल भित्रिने सम्भावना रहेमा केही सहुलियतमा भेंडा च्याङ्ग्रा उपलब्ध हुने भएको छ भने अन्यथा गत बर्षकै मूल्य जसो पर्ने भएको व्यवसायीहरुले बताउनु भएको छ ।
गत बर्ष सुरुमा करिब ४५ हजार देखि केही दिन पछि पोखरा सहितको क्षेत्रमा २५÷३० हजारमा प्रति भेंडा च्यांग्रा बिक्रि भएको थियो । यस बर्ष भेंडा च्याङ्ग्राको मुल्यमा गत बर्ष भन्दा केही बृद्धि हुने संकेत देखिएको व्यवसायीहरुले दाबी गर्नु भएको छ ।

प्रतिकृया दिनुहोस्