Pokharapatra National Daily

पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडान

पोखरामा संचालनमा आएको करिब ६ महिनापछि पोखरा अन्तराष्ट्रिय विमानस्थलमा (चार्टर्ड) अन्तराष्ट्रिय हवाई उडान भएसंगै पोखरा आएका चिनिया पर्यटकलाई स्वागत गरिएको छ ।
यही असार ८ र ९ गते पोखरामा आयोजना हुने ‘ड्रागन बोट रेस फेस्टिभल’ मा सहभागि हुन चार्टर्ड मार्फत पोखरा आउनु भएको खेलाडी सहितका पाहुनाहरुको लागि पोखरामा पन्चे बाजा सहित बुधबार स्वागत गरिएको हो ।
पोखरा अन्तराष्ट्रिय विमानस्थलमा (चार्टर्ड) अन्तराष्ट्रिय हवाई उडान भएसंगै यसलाई अब नियमित रुपमा अन्तराष्ट्रिय हवाई उडान संचालन गर्न माग समेत गरिएको छ । बुधबार पोखरा अन्तराष्ट्रिय विमानस्थलाम आयोजित एक समारोहमा वक्ताहरुले पोखरामा चार्टर्ड मार्फत सफल परिक्षण भएसंगै अब चाइनाको विभिन्न शहरहरुसंगको समन्वयमा पोखरामा अन्तराष्ट्रिय रुपमा नियमित उडान गर्नु पर्ने पोखरेलीहरुले माग गर्नु भएको छ । गत पुस १७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट उद्घघाटन गर्नु भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्म अन्तराष्ट्रिय हवाई फ्लाइट नभएको हुँदा यदि चिनीया विमान आउनु नै पोखराको लागि ठुलो उपलब्धि हुने भएको पोखरेलीले बताए । पोखरामा कोरोना पछि चिनिया पर्यटक घटेको सन्दर्भमा पोखरामा चाइनाबाट पहिलो अन्तराष्ट्रिय हवाई उडान हुनुले पोखरामा अन्तर्राष्ट्रिय हवाई उडानको लागि बाटो खुलेको पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनु भयो । पोखरामा अन्तराष्ट्रिय हवाई उडान भएको खण्डमा पोखरा र पोखरा क्षेत्रको पर्यटन प्रबद्र्धन हुने उहाँले बताउनु भयो । उक्त कार्यक्रमलाई निरन्तरता दिदै चिन र पोखरा बिचको हवाई उडान नियमित रुपमा संचालन गरेको खण्डमा पोखरामा चिनिया पर्यटक आगमनमा बृद्धि हुने उहाँले दाबी गर्नु भयो ।
फेष्टिभलमा सहभागि हुन चाइनाबाट एक टोली चाइनाको छेन्दुबाट ए ३१९ नम्बर सिचुवाङ एयरलायन्स कम्पनीको जहाज करिब २ घण्टा ५८ मिनेटमा आएको हो । चाइनाको समय अनुसार बिहान ८ः१३ बजे नेपाली समय बिहान ६ः०२ बजे उडेको विमान पोखरा अन्तराष्ट्रिय विमानस्थलको पूर्वबाट पचिम तर्फ अवतरण गरेको हो । १ सय ३१ सिटे उक्त जहाजमा चालक दलका १२ जना र ८४ जना यात्रु सहीत ९६ जना सवार हुनु भएको थियो । चीनको एक्जिम बैंकले २१ करोड ७० लाख अमेरिकी डलर अर्थात नेपाली करिव २२ अर्ब क्रण सहयोगमा विमानस्थल निमार्ण गरेको हो ।
नेपाल पर्यटन बोर्ड, नेपाल स्थित चिनीयाँ दुतावास र पोखरा महानगरपालिकको आयोजना तथा पोखरा पर्यटन परिषद र चाइना ओभरसीज एशोसिएसनको सहआयोजना एवं होटल एशोसिएशन नेपाल (हान), नेपाल एशोसिएशन अफ राफ्टिङ एजेन्सिज (नारा), नेपाल राफ्टिङ एण्ड क्यानोइड एशोसियशन तथा अन्य संस्थाहरुसँगको सहकार्यमा नेपाल–चीन फ्रेन्डसीप डागन बेट रेस फेस्टिभलमा आठ टिम बिच प्रतिस्पर्धा हुने भएको हो ।
नेपाल र चीनबीच रही आएको सांस्कृतिक तथा जनस्तरको सम्बन्ध सुमधर बनाउन तथा नेपालमा चिनियाँ पर्यटक बढाउने उदेश्यले सहित फेस्टिभल आयोजना गर्न लागेको जिनले जनाएको छ । नेपालमा आयोजना गर्न लागिएको यो फेस्टिवन दक्षिण एशियामै पहिलो पटक आयोजना हुन लागेको दाबी गरिएकोे छ । प्रतियोगिताका लागि चीनबाट केरुङ नाका हुँदै आठ वटा विशेष खालकाबोट जेठ तेस्रो साता पोखरा ल्याई पोखरामा सफल परिक्षण भएको छ । फेस्टिभलमा नेपालका सातैवटै प्रदेश र चीनका गरी १२० जना प्रतियोगीहरु सहभागी हुनेछन् । बोट रेशमा २ सय र ५ सय मिटरमा गरी दुइटा सेगमेन्टमा ८ वटा बोट रेश हुनेछ । विजेतालाई नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । परस्कारको लागि नगद ३० लाख खर्च हुनेछ । रेश सगै दुवै देशका सांस्कृतिक प्रस्तुति र खाद्य प्रदर्शनी समेत गरिने भएको छ । यसैगरी राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले एक देखि डेढ महिना भित्र पोखरामा नियमित रुपमा अन्तराष्ट्रिय हवाई उडान गर्न निर्देशन दिनु भएको छ । आर्टर्ड मार्फत सुरुको उडान भएको खुसि मान्दै गर्दा यसलाई नियमित नगरी पुनः ६ महिना पछि अर्को चार्टर्ड गरेर मात्र यस क्षेत्रको विकास नहुने उहाँले बताउदै यसलाई नियमित रुपमा हवाई उडान गर्न सरोकारवाला निकायलाई निर्देशन दिनु भएको हो । पोखरा क्षेत्रको पर्यटन प्रबद्र्धन गर्नुका साथै पोखरा विमानस्थलको ऋण तिर्न पनि अब सरोकारवाला निकाय तथा जिम्मेवार पदमा रहेका व्यक्तिहरुलाई एक देखि डेढ महिना भित्र अन्तराष्ट्रिय हवाई उडान गर्ने वातावरण सृजना गर्नुपर्ने उहाँको भनाई थियो ।
चिनिया टोलीसंगै चिनबाट पोखरा आउनु भएको अध्यक्ष तिमिल्सिनाले पोखरामा अब नियमित रुपमा चिनका विभिन्न प्रान्तबाट हवाई उडान गर्न चार्टर्ड हवाई उडानले बाटो खुलेको बताउनु भयो । पोखरामा अन्तराष्ट्रिय हवाई उडान गर्न कानूनी समस्या भएको खण्डमा आफुहरुले सहजीकरण गर्न तयार रहेको अध्यक्ष तिमिल्सिनाले बताउनु भयो । पोखरामा अन्तराष्ट्रिय हवाई उडान गर्न सके मात्र गण्डकी प्रदेश र प्रदेशको राजधानि पोखराको पर्यटन प्रबद्र्धन हुने उहाँले विश्वास व्यक्त गर्नू भयो । चिनिया नाकामा भन्सार कार्यालय स्थापना गर्नुपर्ने अध्यक्ष तिमिल्सिनाको भनाई थियो । अन्तराष्ट्रिय हवाई उडानको लागि आवश्यक पूर्वाधार निर्माण सहित पर्यटकहरु नेपाल आउने उपयुक्त वातवरण सृजना गर्न नसके दिगो रुपमा हवाई उडान गर्न नसकिने अध्यक्ष तिमिल्सिनाले दाबी गर्नु भयो ।
यसैबिच, संस्कृति पर्यटन तथा नागरकि उड्डयनमन्त्री सुदन किराँतीले पोखरा अन्तर्रािष्ट्रय विमानस्थलमा अन्तर्राष्ट्रयि उडान सुरु गर्नु पहिलो कदम भएको बताउनु भयो । अब यसलाई निरन्तरता दीन आवश्यक रहेको उहाँँको भनाई थियो । उहाँले भन्नु भयो, “नेपाल र चीनबीचको सम्बन्ध सगरमाथा जस्तै अग्लो छ, विश्वको सर्वोच्च शिखर सगरमाथा वश्विकै सबै भन्दा अग्लो सिमाना हो, अनौठो कुरा यो हो की प्राकृतिक मिमाना जती अग्लो छ, त्योभन्दा अग्लो हामी दुई देश बीचको सम्बन्ध छ । ”
पोखरामा अन्तराष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भए पनि आन्तरिक उडान हुुन नसकेकोमा अबस्थामा आज अन्तराष्ट्रिय विमान अवतरण हुनुुले पोखराको मात्र नभइ समग्र गण्डकी प्रदेशकै पर्यटकीय विकासका लागी सफल सुुरुवात भएको गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बताउनु भयो । पोखरामा अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्न चिनिया सरकारले खेलेको सकारात्मक पहलको उच्च सम्मान गर्दै विमानस्थल निर्माण देखि अहिले सम्म अहोरात्र खटिएर यो अवस्थामा ल्याइ पुर्याउन सहयोग गर्नुु हुने सबैमा उहाँले धन्यवाद दिनु भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्थानिय तहबाट पोखरा महानगर, प्रदेश सरकार, संघिय सरकार र सारोकारवाला निकाय र विभिन्न एयरलायइन्स कम्पनीहरुको संयुक्त प्रयासले अब पोखरामा नियमित रुपमा अन्तराष्ट्रिय हवाई उडनको लागि पहल गर्नु बताउनु भयो । मित्र राष्ट्रहरुबाट पोखरामा अन्तराष्ट्रिय सिधा हवाई उडान गर्न उहाँले आव्हान गर्नु भयो । चिनिया पर्यटकहरुलाई प्रदेश राजधानि पोखरामा स्वागत गर्दै पोखरा र चिनको हवाई मार्गबाट जोडेर यस क्षेत्रको पर्यटन प्रबद्र्धन हुने उहाँले विश्वास व्यक्त गर्नु भयो । सबैको प्रयासबाट पोखरा विमानस्थललाई अन्तिम बिन्दुमा पुर्याउन सकिने मुख्यमन्त्री पाण्डले बताउनु भयो ।
पोखराका मेयर धनराज आचार्यले पोखरामा पहिलो पटक हुने बोट रेसलाई आगामी बर्ष पनि निरन्तर रुपमा आयोजना गर्न सके पोखरा र चाइना बिचको पर्यटन प्रबद्र्धृन गर्ने अर्को गतिलो माध्यम हुने बताउनु भयो । नेपाल स्थित चिनिया राजदुत वाङ सिनले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनेको बताउनु भयो । नेपाली पक्षले बीआरआई अन्तर्गत कुनै पनि परियोजनामा सम्झौता नभएको दाबी गरिएको छ । पोखरामा अन्ततः ढिलै भए पनि आफुहरुले अन्तर्राष्ट्रिय उडानको सफल अवतरण गरेको नेपालका लागि चिनियाँ राजदूत छन सोङले बताउनु भयो ।

प्रतिकृया दिनुहोस्