Pokharapatra National Daily

यस वर्षको रोपाई महोत्सव काहँुखोला कसेरीमा हुने

यस बर्ष हुने असारे रोपाई महोत्सव पोखरा १३ स्थित काहुँखोला कसेरीमा हुने भएको छ । पोखरा पर्यटन परिषदको आयोजनामा राष्ट्रिय धान दिवसको अवसर (असार १५ गते) १८ औं संस्करणको उक्त महोत्सव हुने भएको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
बेमौसममा पनि पोखरामा पर्यटकलाई आकषर्ण गर्न सकिन्छ भन्ने मान्यताका साथ उक्त महोत्सवलाई निरन्तरता दिदै आएको पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको प्रबद्र्धनमा हुने उक्त महोत्सवमा विदेशी पर्यटकहरु सहभागि हुने क्रम जारी रहेको महोत्सव संयोजक कृष्ण भण्डारीले बताए । कोभिड १९ बाट प्रभावित भएको पर्यटन क्षेत्रलाई यस्ता मेला र महोत्सवले पर्यटक आगमनमा सहज हुने उनले बताए । नेपाली परम्परागत रुपमा चल्दै आएको चलन, रितीरिवाज, कला संस्कृति विदेशी पर्यटकहरुलाई प्रर्दशन गर्दै पन्चे बाजाको साथमा लोकगित समेत प्रस्तुतः गरिने भएको परिषदले जनाएको छ । उक्त महोत्सवमा करिब १५ देशका पर्यटकहरु सहभागि हुने भएका छन् । पोखरा क्षेत्रको पर्यटन प्रबद्र्धन गर्न र रोपाई महोत्सवमा चाइना, भारत, अमेरीका लगायतका करिब १५ देशका पर्यटकहरु सहभागी हुने भएको परिषदले जनाएकोे छ ।
पोखरा महानगरपालिका वडा नम्बर १३ र पोखरा महानगरपालिका वडा नम्बर १३ र १८ को कृषि संजालको समन्वयमा हुने उक्त महोत्सवमा असारे रोपाई गीत प्रतियोगिता, स्वदेशी तथा विदेशीहरुको हिले दौड प्रतियोगिता त्यसै गरी रस्साकसी, माछा छोप्ने लगायतका विभिन्न कार्यक्रमहरु हुने भएको अध्यक्ष श्रेष्ठले जनाए ।
पोखरा १३ का वडा अध्यक्ष किरण बरालले पोखरामा खेतीयोग्य जमिन प्लटिङ र घर तथा भवनहरु बन्दै गएको अबस्थामा यस महोत्सवले धानखेतीलाइ बचाउन मद्ध्त पुग्ने विश्वास व्यक्त गरे । उक्त महोत्सवले पर्यटन प्रबद्र्धन गर्न मद्धत पुग्ने दाबी गर्दैै अध्यक्ष बरालले स्थानिय कृषि उत्पादनका केही स्टलहरु प्रर्दशनीको रुपमा राख्ने बिषयमा गृहकार्य भएको बताए । उक्त महोत्सव सम्पन्न गर्न करिब ३० लाख खर्च हुने भएको संयोजक भण्डारीले बताए ।

प्रतिकृया दिनुहोस्