Pokharapatra National Daily

घर भाडामा ५० प्रतिशत छुट दिन आग्रह

कास्कीमा घर भाडामा ५० प्रतिशतसम्म छुट दिन माग गरिएको छ ।
नेपाल राष्ट्रिय घर भाडा सरोकार समिति कास्कीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलन मार्फत देशको विसम परिस्थितीमा बाचौं र बचाऔं भन्ने मुल नाराका साथ घर धनिहरु समक्ष घर भाडामा २५ देखि ५० प्रतिशतसम्म बिषेश छुट दिन आग्रह गरेको हो ।
देशको विसम परिस्थितीमा घर घाडामा बिषेश छुट दियर भए पनि व्यवसायीहरुलाई बचाउनु पर्ने समय आएको समितिका अध्यक्ष कमल प्रसाद न्यौपानेले बताउनु भयो । भूकम्प र त्यस लगतै आएको विश्व व्यापी महामारी कोभिड १९ ले गर्दा हाल विश्वकै अर्थतन्त्रमा आएको आर्थिक संकटले गर्दा विस्थापित हुन थालेका व्यवसायीहरुलाई बचाउनु पर्ने समय आएको उहाँको भनाई थियो । देशको विसम परिस्थितीमा घर भाडामा छुट दिन अध्यक्ष न्यौपानेले घर धनिहरु समक्ष आग्रह गर्नु भएको छ । सम्झौता अनुसार भाडा बढ्ने बेला भएको भए पनि हाल नबढाउन आग्रह गर्दै अध्यक्ष न्यौपानेले घर बहाल कर घरधनी आफैले तिर्नु पर्नेमा जोड दिनु भयो । भाडा समयमै भुत्तानी गर्न नसके पनि व्यवसायीहरुलाई घर खाली गर्न बाध्य नपार्न समितिले प्रेस विज्ञप्ति मार्फत अनुरोध गरेको छ । परिस्थिति सहज नभएसम्म बाँचौं र बचाऔं भन्ने मुल मन्त्रलाई आत्मसात गरी सबैको हित हुने कर्म गर्न अध्यक्ष न्यौपानेले आव्हान गर्नु भयो । उहाँका अनुसार गण्डकी प्रदेशको राजधानि पोखरा सहित कास्कीमा करिब १५ देखि २० प्रतिशत जसो व्यवसायीहरु विस्थापित भएका छन् । २०७२ सालको भूकम्प र २०७७ सालको कोभिड १९ ले गर्दा विश्वमै आर्थिक संकट उत्पन्न भएकोले त्यसको मार नेपाल र कास्की समेत अछुतो नरहेको उहाँको भनाई छ ।
देशको विसम परिस्थितीमा केही घर धनीहरुले पेश्की नमाग्न समितिले आग्रह गरेको छ । समितिका निवर्तमान अध्यक्ष एवं पोखरा च्याम्बर अफ कमर्सका अध्यक्ष यामनाथ पौडेलले घर भाडाको कारण केही व्यवसायहरु अझै पलायन हुने अबस्था आएकोले त्यसलाई रोक्न पनि घर भाडामा केही छुट दिन आग्रह गर्नु भयो । देशका अधिकांश मुख्य बजार क्षेत्रमा हाल सटरहरु खाली भएको उहाँले बताउनु भयो । केही छुट सहित केही सहुलियत दरमा घर भाडामा दिन सकेको अबस्थामा व्यवसाय र घर धनि दुबैको जित हुने पौडेलले बताउनु भयो । समिति कास्कीका बरिष्ठ उपाध्यक्ष उमापति ढकालले देशमा हाल जटिल परिस्थिती सृजना भएकोले त्यसबाट बच्न र सबैलाई बचाउने समय आएको बताउनु भयो ।
पोखरा क्षेत्रका मुख्य चोक तथा बजार क्षेत्रमा पनि सटर खाली छ भनेर घर तथा भवन भाडामा लगाउन आव्हान गरिएको छ । केही व्यवसायीहरुले अध्याधिक घर भाडा दिएको कारण ठाँउ ठाँउमा घर भाडामा एकरुपता नभउको बताइन्छ । घर भाडामा मनोपली भएको र यसको नियमन स्थानिय निकायले गर्न नसक्दा करोडौं राजश्व समेत गुमेको समितिका महासचिव कृष्ण प्रसाद चापागाईले बताउनु भयो ।

प्रतिकृया दिनुहोस्