Pokharapatra National Daily

कनेक्टिङ वल्ड एजुकेसनको रनिङ शिल्ड भलिवल प्रतियोगिता सम्पन्न

कनेक्टिङ वल्ड एजुकेसनको आयोजनामा हालै पोखरामा सम्पन्न भएको प्रथम सि.डब्लु.ई.एफ.रनिङ शिल्ड भलिवल प्रतियोगिता सम्पन्न भएको छ ।
युवा वर्गका खेलकुद र राष्ट्रिय खेल भलिवलको महत्व बुझाउन आफ्नो संस्थामा आबद्ध भएका प्रशिक्षार्थीहरु बिचको आपसी भाईचारा सहितको खेलकुदको विकासको लागि उक्त प्रतियोगिता आयोजना गरिएको संस्थाका म्यानेजर तथा प्रतियोगिता संयोजकद्वय सुमन थापा र नीशान्त थापाले बताए ।
पुरुष तर्फ १६ टिम सहभागी मध्य सि.डब्लु.ई.एफ.को ‘बी’ टिम विजेता भएको छ । पोखराको फुलवारी स्थित ग्रिन गार्डेन स्पोट्र्समा हालै सम्पन्न भएको फाइनल खेलमा विवस पुलामी मगरको कप्तानीमा सि.डब्लु.ई.एफ.को ‘बी’ टिमले सागर छन्त्यालको कप्तानीमा मैदानमा उत्रिएको सि.डब्लु.ई.एफ.को ‘एफ’ टिमलाई ३३—३१, २३—२५, २५—२३ को सेटमा पराजित गर्दै उपाधि जितेको छ । प्रतियोगितामा सि.डब्लु.ई.एफ.को ‘बी’टिमका सागर छन्त्याल उत्कृष्ट खेलाडी घोषित हुदै ट्रफी हात पार्न सफल भएका छन् । त्यसैगरी महिला तर्फ सि.डब्लु.ई.एफ.को ‘सी’ टिम विजेता भएको छ । फाइनल खेलमा सि.डब्लु.ई.एफ.को ‘सी’ टिमले सि.डब्लु.ई.एफ.को ‘बी’ टिमलाई पराजित गर्दै २५—२३, २८—३० र २५—१९ को सेटमा पराजित गर्दै उपाधि जितेको आयोजक संस्था सि.डब्लु.ई.एफ.ले जनाएको छ ।
प्रतियोगितामा पुरुष तर्फ विजेताले १० हजार उपविजेताले ७ हजार र महिला तर्फ भने विजेताले ३ हजार साथमा शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । विजयी खेलाडीहरुलाई राष्ट्रिय रेफ्रि श्यामबहादुर श्रेष्ठ र किसान थापाले खेल सम्पन्न गराउनुका साथै संस्थाका म्यानेजर तथा प्रतियोगिता संयोजकद्वय सुमन थापा र निशान्त थापाले पुरस्कार वितरण गरेका थिए ।

प्रतिकृया दिनुहोस्