Pokharapatra National Daily

खेलाडीको इतिहास अब संग्रहालयमा सग्रह गरिन्छः घिसिङ

नेपाली राष्ट्रिय तथा अन्तराष्ट्रिय पदकधारी खेलाडीहरुको इतिहास सहितको विवरण अब केही समय पश्चात संग्रहालयमा अवलोकन गर्न सकिने भएको छ ।
नेपाल ओलम्पियन संघको आयोजनामा आइतबार पोखरामा सम्पन्न भएको साधारण सभामा वोल्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङलेले उक्त कुरा बताएका हुन्।
खेल क्षेत्रमा नयाँ आयाम थप्ने गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय पदकधारी खेलाडीहरुको मोवाइल एप्स तथा वेवसाइडमै हेर्न सकिने व्यबस्था मिलाउने तयारी गरेको उनले बताए । नवौं खेलकुदको अधिकांश खेलाडीहरुको एप्समा तथ्याङक राखिएको दाबी गर्दै उनले अब राष्ट्रि तथा अन्तराष्ट्रिय पदकधारी खेलाडीहरुको बारेमा सम्पूर्ण विवरण राखिने भएको सदस्य सचिव विष्टले जनाए । खेलकुद क्षेत्रको बिषय बस्तुहरुको संग्रह गरी स्पोट्र्स म्युजिम समेत बनाउने बताउदै उनले थ्रियटर हल ओलम्पियनहरुको बायोडाटा र उनीहरुको भिडियो समेत संग्रह गरी इतिहासको दस्तावेजको रुपमा संग्रह गर्ने जनाए । ओलम्पिकसम्मको यात्रासम्म के कस्तो सघर्ष गर्नु पर्यो सबै बृतान्त म्याजिक भिडियोमा समेत उल्लेख गर्ने भएको सदस्य सचिव घिसिङले जनाए ।
नयाँ पुस्तालाई खेलकुदको बारेमा बुझाउन र खेल क्षेत्रको महत्व बुझाउन पनि स्पोटेर्स म्यूजिमले धेरै सहज हुने भएको उनले बताए । १८ औं ओलम्पियनमा नेपालको यात्रा देखि हालसम्मको अबस्था बारे मोवाईल एप्स तथा वेवसाइडमा सम्पूर्ण विवरण संग्रह गर्ने तयारी भएको सदस्य सचिव घिसिङले जनाए । समय सापेक्षा पुस्तक प्रकाशन गर्नु भन्दा अनलाईनमा विश्वका जुन सुकै मुलकबाट हेर्न सक्ने गरी खेलाडीहरुको सम्पूर्ण विवरण राख्ने भएको उनले जनाए ।
खेलकुदको इतिहास कुन खेल कसरी कसले खेल्यो लगायतका विवरणहरु संग्रह गर्ने भएको सदस्य सचिव घिसिङले बताए । राज्यको तर्फबाट अझै पनि प्रयाप्त मात्रमा खेलकुद क्षेत्रमा लगानी हुन नसकेको उल्लेख गरे । राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले बाजे पुस्ता देखि नातिसम्मका खेलाडीहरुलाई एउटै फोरममा भेला गराएर नेपाली खेलकुद क्षेत्रको महत्व र यसको गरिमा झन बढेको दाबी गरे । नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्टले नेपाली खेलकुद क्षेत्र र ओलम्पियनहरुको शिर नजुक्ने गरी सधै शिर उचो पार्ने गरी काम गर्ने बताए । पोखरामा उक्त कार्यक्रमले आफुहरु तप उत्साहित भएकोले हरेक बर्ष हरेक प्रदेशमा यस्तो कार्यक्रम आयोजना गर्ने भएको बताए । पोखरामा उक्त कार्यक्रम आयोजना हुनुले नेपाली ओलम्पियनहरुको एक आपसमा परिचयसंगै अन्य क्षेत्रका व्यक्तिहरुसंग समेत यसको महत्व बढेको पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले जनाए । यही जेठ १९ गते देखि नेपालका करिब ५० जना भन्दा बढी ओलम्पियन पहिलो पटक पोखरामा एकै स्थानमा भेला हुदै विभिन्न कार्यक्रममा सरिक भएका हुन् । सन १९६४ का पहिलो ओलम्पियन क्या.राम प्रसाद गुरुङ बाजे पुस्ता देखि नाति पुस्ता सन २०२० का ओलम्पियनहरुको सहभागिता रहेको छ ।

प्रतिकृया दिनुहोस्