Pokharapatra National Daily

पोखराको रत्नमन्दिर खुल्ला

पोखरा लेकसाईडमा रहेको पूर्व राजपरिवारलेको बिदा मनाउने दरवारका रुपमा चर्चित दरवार रत्नमन्दिर जेठ १५ अर्थात गणतन्त्र दिवसको अबसरमा खुल्ला गरिएसंगै पहिलो दिनमै हजारौं व्यक्तिहरुले अध्ययन अवलोकन गरेका छन् । पहिलो दिनमा उक्त मन्दिर प्रबेशमा निशुल्क भएकोले हजारौं पोखरेली सहितका अन्य व्यक्तिहरुले रत्न मन्दिर अवलोकन गर्न पुगेका हुन्।
नेपाल सरकारका संस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले एक समारोहका बिच सोमबार रत्नमन्दिर आम सर्वसाधारण जनताको लागि खुल्ला गरेका हुन्। पोखरेली तथा आम जनताको इच्छाअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका् बिषेश पहलमा हाल उक्त मन्दिर अब सदाको लागि खुल्ला भएको मन्त्री किरातीले बताए । देशमा संघिय लोकतान्त्रिक गणतन्त्र लागु भई सकेकोले यो अबस्थामा पनि पहिलाका राजा महाराजाले प्रयोग गर्ने गरेका ऐतिहासिक बस्तुहरुको उचित संरक्षण गर्दै त्यसको प्रयोग गर्नुपर्ने उनले बताए । पोखरा जस्तो पर्यटकीय शहरमा यस्ता नेपालका ऐतिहासिक बस्तुहरुलाई पर्यटक र आम सर्वसाधारण जनताको पहुचमा पुराउदा यसले समग्र पोखरा क्षेत्रको पर्यटन प्रबद्र्धन तथा एक दिन पर्यटकको बसाई अवधि लम्बिन सक्ने मन्त्री किरातीले बताए । नेपाल ट्रसको कार्यालयका अध्यक्ष समेत रहेका मन्त्री किरातीले अब राजा महाराजाले बिगतमा प्रयोग गरेका वा बस्ने गरेका ठाँउहरुको संरक्षण गर्दै भावी पुस्तालाई बुझाउदै त्यसबाट नेपालले पर्यटन समेत प्रबद्र्धन गर्न सक्ने उनले बताए । रत्न मन्दिर पछि अब हिमा गृह समेत खुल्ला गर्न आवश्यक विधि र प्रकृया अघि बढाउने मन्त्री किरातीले बताए । कार्यक्रममा गण्डकी प्रदेशका भौतिक पूवर्धार तथा यातायात व्यबस्था मन्त्री रेशम बहादुर जुग्गालीले नेपालका ऐतिहासिक र राजा तथा महाराजाहरुले प्रयोग गरेका बस्तुहरुकोे संरक्षण सहित त्यसको महत्व बुझाउनु पर्ने बताए । पूर्व राजा महेन्द्रले आफुलाई काठमाण्डौंबाट पोखरा आउदा बस्ने थलोको रुपमा रत्नमन्दिरलाई प्रयोग गर्दै आएका थिए । कार्यक्रममा बोल्दै पोखराका मेयर धनराज आचार्यले रत्न मन्दिर खुल्ला हुनुले पोखरा क्षेत्रको पर्यटन प्रबद्र्धन हुने विश्वास व्यक्त गरे । पोखराको रत्न मन्दिर खुल्ला हुनुले पोखरा आएको स्वदेशी तथा विदेशी पाहुनालाई कम्तिमा पनि एक दिन बसाई अवधि लम्वाउने गरी विभिन्न प्याकेज दिनुपर्ने पर्यटन व्यवसायीहरुले बताएका छन् । पूर्वराजपरिवारको हिउँदकालीन दरबारका रूपमा चिनिने पोखराको रत्न मन्दिर सर्वसाधारणका लागि सोमबार निःशुल्क खुला गरिएको थियो भने मंगलबार देखि निश्चित शुल्क लाग्ने भएको छ । राजसंस्थाको अन्त्यपछि २०६४ मा नेपाल ट्रस्टको नाममा रहेको उक्त दरबार हालसम्म बन्द रहेको थियो । यस अघि विभिन्न राजनीतिक दलका नेताहरुले खुलाउन पहल गरे पनि यो प्रयास प्रधानमन्त्री प्रचण्डकै पालामा सम्भव भएको पोखरेलीले बताए ।
अहिलेको अबस्थामा सामान्य रुपमा बाहिरि रुप अवलोकन र मन्दिर परिसरको अवलोकनको लागि मात्र खुल्ला गरिएकोे पोखरा ६ का वडा अध्यक्ष बिष्णुप्रसाद भट्टराईले बताए । अहिलेको रत्नमन्दिर परिसर भित्र सामान्य रुपमा आगन्तक पर्यटक तथा सर्वसाधारण जनताको लागि आधारभूत कुरामा ध्यान दिन केही संरचना निर्माण कार्य भएको उनले जनाए । दरवार सहित भित्र करिब ४ वटा विभिन्न एतिहासिक तथा पर्यटकीय महत्व एवं सांस्कृतिक बिषय बस्तु भएकोले त्यसलाई समेत आगन्तुक पाहुना र सर्वसाधारणलाई अवलोकन गर्ने वातावरण गर्न भने केही समय लाग्ने भएको अध्यक्ष भट्टराईले बताए । फेवातालसंगै जोडिएको रत्नमन्दिरमा पूर्व राज परिवारले प्रयोग गर्ने गरेको बस्तु तथा सामान सहित खुल्ला मैदान, पार्क, तत्कालिन अबस्थामा निर्माण भएका मन्दिर लगायतका बस्तुहरु रहेका छन् । जहाँ हावा घर समेत रहेको छ ।
२०१५ सालमा निर्माण गरिएको रत्न मन्दिर सहितको क्षेत्रमा १ सय ७४ रोपनी फैलिएको छ । रत्नमन्दिरको दरवार भित्र बैठक कक्ष, राजारानीको शयन कक्ष, शाही नातेदाहरुले प्रयोग गर्ने शयन कक्षहरु, डाइनिङ कक्षा लगायतका ११ कोठा, रत्नमन्दिर परिसर क्षेत्रमा रत्न मन्दिरको दरवार, तालघर, बाग बगैचा र अन्य विभिन्न प्रयोजनका साना ठुला गरी १० वटा भवनहरु रहेका छन् ।

प्रतिकृया दिनुहोस्