Pokharapatra National Daily

अन्नपूर्ण पदमार्गमा पर्यटक आगमनमा बृद्धि

विश्वकै १० उत्कृष्ट पदमार्ग मध्य एकमा पर्ने अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन उल्लेखनिय रुपमा बृद्धि भएको छ । कोभिड १९ पछि हिजोआज विदेशी पर्यटक अन्नपूण पदमार्गमा घुमघामको लागि उल्लेखनिय रुपमा बृद्धि भएको स्थानियले बताए ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय, घान्द्रुकले दिएको तथ्याङक अनुसार चालु आर्थिक वर्षको ६ महिना पुषसम्म अन्नपूर्ण पदमार्ग अन्र्तगत बिरेठाँटी पर्यटक सूचना केन्द्र तथा चेक पोष्टमा १७ हजार ५ सय १९ जना पर्यटक अन्नपूर्ण क्षेत्रमा प्रवेश गरेका छन् । अघिल्लो वर्षको तुलनामा यस चालु आर्थिक वर्षको ६ महिनाको मात्र तथ्याङक हेर्दा करिब दोब्बरले अन्नपूर्ण पद मार्गमा आउने पर्यटकको आगमनमा बृद्धि भएको छ ।
चालु आर्थिक बर्षको ६ महिनामा बिरेठाँटीमा सार्क मुलुकका १६ हजार ८४ जना पर्यटकले अन्नपूर्ण पदमार्गमा जानको लागि अनुमति दिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय, घान्द्रुकका निमिक्त कार्यालय प्रमुख भिम उपाध्याय पौडेलले बताए । राष्ट्रिय प्रकृतिक संरक्षण कोषबाट अनुमति दिएका विदेशी पर्यटकहरुले ३ हजार रुपैया शुल्क तिर्नुपर्ने छ अन्यथा अनुमती नलिएकाहरुको हकमा डबल दष्तुर लियर रुट प्रमिट दिने व्यबस्था गरिएको उनले जनाए ।
६ महिनाको अन्तरालमा ७ जना तेश्रो लिङ्गी पर्यटकहरुले बिरेठाँटीबाट पद यात्रामा निस्केका छन् । तेश्रो मुलुकका पर्यटकहरु मध्य पुरुष ७ हजार ५ सय ३१, महिला तर्फ ८ हजार ५ सय ४६ जना पर्यटकले पद यात्राको लागि प्रबेश अनुमति लिएका हुन् । आर्थिक बर्ष २०७९ को साउन महिनामा १ जना, भदौंमा १६, असोजमा २ सय ९८, कार्तिकमा ५ सय, मंसिरमा ५ सय ३६, पुषमा ५ सय ५०, माघमा २ सय ३४, फागुनमा ८ सय ३४ जना पर्यटकले अनुमति लिएका हुन् । त्यसैगरी चैतमा २ हजार ४ सय ९८, वैशाखमा २ हजार ५ सय २०, जेठमा ९ सय ३९ जना र असारमा ५ सय ९५ जना पर्यटकले अन्नपूर्ण पदमार्गमा जानको लागि प्रवेश अनुमति दिएका हुन्। अन्नपूर्ण पदमार्ग अन्र्तगत बिरेठाँटी पर्यटक सूचना केन्द्र तथा चेक पोष्टमा चालु आर्थिक बर्षको अग्रेंजी महिना जनवरीमा १ हजार ३ सय २५, फेब्रुअरीमा १ हजार ६ सय ५०, मार्चमा ४ हजार ९ सय ६४ र अप्रिलमा ७ हजार ४ सय ९० जना पर्यटकले अन्नपूर्ण पद मार्गमा जानको लागि अनुमति लिएको उक्त चेकपोष्टका श्याँम गुरुङले बताए ।
कोरोनाले प्रभावित भएको आर्थिक बर्ष २०७७÷०७८ मा ६ सय २० जना पर्यटकहरुले मात्र अन्नपूर्ण पद यात्राको लागि अनुमति लिएका थिए । पछिल्लो समयमा पदमार्गहरु धुलाम्मे सडकले गर्दा प्रभावित हुदा अन्नपूर्ण आधार शिविरसम्म जाने पर्यटकहरुको आगमनमा कमी आएको स्थानिय किसन गुरुङले गुनासो गरे । अझै पनि केही पर्यटकहरुले आफु खुसि विना अनुमति र विना टे«ेकि ङ गाइड विना भ्रमणमा निस्कने गरेका छन् ।

प्रतिकृया दिनुहोस्