Pokharapatra National Daily

गण्डकीका मुख्यमन्त्री पाण्डेले आठ दिनमै विश्वासको मत लिने

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आठ दिनमै विश्वासको मत लिने तयारी गरेका छन् । संविधानको धारा १६८ को (२) अनुसार पाण्डेलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
संम्वैधानिक व्यवस्था अन्ुसार नियुक्त भएको ३० दिनभित्र प्रदेश सभा बैठकबाट विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था अनुरुप मुख्यमन्त्री पाण्डेले आफनो कार्यभार सम्हालेको आठौ दिनमा विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्रीले १५ गते पद तथा गोपनीयताको शपथ लिदै दुई जनालाई विना विभागीय मन्त्रीको जिम्मेवार समेत दिएका थिए । मुख्मन्त्रीले विश्वासको मत लिने निर्णयसगै प्रदेश सरकारको आईतबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश सभाको अधिवेशन आवहन गर्नका लागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय समेत गरेको सरकारका प्रवक्ता एवं विना विभागिय मन्त्री सरस्वती अर्याल तिवारीले बताइन् । मन्त्रिपरिषदको निर्णय अनुसार प्रदेशले नेपालको संविधानको धारा १८३ को उपधारा (१) अनुसार प्रदेश सभाको अधिवेशन २१ बैशाख बिहीबारका दिन १४ः०० बजे देखि आरम्भ हुने गरि आवहन गरिएको छ । ६० सदस्य प्रदेश सभामा एक स्वतन्त्र बाहेक ४ दलको प्रतिनिधित्व रहेको छ । ६० सदस्य मध्ये नेपाली काग्रेंसका २७, नेकपा एमालेका २२, नेकपा माओवादी केन्द्रका सभामुख सहित आठ, राप्रपाका दुई र मनाङ १ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएर निर्विरोध निर्वाचित एक जना सदस्य रहेका छन् । बहुमतको सरकार गठनका लागि ३१ सदस्यको समर्थन अवश्यक पर्छ । पाण्डेलाई मुख्यमन्त्रीका लागि नेपाली काग्रेंसका २७, माओवादीका सात र स्वतन्त्र एक गरि ३५ जनाको समर्थनमा प्रदेश प्रमुखले संविधानको धारा १६८ को (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । एमालेका २२ र राप्रपाका दुई गरि २४ जनाको समर्थन मुख्यमन्त्री पाण्डेलाई छैन् । ७ मन्त्रालय रहेको गण्डकी प्रदेशमा मुख्यमन्त्री पाण्डेले सबै मन्त्रालयको जिम्मेवार आफैमा राखि दुई विना विभागिय मन्त्रीमा नियुक्ति गरेका थिए ।

प्रतिकृया दिनुहोस्