Pokharapatra National Daily

काग्रेंस नेतृत्वको सरकार बन्ने नेताको दाबी, माओवादी निर्णयको पर्खाईमा

गण्डकी प्रदेशमा सरकार गठनको बिषयमा नेपाली कागें्रस र माओबादी केन्द्रको फरक भनाई आएको छ । नेपाली काग्रेंसका प्रदेश सभा सदस्य बिन्दुकुमार थापाले आफुहरुको केन्द्रमा सहमति भएको बताएका छन् । गण्डकीमा पहिलो आधा कार्यकाल कागें्रसकै नेतृत्वमा सरकार गठन हुने सहमति भएको उनले जनाए ।
केन्द्रको वार्तामा सहभागी भएका कागं्रेस नेता रमेश लेखकका अनुसार गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुुरपश्चिम प्रदेशमा पहिलो पटक कागेंस र बागमती र कर्णालीमा भने माओबादीकै नेतृत्वमा सरकार गठन गर्ने सहमती भएको छ । सोमबार बेलुका करिब ५ः०० बजे मात्र वार्ता टुंगिएकोले प्रदेश प्रमुखले सायद मंगलबार मात्र सरकार गठनको लागि आव्हान गर्ने सोही अनुरुप सरकार गठन हुने सांसद थापाले बताए । गण्डकीमा कागेंसको नेतृत्वमा पहिलो सरकार गठन हुनुपर्छ भन्दै २५ जनाको टोली काठमाडौं पुगेको श्रोतको भनाई छ ।
यता माओबादीका प्रदेश सभाका संसदीय दलका नेता हरिबहादुर चुमानले शिर्ष नेताहरुको निर्णयको पर्खाईमा रहेकोले आफुहरुलाई सोमबार बेलुका ७ः०० बजेसम्म आफुहरुलाई केही जानकारी नभएको बताए । अब संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दलहरु मिलेर सरकार बनाउनको लागि आव्हान हुनुपर्ने जसमा पहिलो सरकारको नेतृत्व माओबादीले पाउनु पर्ने आाफुहरुको दाबी रहेको उनको भनाई रहेको छ । संसदमा दुई वा दुई भन्दा बढी दल मिलेर सरकार बन्ने सम्भावना रहदासम्म ३ मा जान नसक्ने स्पष्ट भएको नेता चुमानले दाबी गर्दै सर्वोच्च अदालतले गरेको व्याख्याको आधारबाट पनि संविधानको धारा १६८ (२) सरकार गठनको लागि आव्हान हुने बताए ।
देशमा संघियता आए पनि व्यावहार त लागु गर्न नसक्दा प्रदेश सरकार पनि संघीय सरकारकै निर्देशनबाट चल्ने हुदाँ पार्टीका शिर्ष नेताहरुको निर्देशनमा कुन पार्टीको नेतृत्वमा पहिलो सरकार गठन गर्ने भन्ने बिषय नटुंगिएकोले सरकार गठनमा अन्यौल भएको छ ।
गत २५ पुसमा संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले खगराज अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । माओवादी केन्द्रले चैत १० गते आफनो समर्थन फित्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री अधिकारी विश्वासको मत नपाए पछि नयाँ सरकार गठनको प्रकृया सुरु भएको हो । अधिकारी नेतृत्वको सरकार ढलेको तीन दिन बित्दा समेत गठबन्धनमा रहेका दल काग्रेंस र माओवादी केन्द्र बिच सरकारको नेतृत्व कस्ले गर्ने भन्नेमा सहमति हुन सकेको छैन् ।
नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्र पाण्डेले आइतबार बिहानसम्म छलफल टुंगाई आइतबारसम्म नयाँ सरकार बन्ने शनिबार नै बताएका थिए । सभामुख कृष्ण धिताल बाहेक ५९ जना प्रदेश सभा सदस्य रहेको प्रदेश सभामा एमालेका २२ र राप्रपाका २ गरी २४ जना मुख्यमन्त्री अधिकारीको पक्षमा रहेका छन भने कागें्रसको २७, माओबादीको ७ एक स्वतन्त्र गरी ३५ मत विपक्षिमा रहेका छन् । सरकार गठनमा बहुमतले ३१ जना भए पुग्छ ।

प्रतिकृया दिनुहोस्