Pokharapatra National Daily

पोखराको मान्द्रेढुङ्गाबाट चिनियाँ पाहुना टोलीले गरयो प्याराग्लाइडिङ

नयाँ वर्षको आगमनसँगै जहाज चार्टर गरेर नेपाल घुम्न आएका चिनियाँ पाहुना टोलीले पोखरा –२४ मान्द्रेढुंगाबाट प्याराग्लाइडिङ गरेका छन् ।
साहसिक खेलको रुपमा चिनिने प्याराग्लाइडिङ गर्न पोखरा आइपुगेकाका चिनियाँ पाहुनाको टोलीलाई गण्डकी प्र्रदेशका मुख्यमन्त्री खगराज अधिकारी र नेपाल हवाइ खेलकुद संस्था (ना) का अध्यक्ष सुनिलबहादुर भट्टराईले प्याराग्लाइडिङ गर्नु पूर्व स्वागत गर्नुभएको थियो ।
सो अवसरमा मुख्यमन्त्री अधिकारीले विभिन्न कारणले सुस्ताइरहेको पोखराको पर्यटनमा चिनियाँ टोेलीको आगमन र प्याराग्लाइडिङ लगायतका गतिविधिले पर्यटन प्रवद्र्धन हुने विश्वास व्यत्त गर्नुभयो । उहाँले प्याराग्लाइडिङसँगै पोखरामा भएका अन्य साहसिक गतिविधिमा पनि पर्यटकलाई जोड्न सके साहसिक पर्यटन मार्फत पर्यटन भित्रयाउन सकिने विश्वास व्यक्त गर्नुभयो । पोखरा पर्यटकका लागि उत्कृष्ट गन्तब्य भएको जनाउँदै राज्य र नीजि क्षेत्रको सहकार्यबाट पर्यटन प्रवद्र्धनमा जोड दिन आवश्यक रहेका उहाँको भनाइ थियो । ना का अध्यक्ष सुनिलबहादुर भट्टराईले पोखराको सराङकोटबाट मान्द्रेढुङ्गा सारिएको प्याराग्लाइडिङमा पहिलोपल्ट यति धेरै चिनियाँ पर्यटकबाट प्याराग्लाइडिङ हुनु निकै सकारात्मक सन्देश भएको बताउनुभयो । उहाँले भन्नुभयो “हामी िनकै खुशी छौ, विभिन्न कारणबाट सुस्ताइरहेको पर्यटन र प्याराग्लाइडिङ क्षेत्रमा यति धेरै विदेशी पाहुनाले प्याराग्लाइडिङ गर्नुभएको छ , यसले नयाँ ठाउँलाई प्रवद्र्धनमा पनि सघाउ पु¥याउने छ ।” उहाँले चीनको आउटबाउण्ड गन्तब्यको सूचीमा नेपाल परेसँगै चिनियाँ पर्यटकको आगमनले पर्यटन प्रर्वद्धनको लागि थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
नाका महासचिव खेमराज आचार्यले पोखरा र आसपासका सुन्दर हिमशृङ्खला, तालतलैया र प्राकृतिक सुन्दरतालाई अवलोकन गर्न सकिने बताउनु भयो । उहाँले साहसिक खेलप्रेमीका लागि प्याराग्लाइडिङबाट सुन्दर दृश्यवलोकनका लागि मान्द्रेढुङ्गा उत्कृष्ट गन्तव्य हुनेमा आशावादी रहेको बताउनुभयो । उहाँका अनुसार चिनियाँ ९० जना सहित २ सय ५० जनाले मान्द्रेढुंगाबाट प्याराग्लाइडिङ गर्नुभएको थियो । पाहुनालाई पञ्चेबाजा सहित स्थानीय आमा समुहले फुलमाला लगाएर भव्य स्वागत गर्नुभएको थियो । पहिलोपल्ट नेपाल आउनु भएकी यु हुङगुनले पोखराको आकाशमा उड्न पाउँदा निकै आनन्द लागेको बताउनुभयो । पहिलोपल्ट नेपाल आएको सुनाउँदै उहाँले यहाँको प्राकृतिक सुन्दरता र आतिथ्यता निकै लोभलाग्दो भएको प्रतिक्रिया दिनुभयो । उहाँले अन्य साथिलाई नेपाल घुम्नको लागि सुझाव दिने बताउनुभयो । नेपाली नयाँ वर्षको पूर्वसन्धयामा १८१ जना चिनियाँ पर्यटकहरु हिमालय एयरलाइन्सको विमान चार्टर गरेर नेपाल भ्रमणमा आउनु भएको थियो । ना का पूर्व अध्यक्ष कृष्ण भण्डारीले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएसँगै माघ १ देखि मान्द्रेढुङ्गाबाट प्याराग्लाइडिङको व्यावसायिक उडान भएपनि पर्यटकको आगमन बढन नसकेको अवस्थामा चिनियाँ टोलीको उडानले उत्साह थपेको बतउनुभयो ।
साहसिक गतिविधिमा रुचि राख्ने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै आएको प्याराग्लाइडिङ नेपाल नागरिक उडड्यन प्राधिकरणले सराङकोट, तोरिपानी र तामागी क्षेत्रमा प्याराग्लाइडिङ उडानमा रोक लगाएको थियो । मान्द्रेढुङ्गा सराङकोटबाट करिब पाँच किलोमिटर पश्चिममा पर्छ । प्राधिकरणले सराङकोट लगायतका स्थानबाट प्याराग्लाइडिङमा रोक लगाएपछि विकल्पमा मान्द्रेढुङ्गाबाट उडान शुरु गरिएको हो ।
यसअघि सराङकोटको एक हजार चार सय ५० मिटर उचाइबाट करिब सात हजार फिटको क्यापमा प्याराग्लाइडिङ उडान भइरहेकोमा मान्द्रेढुङ्ङगाबाट भने एक हजार सात सय ४० मिटर उचाइबाट छ हजार फिट क्यापमा उडान हुन्छ ।
हाल पोखरामा करि ब ६० वटा प्याराग्लाइडिङ कम्पनी छन् भने ५० वटा अहिले सञ्चालनमा छन् । त्यसैगरी तीन सय ७६ जनाले प्यारापाइलटले उडान अनुमति लिएका छन् भने व्यावसायिक रुपमा दुई सय ५० जनाले उडान गरिरहेका छन् । पोखराको प्याराग्लाइडिङमा रू एक अर्ब बराबरको लगानी रहेको ना ले जनाएको छ ।

प्रतिकृया दिनुहोस्