Pokharapatra National Daily

नयाँ वर्षको शुभकामना

नेपालीहरुले मान्दै आएको पात्रो (क्यालेण्डर)आजबाट फेरिएको छ । नेपालमा विक्रमाब्दले चलनमा ल्याएको सम्वतलाई नै मानिदै आएको छ । नेपालले मानेको पात्रो २०८० सुरु भएको छ । वि.स. २०७९ लाई विदाई गरेर नयाँ वर्ष सुरु हुने गर्दछ । नयाँ वर्षको सुरुमै नयाँ कामको थालनी गर्ने, शुभकामना आदानप्रदान गर्ने काम हुने गरेका छन् । विदेशमा रहेका नेपालीहरुले समेत नयाँ वर्षको सुरुआतको अवसरमा विभिन्न कार्यक्रम गरी मनाउने गर्दछन् । नेपालले मानेको विभिन्न सम्वत मध्ये विक्रम सम्वतले सरकारी कामकाज मान्यता पाएको छ । हुनत अन्य सम्वतलाई पनि मान्यता दिइएको छ । विक्रमसम्वतले विशेष महत्व पाउदै आएको छ । २०७९ साल रुस युक्रेन युद्ध र कोभिडका कारण सृजित असरले गरिबलाई बाँच्न धौधौ बनाएको छ ।
धनी र शक्तिशाली देशले साना र कमजोरलाई युद्धमा उक्साउछन भन्ने देखाएको छ । गरिब तथा कमजोर मुलुकले जनतालाई राहत दिन, महंगीको मारबाट कसरी बचाउने, स्वास्थ्य उपचार र रोग नियन्त्रणका लागि गरिएका कामले आफ्ना नागरिकलाई सन्तुष्ट राख्न सकेनन । नेपालको आर्थिक अवस्था निकै कमजोर बन्न पुग्यो । हरेक सूचकांक देशको आर्थिक अवस्था खस्किएको देखाएको छ।राजनीतिक अस्थिरता, अदालतमा आन्दोलनले राज्यका सबै अंगले काम गर्न सकेनन् । सर्वोच्च अदालतको नेतृत्व कामु बाट चलाउने काम भयो । आर्थिक अवस्था खस्कदै जाने काम भयो ।बजेट निर्माणमा व्यापारीका प्रतिनिधि राखेर करका दर हेरफेर गर्ने काम भयो ।संसदीय समितिलाई काम गर्न नदिन सिसिटिभीको फुटेज डिलिट गर्ने काम भयो । हरेक काम सेटिङका आधारमा हुने गरे । राजनीतिक दलहरूबीचको सम्बन्ध सुमधुर हुन सकेन। देशका सबै अंगलाई कमजोर बनाउने विदेशी योजनाले सार्थकता पाए। राजनीति मुल्य र मान्यता विपरीत चल्न थाल्यो ।पुरानो सरकारले गरेका राम्रा काम खारेज गर्नेछ र प्रतिशोध सांध्ने काम भए । देशमा बलियो राजनीतिक शक्तिलाई कमजोर बनाएर कठपुतली सरकार चलाउनेहरु हावी हुँदै गए । देशको पुर्वाधार विकास, आर्थिक अनुशासन कायम गर्न,राष्ट्रिय स्वाभिमानका लागि बलियो देशभक्त शक्ति चाहिन्छ भन्ने बोध जनतालाई भएको छ ।
देश हरेक क्षेत्रमा आत्मनिर्भर हुनुपर्छ भन्ने चेतको विकास गर्न दलहरूबीचको सम्बन्ध राम्रो बन्न सकेन।देश लकडाउनमा भएको बेला राजनीतिक दल सत्ता स्वार्थमा रुमलिन पुगे । जनताको साथी बन्नुपर्ने बेला सत्ता स्वार्थले गर्दा आहत पार्ने काम भयो । प्राकृतिक विपत्ति, कोभिड–१९ ले पर्यटन, आर्थिक, सामाजिक र साँस्कृतिक, स्वास्थ्य, शिक्षा, हरेक क्षेत्रमा पारेको असरले जनतालाई निराश बनाउने काम अघिल्लो सालले गरेको छ । सबैभन्दा जनतालाई निराश बनाउने काम सत्ता गठबन्धनले गरेको छ । राज्यकोषको दोहोन गर्ने, फरक विचार राख्ने कोपभाजन हुने, हरेक क्षेत्रमा निराशा र अस्थिरता ल्याउन खोजिएको छ । जनताको नजिकको सरकार स्थानीय तहको निर्वाचन स्वस्थ प्रतिस्पर्धाबाट हुन नदिन गठबन्धन गर्ने, गठबन्धन गरेर महिला उपप्रमुख÷उपाध्यक्ष उपराष्ट्रपति पाउनुपर्ने संविधानले दिएको अधिकार खोस्ने काम भयो ।
स्थानीय, प्रदेश र संघीय संसद्को निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा नगरी गठबन्धन गरेर प्रतिपक्षी विरुद्ध लाग्ने लोकतान्त्रिक प्रणाली विपरीत काम भए । चुनावले गठबन्धनलाई जनादेश दिएन।बरु नयाँ दललाई जनताले रुचाएको देखियो । पुराना र ठूला दललाई नयाँ दलसंग सहकार्य गर्न सन्देश चुनावले देखाएको छ।चुनावपछि बनेको गठबन्धन दुई महिनामा भत्काउने र विदेशी सामु आत्मसमर्पण गर्ने काम भए ।देशलाई अस्थिर बनाउन खोज्नेलाई सघाउने काम भएका छनगत वर्ष क।आर्थिक अबस्थामा सुधार, स्वास्थ्य संस्थालाई बलियो बनाउने गरि संरचना निर्माण थालिनु, सडक, पुल बन्नु, मेलम्चीको पानी काठमाडौंका जनताको धारामा झर्नु, भारतले मिचेको भुमि समेटिएको नक्सा जारी पछि त्यसलाई कार्यान्वयनमा लान देशभक्त, विकासको दृष्टिकोण भएको बलियो राजनीतिक शक्तिले मात्र सक्दछ । नयाँ बर्ष चुनावी बर्ष भएको हुँदा जनताको मन जित्न सक्ने,देशभक्त, विकास गर्न सक्ने बलियो शक्ति स्थापित गर्न सबैमा नयाँ वर्षले सद्बुद्धी प्रदान गरोस् शुभकामना ।

प्रतिकृया दिनुहोस्

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...

लैङगिक हिंसा विरुद्धको अभियान

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङगिक हिंसा विरुद्धको अभियान शुरु भएको छ। १६ दिन सञ्चालन गरिने अभियानमा यसपालि डिजिटल माध्यमबाट हुने हिंसाविरुद्ध आवाज उठाइँदै...

फैलिदैछ छठ पर्व

नेपालमा मनाइने चाडपर्व मध्ये तराई मधेसको मिथिलाञ्चलमा मनाउने छठ पर्वको महत्व बढेर गएको छ । छठलाई मधेस र मिथिलाञ्चलमा मात्र सीमित छैन । जहाँ जहाँ...

तिहार पर्वको शुभकामना !

नेपालीहरुको ठूलो चाड दीपावली (तिहार) शुरु भएको छ । नेपालमा तिहार हिन्दु मात्र होइन धेरैजसो नेपालीले मनाउने गर्दछन । तिहारमा सन्देशबाहक काग, घरको रक्षक कुकुरका...