Pokharapatra National Daily

प्रेसको जिम्मेवारी नभुलौं

नागरिक संस्था मध्येको जेठो संस्था नेपाल पत्रकार महासंघ ६८ वर्षमा प्रवेश गरेको छ । बीस २०१२ साल चैत १६ गते स्थापना दिवस र संस्थापक सभापति कृष्णप्रसाद भट्टराईलाई मान्न थालिएको छ । केहीले २००८ सालमा नेपाल पत्रकार संघ गठन भएको जिकिर गरेका छन । इतिहासकार गृष्म बहादुर देवकोटाको किताबमा र प्रकृति अधिकारीको शोधपत्रमा २००८ सालमा स्थापना भएको उल्लेख छ । नेपाली पत्रकार महासंघले २०१२ साल चैत्र १६ गतेलाई स्थापना दिवस मान्न थालेको प्रजातन्त्र पुनःस्थापना पछि हो । नेपालमा नागरिक अधिकारका लागि पत्रकारले संगठित तरिकाले आवाज उठाएको करिब सात दशक पुग्न लाग्दा पनि आधुनिक युगमा पनि नागरिक अधिकार र अभिब्यक्ति स्वतन्त्रताको पक्षमा आवाज उठाउनु परेको छ । साशक विरुद्ध बोल्न नपाउने, मुख थुन्ने र जेल पठाउने काम रोकिएको छैन । स्थापनाकालमा उठाइएका नागरिक अधिकार, प्रेस स्वतन्त्रता, पत्रकारको हक हित र पत्रकारिताको विकासका मुद्दा कायमै छ ।
कृष्णप्रसाद भट्टराईका अनुयायी, लोकतन्त्रको लागि स्थापना भएको पार्टीको नेतृत्वमा सत्ता संचालन हुँदा पनि अवस्थामा आमूल परिवर्तन आउन नसक्नु विडम्बना हो । सत्तासंग काङ्ग्रेसले आफ्ना मूल्य र मान्यता विर्सेको छ। पत्रकारिता स्वतन्त्र हुनुपर्छ, नागरिकको अधिकारका मुद्दा र पत्रकारको हकहितका मुद्दा सरकारमा को छ भनेर उठाउन थालिएको छ । पत्रकारको पेसागत संगठनको नेतृत्व दलका नेताले तोकिदिने तिनैलाई अनुमोदन गरिदिने चलन बढेर गएको छ।पत्रकारले कस्तो नीति बनाउने र त्यो नीति कार्यान्वयन गर्न कस्तो नेतृत्व भन्ने बहस हुनुपर्ने हो । सरकारमा जुन दलहरु छन तिनका भातृसंस्थाका मात्र पत्रकार महासंघको नेतृत्वमा छन।सत्ताको छायामा पत्रकार महासंघ पुगेको छ।नागरिकको अधिकार र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति लड्नुपर्नेमा सत्ता र साशकका गलत क्रियाकलापको विरोध गर्नेको विरुद्ध देखिने गरेको छ । अहिले पत्रकारिता कस्तो अवस्थामा छ ,चुनौतीको सामना कसरी गर्ने बारेमा चर्चा कम हुने गरेको छ।। । पत्रकारका समस्या र पत्रकारिताको विकासका कुरा अझै परिस्कृत रुपमा उठाउनु पर्ने खाचो भएको छ । नेपालको हरेक नागरिक÷प्रजातान्त्रिक आन्दोलनमा पत्रकारहरुको प्रतिनिधिमुलक संस्था नेपाल पत्रकार संघ हालको महासंघले सक्रिय भएर लागेको इतिहास छ ।
राजनीतिक दलहरुलाई समेत आन्दोलनमा लाग्न घचघच्याउने काम प्रेसले गरेको हो । लोकतान्त्रिक आन्दोलनको नेतृत्व दलहरुले नै गरे । आन्दोलनमा पत्रकारहरुले खेलेको भुमिकाको राजनैतिक दल र नागरिक समाजले मुक्त कष्ठ प्रशंसा गर्ने गर्दछन।राजनीतिक दल विपक्षमा हुँदा पत्रकार र पत्रकारिताको समस्यामा बोल्ने सत्तामा पुगेपछि बेवास्ता गर्ने गरेका छन । मौसमी बन्ने गरेका छन। नेपाली उखान खोलो त¥यो लौरो र्बिस्यो भने झैँ पत्रकारका समस्या बिर्सने गरेका छन् । मैनबत्ती आफै जलेर अरुलाई उज्यालो दिएझै पत्रकारहरु भोको पेटले नागरीकको आवाज दिने गरेका छन् । मर्यादित र व्यावसायिक पत्रकारिताको लागि राज्य र निजी संचारगृहले पत्रकारलाई सहयोग गर्न सकेको छैन । पत्रकारले भौतिक र पेशागत सुरक्षाका लागि सडकमा आवाज उठाउँदै आएका छन् ।जब जब समस्या आउँछ तब पत्रकारलाई निस्कासन, तलब नदिने, कटौती गर्ने काम हुने गरेको छ । दुखको बेला साहस र राहत दिनुपर्नेमा आहात पार्ने काम हुने गरेको छ । जनतालाई सचेत र जागरुक बनाउनुपर्ने बेला जागिरबाट हटाउने, तलब घटाउने, नदिने काम हुँदा सरकार पनि पत्रकारको पक्षमा बोल्न नसक्ने रमिते बनेको छ । राजनीतिक दल पनि थाहै नपाएको जस्तो नाटक गर्ने गर्दछन ।
आधुनिक मुुलुकको पत्रकारिता क्षेत्रमा हासिल गरेको उपलब्धिका बारेमा वहस गर्नुपर्ने बेलामा पुरानै कुरा दोहो¥याउनु परेको छ । राज्य र संचारगृह पत्रकारका हकहितेप्रति उदासीन रहेको प्रमाण एउटै मुद्धा उठाइरहनु हो । सिंहदरबारमा केन्द्रीत रहेको अधिकार स्थानीय तहसम्म पुगेको छ । तर सिंहदरबारमा बस्नेको जस्तै व्यवहार गर्न थालेका छन् । आफुलाई सिंहदरबारको शासक जस्तो ठान्ने प्रवृत्ति बढेको छ । पत्रकारलाई राज्यले संबोधन गर्र्ला आर्थिक विकास र समृद्धिको बाटोमा हिडाउन प्रेसको महत्वपूर्ण भुमिका रहन्छ । नेपाललाई आधुनिक विश्वसँग एकाकार गराउन प्रेस स्वतन्त्रताको ग्यारेन्टी र पत्रकारको पेशागत र भौतिक सुरक्षा आवश्यक छ । पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघको झण्डामुनि मुलुकभर र संसारभर छरिएर रहेका नेपाली पत्रकारको अधिकार र स्वतन्त्रताको लागि पेशाप्रति ईमान्दार बन्नु आजको आवश्यकता हो । सत्ताको दास बनेर झर्ला र खाउँला भनेर बस्ने काम पत्रकार र पत्रकार महासंघको होइन । नागरिकको अधिकार सुरक्षित गर्ने, भयरहित वातावरण बनाउन सधैं खबरदारी गर्नुपर्छ । स्थापना दिवसको अवसरमा सबैलाई पत्रकार महासंघको इतिहास, अहिलेको जिम्मेवारी र नेपाली जनताले सधैं सम्झने नागरिक संस्था बनाउने प्रेरणा मिलोस सबैमा शुुभकामना ।

प्रतिकृया दिनुहोस्

गाईजात्रा सांस्कृतिक पर्वको शुभकामना

काठमाडौं उपत्यकामा बसोबास गर्ने नेवार समुदायले मनाउने गाईजात्रा अहिले देशका मुख्य शहरहरुमा मनाउने गरिएको छ । कला , संस्कृति को धनी काठमाडौं उपत्यकामा मनाइने सांस्कृतिक...

कांग्रेस र कम्युनिस्टले बिर्सेको बाटो

नेपालको राष्ट्रिय हित र नेपाली जनताको मुक्तिको लागि पार्टी स्थापना गरेर जीवनकाल भरी सर्घषरत स्वर्गीय वीपी कोइराला र पुष्पलाल दुई सपुतलाई देशैभरी सम्झने गरिन्छ ।...

रैतीबाट नागरिक भएको दिन गणतन्त्र दिवस

नेपालमा गणतन्त्र घोषण भएको १७ वर्ष पुरा भएको छ । गणतन्त्र घोषणको १८ औं वर्ष प्रवेशमा गरेको छ । २४० वर्ष पुरानो शाह वंशीय राजतन्त्रको...

सिमित घेरामा राष्ट्रिय पत्रकारिता दिवस

नेपाली भाषाको पहिलो पत्रिका गोरखापत्र प्रकाशन भएको दिनलाई संझेर राष्ट्रिय पत्रकारिता दिवस मनाउन थालिएको छ।गोरखापत्र प्रकाशित भएको १२५ बर्ष भएको छ । १९५८ साल बैशाख...

असुरक्षाकाबीच प्रेस स्वतन्त्रताको वर्णन

विश्व भरी र नेपालमा प्रेस स्वतन्त्रता दिवसको वर्णन भइरहककदा प्रेस स्वतन्त्रता सूचकाङ्क (आरएसएफ) अनुसार सन् २०२४ मा नेपाल ७९ औँ स्थानमा छ । यसले नेपालको...

श्रमिक दिवसको शुभकामना

विश्वभरका मजदुरहरुले गरेको सर्घषको इतिहासलाई सम्झेर मे दिवस मनाइने गरिएको छ । १३५ बर्ष पहिला मे १ तारिकका दिन संसार निर्माण गर्ने श्रमिक वर्गले संघर्ष,...