Pokharapatra National Daily

मुख्यमन्त्री अधिकारीको सरकारलाई मार्ग प्रशस्त गर्न कागेंसको आग्रह

गण्डकी प्रदेशमा अल्पमतमा परेका मुख्यमन्त्री खगराज अधिकारीे नेतृत्वको सरकारलाई मार्ग प्रशस्त गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कागेंसले आग्रह गरेको छ ।
गण्डकी प्रदेश संसदीय दल नेपाली कागें्रसका नेता सुरेन्द्रराज पाण्डे सहितको टोलीले शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलन गरी मुख्यमन्त्री अधिकारीलाई अब नयाँ सरकार गठनको लागि मार्गप्रशस्त गर्न आग्रह गरेको हो । नेकपा माओवादी केन्द्रबाट सरकारमा गएका दुई मन्त्रीले राजीनामा सहित सरकार छाडेर समर्थन समेत फिर्ता लिएको एक दिन पछि कांग्रेसले अब अल्पमतमा परेको अधिकारीको नेतृत्व सरकारले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने दलका नेता पाण्डेको भनाई थियो । राष्ट्रपति निर्वाचनमा केन्द्रमा कांग्रेस, माओवादी केन्द्र सहितका दलको गठबन्धने भएसंगै प्रदेश सरकार समेत अल्पमतमा पर्ने स्थिती आएको हो । शुक्रबार माओवादीले समर्थन फिर्ता लिएपछि प्रदेश सरकार अल्पमतमा परेको र बहुमत जुटाउने सम्भावना नभएकोले अब सरकारमा बस्नु उचित नहुने पाण्डेको भनाई छ । कामचलाउ सरकारले आर्थिक दायित्व सिर्जना गर्ने, कर्मचारी नियुत्ति सरुवा बढुवा लगायतको काम गर्नु न्यायसंगत नहुने उनले बताए ।
अल्पमतमा परेको सरकारले रातरात भविष्यमा प्रदेशलाई आर्थिक भार हुने कुनै पनि आर्थिक दाहित्व सृजना गरेको खण्डमा त्यसको सम्पूर्ण जिम्मेवार नयाँ सरकारले लिन बाध्य नहुने पाण्डेले चेतावनी दिए । उनले भने “आज हामी नेपाली राजनीतिको फरक दृष्यमा प्रवेश गरेका छौं, निर्वाचनका बेलामा राजनीतिक दलहरु बीच भएका तालमेल, त्यसपछि बनेको सरकारमा भएको समीकरण, झण्डै दुई महिना पछि पुनः अर्को गठबन्धन हुँदै देशको राजनीति चलेको यहाँहरुलाई अवगत नै छ ।” यति छिटोछिटो राजनीतिक मोर्चाबन्दी फेरबदल हुनु मुलुकलाई आवश्यक राजनीतिक स्थिरताका लागि हितकर नभएको बताएका पाण्डेले राष्ट्रपतिको निर्वाचनपछि फेरिएको राजनीतिक समीकरणले आफुहरुलाई अर्काे बाटोमा लागेको जनाए । गण्डकीमा कांग्रेस सहित माओवादी केन्द्रको साथ पाएको खण्डमा कागेंसका पाण्डे मुख्यमन्त्री बन्ने प्रवल सम्भावना रहेको छ । गण्डकीमा कागेंसका २७, एमालेका २२, माओबादीका ८, राप्रपाका २, एक स्वतन्त्र सहित ६० जना सांसद रहेका छन् । गण्डकीमा नेकपा एमाले, माओवादी केन्द्र र राप्रपाको समर्थनमा एमालेका अधिकारी गत पुष २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । अधिकारी प्रदेशका तेश्रो मुख्यमन्त्री भएका हुन् ।

प्रतिकृया दिनुहोस्