Pokharapatra National Daily

पाल्पाका खानेकुरा र बस्तु अब पोखराको पाल्पा हाउसमा

नेपाली कला संस्कृति र छुट्टै पहिचान भएको पाल्पा जिल्लाको बस्तु तथा खानेकुरा अब पोखराको न्युरोड स्थित पाल्पा हाउसमा उपलब्ध गराएकोे छ ।
पाल्पा हाउस प्रालिले पाल्पाका बस्तु तथा खानेकुरा एवं पाल्पाको पहिचानलाई अब पोखराबाट बजारीकरण तथा प्रमोशन गर्ने भएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा पाल्पा हाउस प्रालिका अध्यक्ष कुलप्रसाद घिमिरेले बताए ।
मायाको प्रतीक रानीमहलको झल्को दिने गरी निर्माण गरिएको पाल्पा हाउसको भवनमा ‘रानीमहल रेष्टुरेन्ट’ बाट पाल्पाली परिकार चुकाउनी, बटुक, मिसमास, छोयला लगायत चलन चल्तीका खानाका विभिन्न स्वाद पस्किने अध्यक्ष घिमिरेले जनाए । उनले भने “पाल्पा र पोखरा बीच पुरानो सम्बन्ध हो, पहिले पोखरेली पढ्न पाल्पा जान्थे, समयक्रमसँगै विभिन्न कामकाजको सिलसिलामा पाल्पालीहरु पोखरा झरे ।” गण्डकी प्रदेशको राजधानि एवं पर्यटकीय स्थल पोखरा र लुम्बिनी प्रदेशको अर्को पर्यटकीय स्थल तानसेनलाई जोड्न पोखरामा पाल्पा हाउस संचालमना ल्याएको अध्यक्ष घिमिरेले जनाए ।
जन्म जिल्ला पाल्पा र कर्म जिल्ला कास्की क्षेत्रमा उत्पादित बस्तु तथा स्थानको पहिचान गराउने उद्धेश्यले पोखरामा पाल्पा हाउस संचालनमा ल्याएको उनले बतए । दुबै जिल्लाको बस्तु तथा सेवा, एवं खानाको परिकारको संगै कला संस्कृति समेत प्रबद्र्धन गर्न आफुहरुले उक्त क्षेत्रमा १७ वटा स्टलहरु संचालनमा ल्याएको उनले जनाए । पाल्पा जिल्ला घर भई हाल पोखरामा विभिन्न पेसा, व्यवसाय, अध्ययनको सिलसिलामा पाल्पाली समाज पोखरा स्थापना भएसंगै सम्पर्क समाजहरु मध्य सबैभन्दा पुरानो समाज भएको दाबी गरेका अध्यक्ष घिमिरेले पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लि.र पाल्पाली कोलोनी खुलेको जनाए । पाल्पाली चिनारीहरु ढाका, करुवा लगायत फलफूल तथा कृषिजन्य उत्पादनहरु पाल्पाकै सुपथ मूल्यमा यहीबाट उपलब्ध गराइने भएको छ । त्यस्तै कास्कीको पहिचान जेठोबुढो तथा विभिन्न कृषि उत्पादनको बजारीकरण गरिने भएको छ । एकै छानामुनि विभिन्न सेवा दिने उद्देश्यले पाल्पा हाउसमा कुल १७ सटरमा विभिन्न प्रकृतिका पसलहरु संचालित छन् । समग्रमा पाल्पा हाउसले कास्की र पाल्पामात्र नभै गण्डकी र लुम्बिनी प्रदेशकै पर्यटन प्रवद्र्धन सहित आर्थिक गतिविधिमा टेवा पु¥याउने हाउसका खेम सारुले विश्वास व्यक्त गरे । भविष्यमा पाल्पा हाउस मुलुकका विभिन्न सहरमा पनि बिस्तार गर्दै जाने आफुहरुको योजना भएको उनले जनाए । यसैबिच उक्त पाल्पा हाउसको एक समारोहका बिच यही चैत १० गते शुक्रबार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र तानसेन नगरपालिकाका मेयर सन्तोषलाल श्रेष्ठले उद्घाटन गर्ने भएको उनले जनाए । उक्त हाउसको उद्घाटनको अवसरमा एक सातासम्म १० प्रतिशतसम्म बिषेश छुटको व्यबस्था मिलाएको अध्यक्ष घिमिरेले जनाए । दुई तले पक्की उक्त भवन निर्माणमा करिब २ करोडको लगानी भएको उनले जनाए ।

प्रतिकृया दिनुहोस्