Pokharapatra National Daily

अटो क्षेत्रलाई प्रवद्र्धन गर्न एक अंकको व्याजदरमा झार्न व्यवसायीको माग

सबैभन्दा धेरै कर संकलन हुने अटो क्षेत्रलाई प्रबद्र्धन गर्न एक अंकको व्याजदरमा झान व्यवसायीहरुले माग गरेका छन् । अटो क्षेत्रमा हाल देखिएको समस्या समाधान गर्न बैंक तथा वित्तीय संघ संस्थाहरुले १६÷१७ प्रतिशत रहेको व्याजदरलाई घटाएर एक अंकमा झार्दा त्यसबाट व्यवसायीहरुको हित हुने तथा व्यवसायीक प्रबद्र्धन हुने बताएका हु्न ।
२ लाख रुपैया पर्ने मोटरसाइकल स्कुटरदेखि एक करोड भन्दा बढी मुल्य भएका सवारी साधनको हिजोआज नेपालमा मात्र नभई गण्डकी प्रदेशको राजधानी पोखरा क्षेत्रमा पनि खासै बिक्री वितरण भएको छैन । अघिल्ला बर्षको तुलनामा यस वर्ष भने निकै नराम्रोसंग अटो व्यवसायी प्रभावित भएको व्यवसायीहरुले गुनासो गरेका छन् । कोभिड—१९, युवा शक्ति बाहिरिनु, जनताको आम्दानीको श्रोत कम हुनु, माग कम उत्पादन बढी लगायतका कारणले गर्दा अटो व्यवसाय पनि नराम्रोसंग प्रभावित भई केहीले कर्मचारी घटाउनुपर्ने अबस्था रहेको छ भने केहीले सोरुमहरु बन्द गर्नेे अबस्थामा पुगेका छन् ।
पोखरा क्षेत्रका विभिन्न अटो व्यवसायीहरुसंग गरिएको कुराकानीको आधारमा हेर्दा यसको मुख्य समस्या बैंकहरुको व्यजदर हाल दोब्बरले बृद्धि हुनु मुख्य कारण भएकाले त्यसको सहजीकरणको लागि कम्तिमा केही एक अंकमा व्याज दर घटाउन व्यवसायीहरुले समेत माग गरेका छन् ।
पश्चिमाञ्चल अटो मोवाइल डिलर्स एशोसियसनका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले अहिले बजारको अबस्था निकै नाजुक भएको उल्लेख गर्दै अटो व्यवसाय अहिलेको अबस्थामा टिक्नै कठिन भएको गुनासो गरे । विगतको करिब ६ महिना जेनतेन गरी धानेको अबस्थामा अझै पर्ख र हेरको अबस्थामा आफुहरु रहेको उनले बताए । उनका अनुसार पोखरामा सुजुकी कम्पनीले मासिक ३० वटासम्म गाडी बिक्री गर्ने गरे पनि पछि पछिल्लो समयमा मुस्किलले ५ वटा मात्र बिक्री गर्ने गरेको अध्यक्ष श्रेष्ठले बताए । सुजुकी, किया, हुण्डाई, निसान लगायतका कम्पनीका गाडीहरु पोखरामा बढी बिक्री हुने भए पनि हाल विभिन्न कारणले गर्दा अघिल्ला बर्षको तुलनामा करिब २० प्रतिशत मात्र अटो व्यवसाय अन्र्तगत सवारी साधनहरु खरिद बिक्री हुने गरेको उनले जनाए ।
गण्डकी धौलागिरी निसान गाडीको आधिकारीक बिक्रेता इलाइट मोटर्स प्रा.लि.का संचालक युवा व्यवसायी गोपाल बरालले आम्दानी कम भएकोले गर्दा हाल अटो व्यवसाय निकै सुस्त गतिमा अघि बढेको बताए । मासिक १२ देखि १५ वटा गाडी बिक्री हुने गरेको बताएका बरालले कुनै पछिल्लो समयमा मुस्किलले १÷२ वटा मात्र गाडी बिक्री हुने गरेको जनाए । यसको मुख्यकारण व्याजदर बढेको दाबी गरेका संचालक बरालले व्याजदर १० प्रतिशतमा मात्र झान सक्दा पनि त्यसबाट अटो व्यवसाय लयमा फर्किने विश्वास व्यक्त गरे । बैंकहरुसंग निर्भर भएको कारणले गर्दा यसलाई सरकारले रम्रोसंग नियमन गर्नुपर्ने उनको भनाई छ । राज्यलाई अन्य क्षेत्रबाट भन्दा अत्याधिक मात्रमा कर दिने अटो व्यवसाय जोगाउनु राज्यको समेत दाहित्व भएको बताउदै उनले केही महिना ओभर डियू सारेको अबस्थामा समेत सहज हुने बरालले जनाए । पहिला विभिन्न एक्सचेन्ज, सर्भिस जस्ता कार्यक्रममा सहभागी हुनेको संख्या उल्लेखनिय रुपमा हुने गरे पनि पछि पछिल्ला समयमा त्यसको प्रभाव निकै कम हुदै आएको उनले बताए । श्रेष्ठ मोटरसाइकल एण्ड पाट्र्स तथा जावा मोटरसाइकलको सोरुम समेत संचालन गर्दैै आएका अध्यक्ष श्रेष्ठले अटो क्षेत्रको व्यवसाय करिब ८० प्रतिशतले गिरावट आएको जनाए । विकास बैंकहरुले १२÷१३ प्रतिशतमा डिपोजिटमा माग गरेको आधारमा वेसरेट ४÷५ राख्दा १६÷१७ प्रतिशतमा ऋण लिएर व्यवसायीहरुले अटो क्षेत्रमा लगानी गर्न नसक्ने अबस्था रहेको अध्यक्ष श्रेष्ठले बताए । केही समय अघि ७÷८ प्रतिशतमा कर्जा लिएको अबस्थामा हाल दोब्बर भन्दा पनि बढी हुदा व्याजदरको सन्तुलन राख्न नसक्ने अबस्थाले गर्दा अटो व्यवसाय प्रभावित भएको उनले बताए । नेपालभरी हालसम्म ६० वटा सोरुमहरु बन्द नै भएको दाबी गर्दै अध्यक्ष श्रेष्ठले सरकारले यसलाई नजरअन्दाज गरेर बैंकको व्याजदर घटाउन तर्फ ध्यान नदिएमा अबको ६ महिनामा थप ६० भन्दा बढी सोरुम बन्द हुने उनको भनाई छ । सरकारको बिकास बजेट समेत समयमै खर्च हुन नसक्दा पनि त्यसबाट आम जनताको आर्थिक स्थिती कमजोर भएको उनले जनाए ।
यसैबिच, इच्छाशक्ति अटो मोवाइल प्रा.लि.का संचालक इच्छामान बुद्धाचार्यले नेपाली युवा शक्ति बाहिर जाने गर्दा अटो क्षेत्रमा कम ग्राहकहरु आउने गरेको बताए । आफ्नो सोरुमबाट अघिल्ला बर्षमा मासिक १ सय ५० वटासम्म मोटरसाइकल बिक्री गर्ने गरे पनि हाल करिब ४५ वटा मात्र बिक्री हुने गरेको उनले जनाए । पहिला कम्तिमा पनि स्नातक तह अध्ययन पश्चात विदेश जाने युवा शक्ति अहिले प्लस टु अध्ययन सकिनासाथ विदेश जाने गरेको बुद्धचार्यले जनाए । बैंकको व्याजदर, घर जग्गामा कडाई गर्नुले पनि अटो क्षेत्रमा मार परेको उनले जनाए । नेपाली युवा शक्तिलाई स्वदेशी रोक्न विश्वस्तरिय गुणस्तरिय शिक्षा आवश्यक भएको संचालक बुद्धचार्यले जनाए । अहिलेको अबस्था रहिरहेमा २० बर्ष पछि नेपालमा जेष्ठ नागरिकको सङख्या उल्लेखनिय रुपमा बृद्धि हुने नेपालको युवा शक्ति बाहिरकै बाहिर हुने उनको बुझाई छ । अहिले धेरै क्षेत्रमा आर्थिक मन्दी भएको हुदाँ त्यसबाट बजारमा कम चहल पहल हुनुले अटो व्यवसायमा कम कारोवार भएको बुद्धाचार्यले जनाए ।
पश्चिमाञ्चल अटो मोवाइल डिलर्स एशोसियसनका पूर्व अध्यक्ष मोहनबाबु खड्काले आर्थिक समस्या र यसबाट उत्पन्न भएको तरलता अभावले बढी प्रभाव अटो क्षेत्रमा परेको बताए । सोरुम खर्च बढाउदै गएको अबस्थामा विभिन्न कम्पनीहरुले अब बन्द गर्न थालेको बताउदै उनले सोरुममा काम गर्ने कामदार घटाउनेदेखि अतिरिक्त खर्च कटौती तर्फ केन्द्रित भएको उनले जनाए ।
राष्ट्र बैंकको नीतिको कारण बैंक वित्तीय संस्थाहरुले अत्याधिक व्याजदरमा मुल्य बृद्धि गरेकोले त्यसको नियमन गर्न राष्ट्र बैंक चुकेको पूर्व अध्यक्ष खड्काले बताए । देशका अधिकांश क्षेत्र आर्थिक रुपमा कमजोर भएको अबस्थामा बैंक तथा वित्तीय संस्थाहरुले कम मुनाफा हुने गरी काम गर्न उनले आग्रह गरे ।

प्रतिकृया दिनुहोस्