Pokharapatra National Daily

आनन्द टोल विकास संस्था पोखरा–१४ चाउथेको अध्यक्षमा शिला थापा

आनन्द टोल विकास संस्थाको १३ औं साधारण सभा तथा छैटौं अधिवेसन बुधबार नारी दिवसको दिन सम्पन्न भएको छ ।
टोल विकास संस्थाको अधिवेशनले शिला थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा धन बहादुर नेपाल क्षेत्री, सचिवमा दिपा ढकाल, सहसचिवमा रामभक्त भट्टराई रकोषाध्यक्षमा अप्सरा थापा रहेका छन् । यसैगरी सदस्यमा सुवाश पौडेल, सन्तोष घिमिरे, गितादेवि शर्मा, मिठु विसुन्के, श्यामकृष्ण चापागाई र नुनुमाया महर्जन रहनुभएको छ । निर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक विष्णु अधिकारीले सपथ ग्रहण गराउनु भएको थियो । उक्त कार्यक्रमको प्रमुख अतिथि वडा नं. १४ का वडा अध्यक्ष बोधबहादुर कार्की रहनु भएको थियो । सो अवसरमा कार्कीले वडाको विकासमा टोलविकास संस्थाको महत्वपूर्ण भूमिका रहने हुदाँ आफूले टोलको विकासलाई नै प्राथमिकतामा राखेको बताउनुभयो । कार्यक्रमको अध्यक्षता टोल विकास संस्थाका अध्यक्ष विश्वनाथ ओझाले गर्नु भएको थियो भने विशेष अतिथि वडा नं. १४ का वडा सदस्य कृष्णहरि काफ्ले रहनु भएको थियो । टोलका कार्यसमिति पदाधिकारहरु, मोदी गा.वि.का शिक्षा प्रमुख झक प्रसाद गौतम लगायतले आ–आफ्ना मन्तब्य राखी टोललाई सम्बृद्ध पार्न आफूहरु सबै जना एकजुट हनुपर्नेमा जोड दिनुभएको थियो । साथै टोलका जेष्ठ नागरिक ८२ वर्षोय त्रिवेणी गुरुङ, ८१ वर्षीय ज्ञानुमाया रानाभाट, ७९ वर्षीय जगन कुमारी गुरुङ, ७९ वर्षीय सिरमती गुरुङलाई दोसल्ला ओडाई जेष्ठ नागरिक सम्मानपत्र प्रदान गरिएको थियो । सो अवसरमा संस्थालाई सहयोग गर्ने खडक बहादुर गुरुङलाई पनि सम्मान गरिएको थियो ।
संस्थाको नयाँ सदस्य लिने सदस्यहरुलाई पनि प्रमाण पत्र प्रदान गरि सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाको आयव्याय तथा प्रगति विवरण समेत प्रस्तुत गरिएको थियो । निर्वतमान कोषाध्यक्ष शिला थापाले संचालन गर्नुभएको उक्त कार्यक्रम वनभोज सहित अर्घौको भ्यू पार्क स्थित खराने ठाउँमा भएको थियो । कार्यक्रमको अन्तमा निर्वतमान अध्यक्ष विश्वनाथ ओझाले मन्तव्य राख्नु भएको थियो भने नवनिर्वाचित अध्यक्ष शिला थापाले आफूलाई सबैबाट सहयोगको अपेक्षा समेत गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्