Pokharapatra National Daily

ताल बाराही मन्दिरको पुनःनिर्माणको लागि क्षमा पूजा

पोखरा महानगरपालिका वडा न ६ स्थित फेवातालको विचमा अबस्थित ताल बाराही भगवती मन्दिरको पुनःनिर्माण को लागि प्राण प्रतिष्ठा सहित क्षमा पूजा गरिएको छ ।
सोमबार र मंगलबार गरि दुई दिन लगाएर प्राण प्रतिष्ठा सहित क्षमा पूजा सम्पन्न गरिएको ताल बाराही मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले बताए । भुईंतला सहित तीनतले मन्दिर तिन इन्च दक्षिणतर्फ ढल्किएको पत्ता लागेपछि मन्दिर ब्यवस्थापन समिति मन्दिरको पुन निर्माणमा जुटेको हो । ताल बाराही देवीको मन्दिर पुननिर्माण गर्दा कही कतै भुलबस कुनै काम भएमा, देवी माताले विघङबाधा अडचन नगरुन र कसैलाई पनि नराम्रो नहोस भन्ने उद्देश्यले पूजा गरिएको पण्डित विश्वेश्वर पौडेलले बताए । आउँदो १७ गतेदेखि मन्दिरमा स्थापित प्रतिमुर्तिमा भक्तजनहरुले पूजा अर्चना गर्ने र नित्य पूजा मन्दिरका पुजारीहरुले देवीको मुर्तिमा गर्ने उपाअध्यक्ष जुना अधिकारी बताइन । मन्दिर पुनःनिर्माणका लागि करिब एक करोड पैतालिस लाख लाग्ने अनुमान गरिएको अध्यक्ष कुँवरले जानकारी दिदै नेपाल सरकारको “पुरातत्व विभाग” बाट पच्चिस लाख मात्र सहयोग दिने आश्वान आएकोले बाँकी रकम प्रदेश र स्थानिय सरकार सहित भक्तजनहरुको सहयोगमा कलात्मक ढाँचामा मन्दिर निर्माण सम्पन्न गर्ने योजना रहेको सुनाए । उनले यहि आउँदो फागुनको अन्तिम हप्ता आम वडा भेला गर्ने चैतको पहिलो हप्ता देखि मन्दिरको पुनःनिर्माण जुटने जानकारी समेत गराए । मन्दिर पोखराको प्रमुख धार्मिक पर्यटकीय गन्तव्य हो ।

प्रतिकृया दिनुहोस्