Pokharapatra National Daily

बैंक तथा वित्तीय संघसंस्थाको चर्को व्याजको बिरोधमा व्यवसायी सडक आन्दोलनमा

पोखरा क्षेत्रका उद्योगी व्यवसायीहरु यति वेला आन्दोलित भएका छन् । पोखरा उद्योग बाणिज्य संघको आयोजानमा विहीबार पोखराको व्यस्त सडक चिप्लेढुंगामा सडक प्रदर्शनी सहित बिरोध कार्यक्रम गरिएको संघका अध्यक्ष पवन प्रजापतिले बताए ।
आफुहरुले ज्ञापन पत्र बुझाए देखि शान्ति पूर्ण आन्दोलन हुर्दैै अगाडी बढेको समयमा राज्यले कुनै सुनुवाई नगरेकोले सडक आन्दोलन गर्न बाध्य भएको अध्यक्ष प्रजापतीले जनाए । सरकारले आफुहरुको माग जति सक्दो छिटो सम्बोधन गर्न आग्रह गर्दै उनले सरकारले आफ्नो माग पूरा नगरे थप सशक्त आन्दोलन हुने उनले चेतावनी दिए ।
बैंकहरुले ७÷८ प्रतिशतको व्याजदर हाल बढाएर दोब्बर पुराएकोले गर्दा केही व्यवसायीहरु पलायन हुने अबस्थामा त केही व्यवसायी आत्मदाह सम्म गर्न थालेकोले यसको जिम्मा अब बैंकहरुले लिनुपर्ने अध्यक्ष प्रजापतीले जनाए । बैंकको चर्को व्याजका कारण व्यवसायीहरु हाल टाट पल्टनी अबस्थामा राज्यले यसलाई समयमै राहत दिने गरी कम्तिमा एक अंकको दरमा झार्न राष्ट्र बैंक मार्फत निर्देशन दिनु पर्ने लेखनाथ उद्योग बाणिज्य सघका अध्यक्ष छत्रेधर आत्रेयले बताए ।
संघका पूर्व अध्यक्ष बाबुराम गिरीले हिजोआज उद्योगी व्यवसायीहरु व्यपार नहुदा व्यवसायबाट पलायन हुन थालेको केही अप्रिय घटना समेत हुन थालेको बताए । वित्तीय संघ संस्थाको चर्को व्याजदरका कारणले गर्दा व्यवसयिहरुले आत्मदाह समेत गर्न थालेको उनले दाबी गरे । यस विषयमा नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयको स्पष्ट नीति ल्याउनु पर्ने व्यवसायी गिरीले बताए । उक्त सडक आन्दोलनमा १ सय ४९ वटा विभिन्न संघ संस्थाको एकतावद्धता रहेको संघका बरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले बताए ।
उद्योग व्यापार नबचे अर्थतन्त्र बच्दैन, गरिखाने मर्दै छ सरकारको राजश्व घट्दैछ, व्ययाजदर एक अंकमा कायम गर, बैंकिङ धरपकड बन्द गर, व्याजमा मनपरी प्रिमियम बन्द गर, तरलताको समस्या समाधान गर, व्याजदर घटाउ गरिखान देउ, उद्योग व्यापार बचाउ राष्ट्रिय अर्थतन्त्र जोगाउ, व्यवसायीक वातावरण कायम गर, उद्योगी व्यवसायीलाई पिडित घोषणा गर भन्दै व्यवसायीहरुले नारा समेत लगाएका थिए । पोखराको चिप्लेढुंगामा करिब एक घण्टा जसो सडक जाम नै गर्दै व्यावसायी सडकमै उत्र्रिएका थिए । उक्त कार्यक्रममा आफ्नो एकिवद्धत्ता जनाउन पोखराका पर्यटन व्यवसायीदेखि लेखनाथ उद्योग बाणिज्य संघ समेत सहभागी भएका थिए ।
उद्योग व्यापार नबचे अर्थतन्त्र बच्दैन, गरिखाने मर्दै छ सरकारको राजश्व घट्दैछ, व्ययाजदर एक अंकमा कायम गर, बैंकिङ धरपकड बन्द गर, व्याजमा मनपरी प्रिमियम बन्द गर, तरलताको समस्या समाधान गर, व्याजदर घटाउ गरिखान देउ, उद्योग व्यापार बचाउ राष्ट्रिय अर्थतन्त्र जोगाउ, व्यवसायिक वातावरण कायम गर, उद्योगी व्यवसायीलाई पिडित घोषणा गर भन्दै व्यवसायिहरुले नारा समेत लगाएका थिए । पोखराको चिप्लेढुंगामा करिब एक घण्टा जसो सडक जाम नै गर्दै व्यावसायी सडकमै उत्र्रिएका थिए । उक्त कार्यक्रममा आफ्नो एकतावद्ध जनाउन पोखराका पर्यटन व्यवसायी देखि लेखनाथ उद्योग बाणिज्य संघ समेत सहभागी भएका थिए ।

प्रतिकृया दिनुहोस्