Pokharapatra National Daily

कर्मशिल सहकारीको वनभोज तथा सदस्य साक्षरता कार्यक्रम

कर्मशिल बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा–८, सभागृहचोकको आयोजनामा सहकारीका शेयर सदस्यहरुका लागि लक्षित रमाइलो वनभोज तथा सदस्य साक्षरता कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
कार्यक्रममा सहकारीका बारेमा संस्थाका अध्यक्ष संगिता गौतम तिमिल्सिनाले सदस्यहरुको मूल काम तथा कर्तव्यका बारेमा बताउनु भएको थियो । यसैगरी संस्थाका सल्लाहकार देविलाल शर्मा तिमिल्सनाले सहकारीको बचत योजनाका बारेमा तथा भावी योजनाको सम्बन्धी जानकारी दिनुभएको थियो । सहभागी शेयर सदस्यहरको तर्फबाट निवर्तमान अध्यक्ष÷सल्लाहकार धु्रव कुँवरले सहकारी संस्था र शेयर सदस्यलाई सल्लाह सुझाव दिनुभएको थियो ।
संस्थाका शिक्षा उपसमिति संयोजक गोविन्द प्रसाद गौतमले संचालन गर्नु भएको कार्यक्रममा सदस्यहरुले स्वईच्छाबाट आवधिक बचत राख्ने घोषणा समेत भएको थियो । रमाईलो वनभोज कार्यक्रमको संयोजक संस्थाका सल्लाहकार श्रीमान गुरुङ र उपसमिति सदस्य सोनी ढेवाजूले गर्नुभएको थियो । सो कार्यक्रममा म्युजिकल चियर, तातो आलु, उत्कृष्ठ बाल नृत्य जस्ता खेलहरु समेत गरिएको थियो । संस्थाका शेयर सदस्यहरुको उल्लेख्य सहभागितामा सांस्कृतिक कार्यक्रम सहित सम्पन्न भएको संस्थाका प्रबन्धक देवेन्द्र धितालले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्