Pokharapatra National Daily

एमालेका उमेदवारलाई राष्ट्रपति बनाए देशमा बर्बाद हुन्छः अध्यक्ष नेपाल

नेकपा एकिकृत समाजबादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले राष्ट्रपतिमा नेकपा एमालेका नेतालाई उमेदवार बनाए देश बर्बादमा पर्ने बताएका छन् ।
समाजबादी प्रेस संगठन कास्कीले बुधबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै अध्यक्ष नेपालले प्रतिगमनको बाटोमा जाने पार्टी एमालेका उमेदवारलाई राष्ट्रपति बनाएमा देश बर्बादमा पर्ने बताएका हुन् ।
एमालेबाट सभामुख, राष्ट्रिय सभाका अध्यक्ष सहित अब राष्ट्रपति एमालेको भागमा पर्ने अबस्था आए देशमा झन अन्यौल र प्रतिगमन तर्फ जाने अंकित गर्दै अध्यक्ष नेपालले परिवर्तनकारी, अग्रगामी शक्तिहरु एक हुनु पर्नेे बताए । आफ्नो पार्टीबाट राष्ट्रपतिको दौडमा नभएको बताउदै लोकतान्तिक गणतन्त्रलाई संस्थागत गर्ने परिवर्तन र अग्रगामी व्यक्तिको पक्षमा आफुहरुले राष्ट्रपति बनाउन चाहेको उनले बताए । एमालेले यदि राष्ट्रपतिको उमेदवार उठाए आफुहरु त्यसको प्रतिपक्षमा मतदान गर्ने र बिरोध गर्ने उनले जनाए । अहिलेको खिचडी सरकार भएको अध्यक्ष नेपालको भनाई थियो । अध्यक्ष नेपालले २०६२÷०६३ र संविधानबाट प्राप्त उपलब्धिलाई संस्थागत नगरुन्जेल अग्रगामी शक्तिहरु एक हुनु पर्ने उनको भनाई थियो । आफ्नो पार्टी कुनै पार्टीसँग विलिन नहुने तर परिवर्तनकारी अग्रगामी बाम शक्तिहरु बिच एकता हुने प्रयास भने जारी रहेको अध्यक्ष नेपालको भनाई थियो । संगठन सृदृण गर्दै संगठन बिस्तार गर्ने अभियानमा आफुहरु रहेको उनले बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री प्राप्त गर्न अग्रगामी र प्रतिगामी शक्ति बिच गठबन्धन गराएको आरोप लगाए ।
नेपालमा प्रतिगमन सम्भव नभएको दाबी गर्दै अध्यक्ष नेपालले प्रतिगमनकारी शक्ति सलवलाएमा आफुहरुले जस्तोसुकै मुल्य चुकाउन पनि पछि नपर्ने आसय व्यक्त गरे । देशको राजनीतिक अबस्था खोलाको पानी जस्तो जता ओरालो उतै तर्फ पानी बगेजस्तो भएको उनले टिप्पर्णी गरे । अहिलेको राजनीतिक अबस्था बुझ्दै सरकारका हरेक गतिविधिलाई मसिनो गरी नियाल्दै आएको अध्यक्ष नेपालले बताए । समाजबादी प्रेस संगठन गण्डकीका इन्चार्ज श्रीराम सिग्देलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको भिम थापाले बताए ।

प्रतिकृया दिनुहोस्