Pokharapatra National Daily

अध्यक्षमा अधिकारी, कलाकारहरु सम्मानित एवं पुरस्कृत

चलचित्र पत्रकार संघ नेपाल कास्की शाखाको अध्यक्षमा प्रभु अधिकारी निर्वाचित भएका छन् ।
शनिबार पोखराको एक होटलमा भएको पाँचौ अधिवेशनबाट सर्वसम्मत रुपमा आगामी तीन बर्षको लागि अधिकारी संघको अध्यक्षमा निर्वाचित भएका हुन् । संघको उपाध्यक्षमा अर्पण तिवारी, सचिवमा सन्तोष बस्याल, सहसचिवमा शंकर तिवारी, कोषाध्यक्षमा सुरक्षा श्रेष्ठ रहेका छन । त्यस्तै संघको कार्यसमिति सदस्यमा सुरेश सुनार, विनिता सुनार, एलीजा क्षेत्री, राकेश गुरुङ, सुदिप पौडेल, सिद्धार्थ गौतम, प्रेम थापा र गौरव त्रिपाठी सर्वसम्वत चयन भएका हुन् ।
केन्द्रीय प्रतिनिधिमा आशिष पुरी र सुशान घिमिरे चयन भएको पोखरापत्रलाई संघे जनाएको छ । उक्त अवसरमा संघले अग्रज कलाकार माओत्से गुरूङलाई सम्मान गरेको छ ।
त्यस्तै संघले जितप्रसाद द्धा चलचित्र पत्रकारिता पुरस्कारबाट पुर्व अध्यक्ष रेम बिक र पत्रकार राजाराम पौडेललाई पुरस्कृत गरेको छ । उनीहरुलाई पोखराका मेयर धनराज आचार्य, पूर्व अध्यक्ष अरुण गिरी लगायतले पुरस्कार वितरण गरेका थिए । पुरस्कारको राषि सम्मान पत्रको साथमा जनही २५ हजार रहेको छ । कार्यक्रममा बोल्दै मेयर आचार्यले पोखरालाई अन्तराष्ट्रिय फिल्म नगरीको रुपमा प्रचार प्रसार गर्नु पर्ने बताए । पोखरामा चलचित्र, खेलकुद सहितका सम्भावना भएका बिषयबस्तुले पर्यटकहरुलाई आकषर्ण गर्नु पर्ने उनले बताए । संघले संस्थापक अध्यक्ष श्रीराम सिग्देल सहित संस्थापक सदस्यहरूलाई सम्मान गरेको छ । संघका कार्यवहाक अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संघका केन्द्रिय उपाध्यक्ष कुबर डंगोल, नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदी, पुरस्कार छनोट समितिको संयोजक एवं महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, जिफानका अध्यक्ष गुन्जमान गुरुङ लगायतले वोलेका थिए ।

प्रतिकृया दिनुहोस्