Pokharapatra National Daily

पोखरामा मध्य रात १२ बजेसम्म व्यवसाय संचालन गर्न मुख्यमन्त्री अधिकारीको निर्देशन

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पोखरामा मध्य रात १२ बजेसम्म व्यवसाय संचालन गर्न निर्देशन दिएका छन् ।
पोखरा पर्यटन वरिषदले शुक्रबार पोखरामा आयोजना गरेको मुख्यमन्त्री अधिकारीको स्वागत तथा सम्मान कार्यक्रममा सहभागी मुख्यमन्त्री अधिकारीले कार्यक्रम स्थलबाटै प्रहरीलाई फोन गरी पोखरामा मध्य रात १२ बजेसम्म व्यवसाय संचालन गर्ने वातावरण व्यवस्थापन गर्न निर्देशन दिएका हुन् । पोखराका पर्यटन व्यवसायीहरुले प्रहरीले लेकसाइड क्षेत्रमा बढी मापसे चेकिङ र चरणबद्ध रुपमा होटल तथा रेष्टुरेण्टहरुमा लाइट बाल्दै बन्द गराउने गरेको गुनासो गरेका थिए । कार्यक्रम स्थलबाटै मुख्यमन्त्री अधिकारीले वडा प्रहरी कार्यालय बैदामका प्रमुख एवं डिएसपी युवराज भण्डारीलाई सिधै फोन गरी पोखराका पर्यटन व्यवसायीहरुलाई रातीको समयमा दुःख नदिन निर्देशन आग्रह गरे । कामको शिलशिलामा हाल आफु काठमाडौं रहेको बताउदै डिएसपी भण्डारीले अबको केही दिनमा मुख्यमन्त्रीले भने जसरी वेलुका राती १२ बजेसम्म पसलहरु खुल्न दिने भएका छन् । दोहोरी तथा डान्स वारले गर्दा कहिलेकाहिँ रातीमा झैझगडा हुने भएको मुख्यमन्त्री अधिकारी समक्ष डिएसपी भण्डारीले फोनबाटै जानकारी गराए । मुख्यमन्त्री अधिकारीले हाल अर्थतन्त्र निकै कमजोर भएको अबस्थामा व्यवसाय संचालनमा सहजीकरण गर्न र राती १२ बजेसम्म भए पनि होटल तथा रेष्टुरेण्ट एवं व्यवसाय संचालन गर्न आग्रह । यदि कुनै घटनामा संलग्न भएकाहरुलाई कानून बमोजिम कार्रवाही गर्न आग्रह गर्दै मुख्यमन्त्री अधिकारीले बिषेश व्यबस्था गरेर भए पनि अब पोखराको पर्यटन व्यवसायलाई सहज बनाउन सबै लाग्नु पर्नेमा जोड दिए । परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमम पोखराका विभिन्न पर्यटन संघ संस्थाका पदाधिकारीहरुले कोरोनाको कारण त्यसको प्रभाव अहिले परेकोले बैंक व्याच दोब्बर तेब्बरसम्म भएकोले व्याजदर घटाउन पहल गर्न आग्रह गरे । पोखराको पर्यटन प्रबद्र्धन गर्न प्रबद्र्धन गर्ने कार्यक्रम आवश्यक भएको परिषदका सचिव संजयकान्त सिग्देलले बताए । ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष धर्मराज पन्थीले व्यवसायीक जीवनरक्षा कोषको रकम व्यवसायी, मजदुरहरुलाई उपलब्ध गराउन माग गरे । सडक बाटोले गर्दा पैदल मार्ग मासिदै जादा पैदलयात्रामा निस्कने पर्यटकलाई असर परेको उनले जनाए । फलामे भ्यू टावरको सट्टा पदमार्गमा बजेट विनियोजन गर्न अध्यक्ष पन्थीले आग्रह गरे । भिटोभ गण्डकीका अध्यक्ष उदय सुवेदीले होमस्टे संचालन र अनुमतिपत्र स्थानिय सरकारलाई नै दिदा उचित हुने बताउदै होमस्टेमा दिइने अनुदानको नियमन र अनुगमन हुनु पर्ने बताए । पोखराको पर्यटन प्रबद्र्धन गर्न प्रबद्र्धन गर्ने कार्यक्रम आवश्यक भएको परिषदका सचिव सन्जयकान्त सिग्देलले बताए । होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पोखरामा करिब १ हजार २ सय हाराहारीमा होटल भएपनि अझै दर्ता र सरकारको नियमन भित्र नभएको बताए । बैंकको चर्को व्याजमा आफुहरु निकै ठुलो मारमा परेको परिषदका निवर्तमान अध्यक्ष गोपी बहादुर भट्टराईले बताए । परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पर्यटन व्यवसायी सूर्य बहादुर भुजेल, भरतराज पराजुली, पार्वती पाण्डे, परिषदका उपाध्यक्ष कृष्ण भण्डारी लगायतले पोखरामा तत्काल पर्यटन प्रबद्र्धन र प्रमोशन कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए ।

प्रतिकृया दिनुहोस्