Pokharapatra National Daily

ज्ञान गंगा स्कुल चाउथेमा सरस्वती पूजा

पोखरा–१४, चाउथै स्थित ज्ञान गंगा स्कुलमा बसन्त पञ्चमीको अवसरमा विद्याकी आराध्या देवी माता सरस्वतीको बन्दना एवम् पूजा कार्यक्रम
गरिएको छ ।
सो अवसरमा नवआगन्तुक बाल–बालिकाहरुका लागि एक समारोह विच अक्षरारम्भ कार्यक्रम समेत गरिएको थियो । सरस्वती पूजाका दिन अक्षरारम्भ गरेका बाल–बालिकाहरुलाई सदा सर्वदा विद्या, ज्ञान र सङ्गितकी अधिष्त्रात्री देवी सरस्वती माताको आशिर्वाद
रहिरहने जनविश्वास रहेको छ । विद्यालयले सोही समारोहमा आशिर्वाद एवम् शुभकामना आदनप्रदान गरेको थियो । विद्यालयले गुुणस्तरीय व्यवहारिक शिक्षामा जोड दिदै आएको प्रिन्सिपल शिला थापाले बताउनु भयो । उक्त दिन विद्यालयले भर्ना हुने नयाँ विद्यार्थीहरुलाई भर्ना निःशुल्क समेत गरेको थापाले बताउनु भयो । सरस्वती पूजामा विद्यालयका सबै तहमा अध्ययन गर्ने विद्यार्थीहरुको उत्साहजनक उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण भण्डारीले बालबालिकाहरुको समुज्ज्वल भविष्यको कामना गर्दे शुभकामना दिनु भएको थियो ।

प्रतिकृया दिनुहोस्