Pokharapatra National Daily

गण्डकीका ३ मन्त्रीले लिए शपथ

गण्डकी प्रदेश सरकारका ३ मन्त्रीले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
मंगलबार मुख्यमन्त्री खगराज अधिकारीले एमालेका रोशन गाहामगर र वेदबहादुर गुरुङ र माओवादी केन्द्रका रेशमबहादुर जुग्जालीलाई मन्त्री नियुक्त गरेका थिए । उनीहरुलाई मंगलबार साँझ प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनीयताको शपथ लिएका हुन् । उनीहरुको नियुक्तिसँगै ७ सदस्यीय गण्डकी सरकारले पूर्णता पाएको छ । यसअघि नै माओवादीका हरिबहादुर चुमान, एमालेकी सीता सुन्दास र राप्रपाका पञ्चराम गुरुङ मन्त्री नियुक्त भइसकेका थिए । मन्त्रीहरुको जिम्मेवारी पनि मंगलबार नै तोकिएको छ । एमालेका रोशन गाहाले आन्तरिक मामिला, सीता सुन्दासले आर्थिक मामिला र वेदबहादुर गुरुङले कृषि तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
माओवादी केन्द्रका हरिबहादुर चुमानलले भौतिक पूर्वाधार तथा यातायात, रेशमबहादुर जुग्जालीले उद्योग, पर्यटन, वन तथा वातावरण र राप्रपाका पञ्चराम गुरुङले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

प्रतिकृया दिनुहोस्