Pokharapatra National Daily

नेपाल व्यवस्थापन संघ गण्डकी प्रदेश समितिमा डा.विर बहादुर कार्की

नेपाल व्यवस्थापन संघ गण्डकी प्रदेश समिति गठन गरिएको छ ।
संघका केन्द्रीय अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालको अध्यक्षतामा शनिबार पोखराको होटल स्नोल्याण्डमा आयोजित एक समारोह बिच पृथ्वीनारायण क्याम्पसका प्राध्यापक डा. बिर बहादुर कार्कीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । नव गठित प्रदेश समितिको उपाध्यक्षमा देविलाल शर्मा (पृथ्वीनारायण क्याम्पस), सचिवमा माधव बस्ताकोटी (शंकर पेपर वर्कस् प्रा.लि.), कोषाध्यक्षमा सुर्य रोक्का (नविल बैंक लि. गण्डकी प्रदेश) चयन भएका हुन । त्यसैगरी सदस्यहरुमा दुर्गा प्रसाद हुमागाई (सफल मिडिया हाउस प्रा.लि.), गणेश बहादुर थापा (होटल स्नोल्याण्ड, लेकसाइड), प्रकाश रेग्मी (नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज) र सिए अमित थापा (हिमश्री फुडस्) चयन भएका निर्वाचन समितिका संयोजक दिलिप पौडेलले जानकारी दिएका छन् ।
गण्डकी विश्वविद्यालयका कुलपती डा. गणेशमान गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल व्यवस्थापन संघका अध्यक्ष उपेन्द्र प्रसाद पौड्याल, महासचिव मोहन ओझा, पूर्वकोषाध्यक्ष दिलिप पौडेलले संघले हालसम्म गरेका गतिविधी र आगामी कार्यक्रमका विषयमा प्रकाश पारेका थिए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्द राज मुल्मी, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, चेम्बर अफ कमर्स गण्डकीका अध्यक्ष किसान सुनार, नवनियुक्त अध्यक्ष डा. बिर बहादुर कार्की, दविलाल शर्मा लगायतले बोलेका थिए ।

प्रतिकृया दिनुहोस्