Pokharapatra National Daily

इन्जिनियरिङ कलेजको स्वतन्त्र विद्यार्थी परिषद्को अध्यक्षमा सिग्देल

पोखरा इन्जिनियरिङ्ग कलेजको स्वतन्त्र विद्यार्थी परिषद्को निर्वाचनमा बिराट सिग्देल नेतृत्वको नेपाल विद्यार्थी संघको प्यानल नै विजयी भएका छन् ।
शुक्रवार भएको निर्वाचानमा कुँडहर १३ निवासी सिग्देल विजयी भएका हुन । परिषद्को सचिवमा मिलन डुम्रे र कोषाध्यक्षमा कृति वाग्ले विजयी भएका हुन । त्यसैगरी सदस्यहरुमा क्रमश सुवाशचन्द्र पण्डीत, अनिश गिरी, सोभित कार्की र भूमिका छुमी रहेका छन् । उता समानुपातिक तर्फ सदस्यमा आशिश पाण्डे, सुजन पोखरेल, गौरव गिरी र सुमिता पौडेल विजय भए । पिता गोविन्द सिग्देल र माता लक्ष्मी सिग्देलको कोखवाट २०५७ साल माघ ६ गते जन्मेका हुन् विराट । सिग्देल जन्मेकै दिन अध्यक्ष बन्न सफल भएका छन् । कास्की मोर्डनाइज स्कूलमा अध्ययनरत रहुँदा २०७१ सालमा रेडक्रसमा जोडिएका सिग्देल विभिन्न संघ सस्थमा आवद्ध भएका थिए । घरमा आमाले नेपाली काग्रेसको झण्डा बोकेर जिन्दावाद भन्दा आँफुलाइ पनि जुरुक जुरुक भएको अनुभव भन्दै क्याम्पस पढ्दा परिवारको सवैभन्दा ठूलो सहयोगले आज यहाँ सम्म पुराएको भने सिग्देलले । मामा मोहन प्रसाद वाँस्तोलाले २०७४ सालमा वडा ११ मा वडा अध्यक्षमा उठ्दा पूर्ण रुपले काँग्रेसको रगत नसा नसामा वगिसकेको स्मरण गराए सिग्देलले । आफ्ना इस्टमित्र, साथीभाइ र सिग्देल दाजुभाइको प्रेणाले आज अध्यक्ष बन्न सफल भएको छु भने आगमी दिनमा अझ राजनीति वाट असल समाज र राष्ट्र निर्माणमा दिनरात खटिरहने सिग्देले भने ।
इन्जिनियरिङ्ग कलेजमा नेविसंघको जितले हामी सम्पूर्ण विद्यार्थीहरुको छाती चौडा वनाएको युवा नेता निरज लामिछानेले खुशी व्यक्त गरे ।

प्रतिकृया दिनुहोस्