Pokharapatra National Daily

कान्तिपुर डेन्टल हस्पिटलको निःशुल्क स्वास्थ्य परीक्षण ज्ञान गंगा स्कुल पोखरा– १४ चाउथेमा

कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्स एण्ड कान्तिपुर डेन्टल हस्पिटल पोखरा न्यूरोडले शनिवार निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । कान्तिपुर इन्स्टिचुय्ट अफ हेल्थ साइन्सेस को १९ औ र कान्तिपुर डेन्टल हस्पिटल को २३ औ वार्षिकोत्सवको अवसरमा कार्यक्रम ज्ञान गंगा स्कुल पोखरा–१४ चाउथेको प्राङ्गणमा भएको थियो । सो अवसरमा निःशुल्क सुगर, कोलेस्ट्रोल, यूरिक एसिडको २७५ जनाको रगतको परीक्षण गरिएको थियो । साथै सो अवसरमा निःशुल्क दाँतको समेत परीक्षण गरिएको थियो । कार्यक्रमको अध्यक्षता डा.वेविना श्रेष्ठले गर्नुभएको थियो भने प्रमुख अतिथि प्रदेश सभा सदस्य सांसद वेद बहादुर गुरुङ रहनुभएको थियो । सो अवसरमा प्रमुख अतिथि गुरुङले हस्पिटलले यसरी समाजिक कार्य गरी समाजमा स्वास्थ्य सम्बन्धी जनचेतना फैलाउनु राम्रो कार्य भएको बताउनुभयो । हस्पिटलले यस्ता स्वास्थ सम्बन्धी कार्यहरु टोल टोलमा पु¥याउनु पर्ने बताउनुभयो । कार्यक्रमको विशेष अतिथिमा प्रतिकमान श्रेष्ठ, अतिथिमा बृष्टि गुरुङ, डा. मनिष भट्टराई, निश्चल छिमाल, श्रेया थापा, शर्मिला शर्मा, पुष्पा अर्याल, अनिल अधिकारी, शुशिला गुरुङ, ज्ञान गंगा स्कुलका प्रिन्सिपल शिला थापा, प्रतिभा टोल बिकास संस्थाका अध्यक्ष रामचन्द्र सापकोटा, प्रतिभा आमा समूहका अध्यक्ष रिता कुँवर, प्रतिभा टोलका निर्वतमान अध्यक्ष चेत बहादुर खत्री लगायत रहेका थिए । विशेष अतिथि प्रतिकमान श्रेष्ठ, अतिथि निश्चल छिमाल लगायतले स्वास्थ्य सम्बन्धी हस्पिटलले गरेका कार्य बारे जानकारी गराउनुभयो । उक्त कार्यक्रममा स्वागत मन्तव्य सिएमएलटीका तेस्रो वर्षका विद्यार्थी स्वस्तिक अधिकारीले गर्नु भएको थियो । सोही अवसरमा ज्ञान गंगा स्कुलका प्रिन्सिपल शिला थापाले यसरी स्वास्थ्यमुलक जनचेतना कार्यक्रम विद्यालयमा संचालन गर्न पाएकोमा आफु खुसी भएको बताउनु भयो । विद्यालयलेयस्ता स्वास्थ्यवर्धक कार्यक्रमको संचालन र सहकार्य गर्न हरेक क्षेत्रसँग तयार रहेको बताउनुभयो । उक्त कार्यक्रमको आयोजक हस्पिटलका सिएमएलटीका दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी रहेका थिए ।

प्रतिकृया दिनुहोस्